राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
देश नेपाल सरकारले चलाउने हो विदेशीले होइन, सरकारले नेपाली जनता र नेपालका राजनीतिक दलहरूको कुरा सुन्ने हो । विदेशी सरकार र विदेशी दलको होइन । नेपाल सरकारले नेपाल र नेपाली जनतालाई मान्यता दिने हो विदेश र विदेशी जनतालाई होइन । विदेशीको भरमा बस्नाले, विदेशीको कुरा सुन्नाले देश विकास नभएको हो देश पराधीन बनेको हो । पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल नेका विदेशीपरस्त हुनु, विदेशी पुँजीको पछि दगुर्नु स्वाभाविक हो, त्योे उसको वर्गीय चरित्र हो । तर, आफूलाई कम्युनिस्ट भनिने दलहरू एमाले, माओवादी केन्द्र पनि किन विदेशीको पछि लागे, किन विदेशीको कुरा सुन्ने ¤ विदेशीकै कुरा सुनेको हुनाले माओवादी केन्द्र र एकीकृत समाजवादी पनि एमसीसी सम्झौता संसद्मा टेबुल गर्न सहमति भए । माओवादी केन्द्र र एकीकृत समाजवादीले जस्तोसुकै विदेशी दबाब आए पनि सम्झौता संसद्मा प्रस्तुत गर्न दिनु हँुदैनथ्यो या सहमति जनाउनु हुँदैथ्यो । यो माओवादी केन्द्र र एकीकृत समाजवादीको ठूलो भूल हो । एमसीसी सम्झौता पारित भएमा माओवादी र समाजवादीका नेताहरू दोषीका भाग्यदार हुनेछन् । यो सरकारको पहिलो कमजोरी हो ।
देश विकास गर्नेतर्फ सत्तारुढ दलका नेताहरू सोच्दैनन्, पूर्वाधार तयार गर्दैनन्, देशलाई आत्मनिर्भर बनाउन अध्ययन, अनुसन्धान र खोजीनीति गर्दैनन् । सत्तारुढ दलका नेताहरू आफ्नै बुद्धि र विवेकमा काम गर्दैनन् । देशका माफिया, तस्कर, कमिसनखोर, कालाबजारी या त्यस्तै आपराधिक व्यक्तिहरूको वरिपरि घुम्छन्, तिनीहरूकै अर्ती, उपदेश मान्छन् । उनीहरूकै सल्लाह सुझावमा नीति निर्माण गर्छन् । किनकि उनीहरूबाट सत्तारुढ दलका नेताहरूलाई आर्थिक सहयोग, चन्दा र कमिसन मिलेको हुन्छ । राज्य शक्ति र स्रोत परिचालनमा सत्तारुढ दलका नेताहरूको खासै भूमिका हुँदैन । उनीहरू त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध हुन्छन्, क्रियाशील हुन्छन् र ती निकायबाट अकुत सम्पत्ति कुम्ल्याउँछन् । अनियमितता, भ्रष्टाचारजस्ता आपराधिक काम हटाउन अघि बढ्नुपर्नेमा उल्टै तिनीहरूको समर्थन गर्न, तिनीहरूको सुरक्षा गर्न सरकार लागेको हुन्छ । यो सरकारको दोस्रो गल्ती हो ।
सरकार चलाउनु भनेको सिंहदरबार धाउने र कुर्सीमा बस्ने होइन, शिलान्यास र उद्घाटन कार्यक्रममा सरिक हुने र सभा–गोष्ठीमा सहभागी हुने मात्र होइन । देश विकासको लागि नेपालको माटो र हावापानी सुहाउँदो नीति नियम बनाउने हो, नेपालको स्रोत र साधनको उपयोग गरी विकास गर्ने हो, उद्योगधन्दा खोलेर रोजगारीको अवसर प्रदान गर्ने हो । नेपालमै रहेका विशेषज्ञ या विषय विज्ञसँग राम सल्लाह लिने हो । नेपालीहरूसँगै रहेको ज्ञान, सीप र अनुभवले काम गर्ने हो । यसलाई उपयोग गर्न इमानदारीपूर्वक राजनीति गर्ने हो, विधिको शासन र सुशासनको निम्ति काम गर्ने हो । निजीलाई होइन समुदायलाई प्राथमिकता दिने हो । भ्रष्टाचार र वैदेशिक हस्तक्षेपलाई निरुत्साहित गरी आमूल परिवर्तनको निम्ति बाटो कोर्ने हो । सत्तारुढ दलका नेताहरू दूरदर्शी, इमानदार, योग्य, सक्षम, देश र जनताप्रति समर्पित हुनुपर्ने हो, भागबन्डा, पद र पैसामा नबिकी, नभुली सधैँ देश र जनताको सेवा गर्नुपर्ने हो । तर, त्यो पनि भइरहेको छैन । सरकारको यस्तै यस्तै कमजोरीले गर्दा देशमा कायापलट नभएको हो । सत्तारुढ दलका नेताहरूको विचारमै खिया लागेको हुँदा देशमा सङ्कट उत्पन्न भएको हो, राजनीतिक अस्थिरता निम्तिएको हो, यो सरकारको अर्को कमजोरी हो । अनि कसरी देश समृद्ध र नेपाली सुखी हुन्छ ?
Leave a Reply