दोधारा चाँदनीपछि बाँकेमा नेपाली भूमि भारतीय अतिक्रमणमा
- फाल्गुन २, २०८१
काठमाडौँ, ११ फागुन । देशघाती एमसीसी सम्झौता खारेज गराउन नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिले बुधबार जिल्लाका विभिन्न नगरमा सरकार र सांसदहरूलाई खबरदारी गर्दै सभा ग¥यो ।
चन्द्रागिरी नगरपालिकामा भएको सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले एमसीसीको पक्ष लिने सबै देशद्रोही र प्रतिगामी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसीविरूद्ध लड्नेहरू देशभक्त हुन् । देशभक्तिपूर्ण सङ्घर्षले मात्र देशको सार्वभौमिकता एवं स्वाधीनताको रक्षा गर्नसक्छ । नेपालमा संरा अमेरिकी सेनाले परेड खेलेमा नेपालको स्थिति लिविया, इराक, अफगानिस्तानको जस्तै हुने खतरा छ । त्यसैले एमसीसी सम्झौतालाई खारेज गर्न सरकार र सांसदहरूलाई दबाब दिनुपर्छ ।”
अन्य देशको आर्थिक सहयोगले नेपालको विकास नभएको धारणा राख्दै केन्द्रीय सदस्य गोसाईले एमसीसीको ५५ अर्ब रुपियाँ नपाए पनि नेपाली जनता भोकै पर्ने स्थिति नआउने बताउनुभयो ।
“एमसीसी अनुदान नभई लगानी हो । लगानी नाफाको लागि गरिन्छ । अमेरिकी स्वार्थ पूरा गर्नको लागि संरा अमेरिकाले भारतीय विस्तारवादलाई अगाडि सारेको हो”, उहाँले भन्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले एमसीसी सम्झौता हिन्द–प्रशान्त सैन्य गठबन्धन भएको र सम्झौताको बुँदामा एमसीसीमा नेपालको कानुन नभई संरा अमेरिकाको कानुन लागू हुने उल्लेख भएको हुँदा यो सम्झौता देशको सार्वभौमिकता र स्वाधीनताविपरीत रहेको बताउनुभयो ।
एमसीसीको खारेजीको मागसहित बिहीबार बानेश्वरमा हुने संसद् घेराउ कार्यक्रममा पनि सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेमकिपा चन्द्रागिरीका शान्ता महर्जन र किरण महर्जनले पनि बोल्नुभएको थियो ।
सभाअघि बलम्बुबाट जुलुस गरी चुनदेवी चोकमा पुगी सभामा परिणत भएको थियो ।
टोखामा सभा
टोखामा भएको सभामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले एमसीसीको पक्ष लिने देशद्रोही सावित हुने चर्चा गर्दै देशद्रोहीहरूलाई नेपाली जनताले सजाय दिने बताउनुभयो ।
एमसीसी पारित गर्नु भनेको नेपाललाई युद्धमा धकेल्नु हो भन्दै एमसीसी सैन्य गठबन्धन भएको उहाँले स्पष्ट पार्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले एमसीसीको विरोध ढिलो गर्न नहुने चर्चा गर्दै एमसीसीविरुद्ध बिहीबार हुने संसद् घेराउ कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा शैलेस डंगोलले पनि बोल्नुभएको थियो ।
कीर्तिपुरमा सभा
एमसीसीको विरोध गर्दै कीर्तिपुर नगरपालिकाको नयाँ बजार पाँगा दोबाटोमा खबरदारी सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाई, नारायण महर्जन, सुरेस परियार, हृदय दाहाल, युवराजलगायतले एमसीसी सम्झौताको खारेज गर्नुपर्नेमा जोड दिँदै सरकार र सांसदहरूलाई खबरदारी गर्नुभयो ।
Leave a Reply