भर्खरै :

‘लिवियाली प्रतिद्वन्द्वी युद्धविरामका लागि तयार’

पेरिस (फ्रान्स), १० साउन । लिवियामा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले फ्रान्सको मध्ययस्थतामा पेरिसको नजिकै मङ्गलबार भएको वार्तामा लिवियाली मुख्य दुई प्रतिद्वन्द्वीले सकेसम्म छिट्टै युद्धविराम गर्ने र निर्वाचनमा जाने कुरामा सहमति जनाएका फ्रान्सको राष्ट्रपतिको कार्यालयले वार्ताबारे तयार पारेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्ति औपचारिक रूपमा सार्वजनिक भने गरिएको छैन ।
विज्ञप्तिमा भनिएको छ, “संयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त लिवियाली प्रधानमन्त्री फायज अल सराज र मुलुकको पूर्वी क्षेत्रमा पकड जमाएका पूर्व तानाशाह मोहमर कद्दाफी समर्थक सैनिक कमाण्डर खालिफा हफ्तरले राष्ट्रपतीय तथा संसदीय निर्वाचन सकेसम्म छिट्टै गर्न सहमति जनाएपछि वार्ताले साकार रूप पाएको छ ।”
फ्रान्सेली अधिकारीले वार्ताका क्रममा तयार पारिएको र सार्वजनिक भएको उक्त खाका तयार पारिएका अन्य धेरै महत्वपूर्ण कागजातमध्ये एक भएको बताइएको छ ।
एएफ्पीलाई प्राप्त दश बुदे सहमति पत्रमा लिवियाको सङ्कट राजनैतिक समाधानबाट मात्र सम्भव भएको जनाउदै यसले सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घको प्रयासमा गरिएको स्खिराट सम्झौताका आधारमा लिवियाको राजनैतिक एवम् शान्ति प्रक्रिया अघि बढाइने बताइएको छ ।
मङ्गलबार भएको वार्ताको लक्ष्य दुवै समूहलाई द्वन्द्व अन्त्यका मार्ग प्रशस्त गर्न सहमत गराउने रहेको थियो ।
सन् २०११ मा लामो समयसम्म सत्ता चलाएका तानाशाह मोहमर कद्दाफीलाई जन आन्दोलनका भरमा हटाइए पनि पेट्रोलियम पदार्थका लागि धनी मानिएको लिवियामा दुई समूहबीचको द्वन्द्वका कारण मुलुक करिब छ बर्षदेखि तनावग्रस्त रहेको छ । रासस- एएफ्पी

Leave a Reply

Your email address will not be published. Required fields are marked *