राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
भक्तपुर, १४ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालको क्रान्तिकारी किसान आन्दोलन नेपालको कम्युनिस्ट आन्दोलनको जग भएको बताउँदै अग्रज किसान कार्यकर्ताहरूको बलिदान र योगदान खेर नगएको बताउनुभयो
नेपाल क्रान्तिकारी किसान सङ्घको छैठौँ भक्तपुर नगर सम्मेलनको शनिबार उद्घाटन गर्दै अध्यक्ष रोहितले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका संशोधनवादी नेतृत्वले धोका नदिएको भए किसान आन्दोलनले अझ उचाइ छुने र बढी उपलब्धि हासिल गर्ने उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घको क्रान्तिकारी सङ्घर्ष र आन्दोलनहरूले नेपालको सुस्ताइसकेको किसान आन्दोलन र राजनीतिक आन्दोलनलाई हाँक दिएर जागृत गर्ने कार्य गरेको बताउँदै उहाँले पुरानो पुस्ताको योगदानलाई लिपिबद्ध गरेर भिडियो बनाएर नयाँ पुस्तालाई शिक्षाकोे सामग्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाले बहुमत मजदुर र किसानहरूलाई शिक्षित र सङ्गठित पारेर नेतृत्वको रूपमा उठाउने कष्टसाध्य कार्य गरेको स्पष्ट पार्दै अध्यक्ष रोहितले नेमकिपाले कहिल्यै देश र जनता तथा कुनै आन्दोलनलाई धोका हुने काम नगरेको बताउनुभयो ।

नयाँ पुस्ता अझ बढी स्तरीय सैद्धान्तिक ज्ञान र सीपका साथ अगाडि बढिरहेको औँल्याउँदै उहाँले विरोधीहरूले भ्रम छरेर पार्टी नेता कार्यकर्ताका छोराछोरीलाई भड्काउनेतर्फ सजग हुनुपर्नेमा जोड दिनुभयो ।
गल्ती औँल्याइदिने र आलोचना गर्ने मानिसहरू हाम्रा सहयोगी तर चिप्लो घस्ने र हामीलाई खाल्डोमा हाल्न खोज्नेहरू शत्रु भएको प्रस्ट पार्दै उहाँले पार्टी कार्यकर्ताहरू देखिने र नदेखिने शत्रुदेखि सचेत रहनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सृजना सँैजूले निरङ्कुश राणा शासन र पञ्चायती व्यवस्थाविरूद्ध ज्यानको बाजी राखी सङ्घर्ष गरेका अग्रज किसान कार्यकर्ताहरू सम्मान र आदरका हकदार भएको बताउँदै नयाँ पुस्ताले पुराना पुस्ताको योगदानलाई स्मरणमा राखेर इमानदारीपूर्वक काम गरिरहेको विचार व्यक्त गर्नुभयो ।
देशको आर्थिक विकासमा किसान र कृषि क्षेत्रको योगदान अमूल्य भए पनि राज्यले किसान समस्यालाई कहिल्यै प्राथमिकतामा राखेर समाधान नगरेको चर्चा गर्दै उहाँले देशको धेरै भागमा अहिले पनि जोताहा किसानहरूले मोहीयानी हक नपाएको, सिँचाइ नपुगेको, कृषि उत्पादनको उचित मूल्य पाउन नसकेको, सरकारले न्यूनतम समर्थन मूल्य लागु नगरेको र समयमै रासायनिक मल तथा राम्रो बीउबिजन उपलब्ध गराउन पहल नगरेको बताउनुभयो ।
उहाँले देशघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने बताउँदै अमेरिकी धम्कीसामु झुकेर सम्झौता पारित भए नेपाल भोलिका दिनमा अफगानिस्तान, लिविया, सिरिया र युक्रेनजस्तै ध्वस्त हुने अवस्था आउने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं भक्तपुर नगर समितिका संयोजक नारायणबहादुर दुवालले नेमकिपा कामदार वर्गको सच्चा क्रान्तिकारी पार्टी भएको चर्चा गर्दै पार्टीले किसान र कामदार वर्गका जनताको हित र मुक्तिका लागि निरन्तर कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
भक्तपुरको क्रान्तिकारी किसान आन्दोलन देशभरका परिवर्तनप्रेमी जनताका लागि प्रेरणा र उदाहरण भएको उल्लेख गर्दै उहाँले भक्तपुरका किसानहरूले आफ्नो सङ्घर्षशील भावनालाई उँचो राख्न लागिपर्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले नेक्राकिसङ्घको बलिदानीपूर्ण सङ्घर्षकै कारण धेरै किसानहरूले मोहियानी हक प्राप्त गरेको र धेरै किसान परिवारको आर्थिक, सामाजिक, शैक्षिकलगायत स्तर उठ्न सम्भव भएको बताउनुभयो ।
क्रान्तिकारी किसान र पार्टी कार्यकर्ताहरू कहिल्यै नथाक्ने बताउँदै उहाँले निरन्तर छलफल र सङ्घर्षमा सहभागी भइरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ भनसका अध्यक्ष गणेशराम थुसा, नेक्रामजदुर सङ्घ भनसका अध्यक्ष गणेशप्रसाद सुवाल, नेक्रामहिलासङ्घ भनसका मीरा दुगुजु दुवाल, नेक्रायुसङ्घ भनसका गोपालसुन्दर गोसाई, नेक्राविसङ्घ भनसका मनिष गोरालगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मेलनको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।
बन्द सत्रमा प्रशिक्षण
सम्मेलनको बन्द सत्रमा प्रशिक्षण मन्तव्य राख्दै नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले नेमकिपाले विगतमा किसान कार्यकर्ताहरूलाई साक्षर र शिक्षित पार्न रात्रि कक्षाहरू चलाएजस्तै गरिब र किसान परिवारका नयाँ पुस्तालाई उच्च शिक्षा प्रदान गर्न विद्यालय र कलेजहरू स्थापना र सञ्चालन गरिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “भर्पाई लेख्न र पढ्न जानेपछि विद्यालय जान छोड्ने त्यसबेलाको किसानहरूको अवस्था अहिले देशकै लागि नोक्सान भएको पुष्टि भयो । नयाँ पुस्तालाई राजनीतिकरूपमा शिक्षित बनाउन पार्टी प्रकाशन अध्ययनमा जोड दिनु जरूरी छ ।”
नेकाका प्रम देउवाले एमालेलाई माओवादी र माधवले समर्थन गर्ने तथा माओवादी र माधवलाई एमालेले समर्थन गर्ने डर देखाई एमसीसी सम्झौता पारित गराउन खोज्दै छन्, यसरी नै एमसीसी सम्झौता टेबुल गराइएको थियो । एमसीसी सम्झौता पारित भए देशको सार्वभौमिकता गुम्ने खतरा छ, उहाँले भन्नुभयो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शासक दलहरूले जनताको व्यापक विरोध हुँदाहुँदै पटकपटक राष्ट्रघाती सन्धि सम्झौताहरू संसदबाट पारित गर्ने गरेको इतिहासबारे चर्चा गर्दै उनीहरूको विदेशपरस्त कार्य र प्रवृत्तिलाई जनतामाझ उदाङ्गो पार्दै जानुपर्ने बताउनुभयो ।
नेमकिपाले लेनिनवादी नीतिअनुसार स्थानीय तहहरूमा जनताको प्रतिनिधित्व गरेर निःस्वार्थ रूपमा जनताको सेवा गर्ने नीति लिँदै आएको उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकाले नगरवासी, जिल्लावासी र देशभरकै जनतालाई सेवा पुग्ने विद्यालय, कलेज, अस्पताल, जनस्वास्थ्य केन्द्र आदि सञ्चालन गरिरहेको बताउनुभयो ।
भारतले देशका ७१ भन्दा बढी स्थानमा देशको ६५ हजार हेक्टरभन्दा बढी भूमि अतिक्रमण गर्दा पनि देशका सरकारहरूले अतिक्रमित भूमि फिर्ता माग्ने आँट गर्न नसकेको बताउँदै बरू विदेशी शक्तिको उक्साहटमा समस्या नरहेको नेपाल–चीन सीमा र सम्बन्धमाथि हिलोछ्याप्ने र भ्रामक प्रचार गर्ने दुष्प्रयास भइरहेको उहाँले बताउनुभयो ।
सम्मेलनले गंगाराम ज्याख्वको अध्यक्षतामा १७ सदस्यीय नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समिति निर्वाचित गरेको छ ।
Leave a Reply