राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
कालीकोट, ९ फागुन । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा देशघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै सोमबार विरोध जुलुस तथा सभा भयो ।
जिल्ला सदरमुकाम मान्मको जिरो पोइन्टबाट सुरु भएको जुलुस जिल्ला प्रशासन चोकमा सभामा परिणत भएपछि आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले सदन र सडकको व्यापक विरोधका बीचबाट देशघातीहरूले सम्झौतालाई संसद्मा टेबुल गर्नु देश र जनताप्रतिको धोखा भएको बताउनुभयो ।
उहाँले देशको सार्वभौमिकता र राष्ट्रिय हित विरुद्धमा रहेको एमसीसी लगायत सम्झौता खारेज गराउन जिल्ला–जिल्ला र पालिका–पालिकाबाट देशको माया हुने जनताले सशक्त आन्दोलन गर्न जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशघाती सम्झौता खारेज गराउन देशभक्त जनता एकजुट हुनु आवश्यक छ । नेपाली जनताले समयमै नसोचे देश अमेरिकी साम्राज्यवादको युद्धस्थल हुने खतरा छ ।”
एमसीसीको पक्षमा बोल्ने दलका नेताहरू देशभक्त हुननसक्ने धारणा राख्दै उहाँले देशभक्त को हो, को होइन भन्ने कित्ता एमसीसीको समर्थन र विरोधले छुट्याउने छ भन्नुभयो ।
नेमकिपा कालीकोटका जिल्ला समितिका अध्यक्ष खड्गराज शाहीले देशघाती सम्झौतालाई खारेज नगरेको खण्डमा नेपाल साम्राज्यवादीहरूको नवउपनिवेश हुने बताउनुभयो ।
एमसीसी सम्झौताका प्रावधानबारे जनताबीच कुनै छलफल नै नगराई एमसीसीलाई जसरी भए पनि पारित गर्ने शासक दलहरूको पराजित मानसिकता हो, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा कालिकोटका धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।
देशव्यापी रूपमा नेपाली जनताको व्यापक विरोध रहँदारहँदै आइतबारको प्रतिनिधिसभाको बैठकमा वर्तमान सरकारले नेपाल सरकार र अमेरिकी निकाय– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता संसद्बाट पारित गर्ने नियतले विधेयक टेबुल गरेको थियो ।
Leave a Reply