भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, ११ साउन । आर्थिक लेनदेन र राजनीतिक भागबण्डाकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाले समयमा मन्त्रीमण्डल विस्तार गर्न सकेन । चन्दा र मोटो रकम दिनसक्नेलाई मन्त्री या कर्मचारी भर्नामा नियुक्ति दिनु नै गलत हो ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले बुधबार रफत् सञ्चार क्लबले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
भारत–चीन र भुटानको त्रिदेशीय सीमामा रहेको तनावबारे चर्चा गर्दै भारत र चीनले जसरी आफ्नो सानो भू–भाग रक्षाको लागि संघर्ष गरिरहेको छ, नेपालले पनि त्यसबाट सिक्नुपर्नेमा अध्यक्ष बिजुक्छेंले जोड दिनुभयो ।
नेता बिजुक्छेंले संविधान संशोधन गर्न सजिलो हुनेगरी बहुमत प्राप्त गर्न भागबण्डाको खेल चलिरहेको चर्चा गर्दै देश र जनताको हितमा नभएको संविधान संशोधन कुनै पनि हातमा नहुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
भारत–चीन र भुटानको त्रिदेशीय सीमामा रहेको तनावबारे चर्चा गर्दै भारत र चीनले जसरी आफ्नो सानो भू–भाग रक्षाको लागि संघर्ष गरिरहेको छ, नेपालले पनि त्यसबाट सिक्नुपर्नेमा अध्यक्ष बिजुक्छेंले जोड दिनुभयो । छिमेकी देश भारतको बाँधकै कारण हाम्रो देशमा वर्षेनी डुबान भइरहँदा पनि नेपाल सरकार र प्रशासन चुप लागेर बस्नु सरकारको कमजोरी भएको उहाँले टिप्पणी गर्नुभयो । आफ्नो सीमाको रक्षाको निम्ति छिमेकी देशले जस्तै अडान लिएर संघर्ष गर्नुपर्छ, नेता बिजुक्छेंले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले संसदमा प्रखर प्रतिपक्षमा बसेर काम गर्ने बताउँदै अध्यक्ष बिजुक्छेंले देशको सार्वभौमिकता रक्षा गर्ने काम भएमा नेमकिपाको यस सरकारप्रति सकारातमक दृष्टिकोण हुनेमा स्पष्ट पार्नुभयो ।
रोटीबेटीको नाममा नेपालस्थित भारतीय राजदूतावासले नेपालको गहप्रशासनलाई अनावश्यक दबाब दिई नेपालीलाई दुःख दिइरहेकोमा अध्यक्ष बिजुक्छेंले आपत्ति जनाउनुभयो । दूतावासको काम व्यक्तिगत कुरामा हस्तक्षेप गर्ने होइन भन्दै अध्यक्ष उहाँले नेपालको सानो भन्दा सानो कुरामा हस्तक्षेप अस्वीकार्य रहेको विचार राख्नुभयो ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष बिजुक्छेंले सिंहदरवारको अधिकार गाउँ–सहरमा पु¥याउने भनी सस्तो लोकप्रियता पाउनको लागि मात्र भनेको बताउनुभयो । स्थानीय निकायको चुनाव हुनुभन्दा पहिले नै ऐन–नियम–कानुन प्रस्ट रुप व्याख्या हुनुपर्ने उहाँको कथन थियो ।
Leave a Reply