तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौं, १५ फागुन । देशघाती एमसीसी सम्झौतालाई सत्ता गठबनधनले संसदबाट पारित गर्न लागेकोविरूद्ध आइतबार नेपाल मजदुर किसान पार्टीको आह्वानमा व्यापक देशभक्त जनताको सहभागितामा विरोध जुलुस, संसद भवनअगािड धर्ना तथा विरोधसभा सम्पन्न भयो । देशको सार्वभौमिकताविरूद्ध रहेको एमसीसी सम्झौताको खारेजीको माग, एमसीसी सम्झौताका मतियारहरू तथा सरकार र सांसदहरूलाई खबरदारीसहितका नारा लगाउँदै कोटेश्वरबाट सुरू भएको जुलुस नयाँ बानेश्वरमा पुगेर सङ्घीय संसद भवनको पूर्वी नाकामा धर्ना तथा विरोध सभामा परिणत भएको थियो ।
विरोधसभामा नेमकिपाका केन्द्रीय सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले व्यापक देशभक्त जनताको विरोध र खबरदारीलाई बेवास्ता गर्दै अमेरिकी धम्की र दबाबअगाडि झुकेर सत्ता गठबन्धनले एमसीसी सम्झौता संसदबाट पारित गर्न लागेको जानकारी दिँदै त्यसको विरूद्ध सडक र संसदबाट निरन्तर विरोध चालु रहने बताउनुभयो ।
संसद्मा पेश गरिएको कथित व्याख्यात्मक टिप्पणी नेपाली जनतालाई ढाँट्ने दुष्प्रयत्नमात्र भएको र त्यस कागजको खोस्टाको कुनै अर्थ नभएको बताउँदै हिजोसम्म एमसीसी सम्झौताको विरोध गरिरहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू आज सम्झौता पारित गर्नतिर अग्रसर हुनु तिनीहरू अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको पाउमा लम्पसार पर्नु हो भन्नुभयो ।
अन्तिम विजय देशभक्त जनताकै हुने बताउँदै सांसद सुवालले राष्ट्रघाती सम्झौताका हस्ताक्षरकर्ता र मतियारहरू इतिहासमा कलङ्कित हुने र जनताले तिनीहरूलाई सजाय गर्ने बताउनुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले एमसीसी परियोजना नेपाललाई नवउपनिवेश बनाएर चनिविरूद्ध हमलाको आधार तयार गर्ने दुष्प्रयास तथा भारतको लागि नेपालको सस्तो बिजुली भारतमा लगेर त्यहाँबाट महँगोमा फेरि नेपाललाई नै बेच्ने प्रपञ्च भएको बताउनुभयो ।
नेपालको समृद्धि भारतलाई सस्तो मूल्यमा बिजुली बेचेर कहिल्यै हुन नसक्ने बरू आफ्नो बिजुलीको नेपालले नै अधिकतम उपयोग गरी ऊर्जा र अन्य उत्पादनमा आत्मनिर्भर बनेमात्र समृद्धि आउनसक्ने स्पष्ट पार्दै उहाँले एमसीसीको कार्यान्वयन भएमा नेपालको विद्युत् परियोजना र सडकको मालिक संरा अमेरिका बन्नेछ भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य नवराज कोइरालाले नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रलगायत शासक दलहरूले सरकारमा रहनकै लागि एकपछि अर्को देशघाती सम्झौताहरूमा हस्ताक्षर गर्दै आएको चर्चा गर्दै माथिल्लो कर्णाली, अरूण तेस्रो, लगानी बोर्ड सम्झौता, बिप्पा सम्झौता र एमसीसी तड्कारो उदाहरण हुन् भन्नुभयो ।
सरकार या कुर्सीका लागि देशको हित, सिद्धान्त र नीति त्याग्नेहरू देशभक्त र क्रान्तिकारी पनि हुन नसक्ने बताउँदै उहाँले अब नेपाली जनताले त्यस्ता नक्कली कम्युनिस्टहरूलाई दण्डित गर्ने समय आइसकेको छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य बजिरसिंह बिकले संरा अमेरिकाको विगत र प्रवृत्तिलाई नहेरी एमसीसीको अनुदान रकमलाई मात्र देख्नेहरूले एमसीसीका कैयौँ राष्ट्रघाती प्रावधानहरू नदेखेको बताउनुभयो ।
उहाँले देशभित्रकै स्रोतसाधन र बजेट सदुपयोग र खर्च गर्न नसकेकाहरूले एमसीसीको रकमले देशको मुहार फेरिन्छ भन्नु झूटको पराकाष्ठामात्र हुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले एमसीसी प्रकरणले देशभक्त र देशघाती विदेशी दलालहरूको कित्ता काट गरिदिएको बताउँदै आज को अमेरिकी साम्राज्यवादको दलाल हो र को साम्राज्यवादविरोधी देशभक्त हो भनी प्रस्ट छुटिएको बताउनुभयो ।
उहाँले एमसीसी सम्झौता पारित भएपछि नेपाली जनताले नेपाल एक सार्वभौम राष्ट्र हौँ भनी ढुक्क भई बोल्ने अवस्था अन्त्य हुने बताउँदै एमसीसीका समर्थकहरू देशद्रोहीका रूपमा इतिहासमा कलङ्कित हुने बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले एमसीसीको विरोध कुनै शोखको विषय नभएको बरु देशको सार्वभौमिकता बचाउन समय छँदै गरेको खबरदारी भएको बताउँदै जनताको आवाजलाई बेवास्ता गर्ने शासकहरू एक दिन रछ्यानमा फालिनेछन् भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका पूर्वअध्यक्ष सविन ख्याजु, नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङ र सहसंयोजक सुरेश परियारले अमेरिकी सहायता परियोजनाहरू सहायताभन्दा बढी अन्य देशलाई प्रभुत्वमा राख्ने चाल हुने चर्चा गर्दै एमसीसी सम्झौता पारित होइन, खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामा नेमकिपा काठमाडौँ जिल्ला समितिका किरण सिंहले पनि एमसीसी खारेजी हुनुपर्ने आवश्यकताबारे चर्चा गर्नुभयो भने जुलुस सुरु हुनुपूर्वको कोणसभामा नेमकिपा भक्तपुर जिल्ला समितिका मिनबहादुर र नेक्राविसङ्घका केन्द्रीय सदस्य ईश्वर शाहीले पनि बोल्नुभएको थियो ।
सभामा क्रान्तिकारी सांस्कृतिककर्मीहरूले देशभक्तिपूर्ण गीतहरू प्रस्तुत गरेका थिए भने जनकवि चन्द्रबहादुर उलक, शैलेश डंगोल तथा रणबहादुर रानालगायतले एमसीसीविरोधी कविता वाचन गर्नुभएको थियो ।
Leave a Reply