युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
पेरिस, ९ फागुन, (एएफपी) । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनले मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलन गर्न सैद्धान्तिक रूपमा स्वीकार गरेको फ्रान्सेली राष्ट्रपति इमाल्युअल म्याक्राेंले सोमबार घोषणा गर्नुभएको छ । युक्रेनको सिमानामा रुसी सेनाको ठूलो जमघटपछि पश्चिमी शक्तिहरूले युरोपेली युद्ध रोक्न अन्तिम प्रयास गरेका छन् ।
फ्रान्सका राष्ट्रपतिले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
उहाँले राष्ट्रपति बाइडेन र राष्ट्रपति पुटिनबीच शिखर सम्मेलन गर्ने र त्यसपछि युरोपमा सुरक्षा र रणनीतिक स्थिरताबारे छलफल गर्न सम्बन्धित सरोकारवालाहरूसँग प्रस्ताव राखेको जनाइएको छ ।
राष्ट्रपति बाइडेन र पुटिन दुवैले यस्तो शिखर सम्मेलनको सिद्धान्तलाई स्वीकार गर्नुभएको दावी गरिएको छ । बिहीबार २४ फेब्रुअरीमा उहाँहरूको बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र मन्त्री रुसी विदेश लाभरोभले छलफलको विषयवस्तु तयार गर्नुपर्नेछ ।
रुसले युक्रेनमा आक्रमण नगरेको अवस्थामा मात्रै यो गर्न सम्भव हुने बताइएको छ । साथै फ्रान्सेली राष्ट्रपतिले यी छलफलहरूको विषयवस्तु तयार गर्न सबै सरोकारवालाहरूसँग मिलेर काम गर्नु हुने जनाइएको छ ।
Leave a Reply