भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
काठमाण्डौ, ११ साउन । विवेकशील पार्टी र साझा पार्टीको राजधानीको नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमबीच एकता भएको छ । एकिकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । पार्टीमा विवेकशील पार्टीका अध्यक्ष उज्वल थापा र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र दुवैलाई पार्टीका सहसंयोजक घोषणा गरिएको छ । पार्टीमा ३४ सदस्यीय केन्द्रीय समिति हुने घोषणा गरिएको छ । तर पार्टीको महाधिवेशन नभएसम्म ५१ जनाको पार्टी केन्द्रीय समिति समेत घोषणा गरेको छ ।
पार्टी एकता कार्यक्रममा बोल्दै पार्टीका नेता उज्वल थापाले खराब राजनीतिका कारण नेपालको विकास हुन नसकेको बताउनुभयो ।
उहाँले नेपाली युवाहरु विभिन्न देशहरुमा गएर ती देशको विकासमा योगदान पु¥याइरहेको तर खराब र कुसंस्कृत राजनीतिले ती युवाहरुलाई नेपालको विकासमा योगदान गर्न नदिइएको बताउनुभयो ।
उहाँले ६ सय एक जना सांसदको सेवा–सुविधासम्बन्धि ऐन एकै दिनमा पारित हुने देशमा तीन करोड नेपाली जनताको स्वास्थ्यको ख्याल गर्ने चिकित्सा ऐन पारित हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
नेपालमा होस र जोशको कमी भएका नेपालीहरुको कमी नभएकोमा जोड दिनुभयो ।
कार्यक्रममा नयाँ गठित पार्टीका नेता रवीन्द्र मिश्रले आजसम्मका राजनीतिक दलहरुले अधिकारको निम्ति लडाई गरेको र अब आफूले समृद्धिको लडाई लड्न बताउनुभयो । नेपालसँग भएका स्रोत साधनको बजारीकरण गर्न नसक्दा देशलाई आर्थिक लाभ उठाउन नसकेको उहाँको भनाई थियो ।
अधिकार र समृद्धिको यात्रा सँगसँगै अघि बढाउन नसके अधिकारप्राप्तिको केही अर्थ नरहने मिश्रको भनाई थियो । इच्छा र शक्तिको भोकका कारण आफू राजनीतिमा आएको भन्दै आफ्नो जीवनकालमै परिवर्तन गर्न सम्भव भ एको देखाउन राजनीतिमा आएको बताउनुभयो ।
उहाँले समृद्ध मानिसको रक्षाको लागि आफू राजनीतिमा आउन बाध्य भएको बताउनुभयो ।
‘हामी भ्रष्ट हुन सक्दैनौं, बरु नष्ट हुन सक्छौं’, आफूबाट पनि गल्ती हुन सक्ने तर आफ्नो मनसाय गलत नहुने भन्दै मिश्रले भन्नुभयो ।
दुई पार्टीको एकीकरण गर्न सुरेन्द्र भण्डारी, मुमाराम खनाल, सुरेशराज आचार्यलगायतका नेताहरुले मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ ।
Leave a Reply