एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र
- बैशाख ७, २०८३
काठमाडौँ, १४ फागुन । एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन शनिबार सुरू भयो ।
सम्मेलनको उद्घाटन गर्दै नेकपा (एस) का अध्यक्ष माधव नेपालले एमसीसी यथास्थितिमा पारित नगर्ने दोहो¥याउनुभयो । हिन्द–प्रशान्त रणनीति या कुनै सैनिक गुटमुनि देशलाई लाने, छिमेकीविरूद्ध प्रयोग गर्ने, असंलग्नता त्याग्ने तथा साम्राज्यवादी नीति या औपनिवेशिक नीति स्वीकार्ने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभयो ।
अनन्त कालसम्म सम्झौता लागु हुने र विदेशीले उन्मुक्ति पाउनेजस्ता प्रावधान स्वीकार्य नभएको उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले एमसीसी, अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादविरूद्ध नेमकिपा निरन्तर सङ्घर्षरत रहेको बताउनुभयो । नेमकिपाले झन्डै चालीस जिल्लामा सय वटाभन्दा बढी जुलुस एवं सभा गरी नेपाली जनतालाई शिीक्षत बनाउने कार्यलाई निरन्तरता दिइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “देशका दुई वटा दैनिकले हतार र प्रायोजित ढङ्गमा सम्पादकीय प्रकाशित गरी आफ्नो कित्ता स्पष्ट पारे । यस्तो बेला देशभक्त तथा बुद्धिजीवीहरूले नेपाली जनताको सही भावना अभिव्यक्त गर्न आवश्यक छ ।” केन्द्रीय सदस्य गोसाईंले एमसीसीको पक्ष लिने दक्षिणपन्थी तथा प्रतिगामी र एमसीसीको खारेजीको निम्ति सङ्घर्ष गर्ने वामपन्थी तथा प्रगतिशील भएको यथार्थ उजागर गर्न ढिलाइ गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकालाई बुझ्न र चिन्न नेटो, क्वाड, अउकस र आईपीएस अलग्याउन मिल्दैन । अमेरिका जहाँ पुग्यो, त्यहाँ युद्ध, अशान्ति, विनाश सुरु हुने पछिल्लो उदाहरण युक्रेन हो । सन् २००६ मा एमसीसी युक्रेन पुगेको थियो । युद्ध सुरु भइहाल्यो ।”
पनामाका राष्ट्रपतिलाई अमेरिकी सेनाले बन्धक बनाई बेपत्ता पारेको, थ्यू की र सिग्मन रीलाई मारेको आदि उदाहरणबाट नेपाली प्रधानमन्त्री र सम्भावित प्रधानमन्त्रीले पाठ सिक्न ढिलाइ गर्न नहुने विचार उहाँले राख्नुभयो ।
कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा (मसाल) का प्रवक्ता राम पुरी, प्रा.डा. इल्दु आचार्य, प्रा. ढकराज, प्रा. चन्द्र ढकाल, प्रा. विजय सिलवाललगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभयो भने प्रा. गोविन्द सुवेदीले सभापतित्व गर्नुभएको थियो । सम्मेलन आइतबार पनि जारी रहनेछ ।
Leave a Reply