इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
किभ, १ मार्च । युक्रेनको पूर्वी सहर खार्खिभमा भएको वम हमलामा परी एक जना भारतीय विद्यार्थी मारिएका छन् । भारतीय सञ्चारमाध्यमले युक्रेनमा मारिएका विद्यार्थी भारतको दक्षिणी कर्णाटक राज्यको हाभेरी जिल्लामा बासिन्दा नवीन शेखराप्पा भएको बताएका छन् । उनी युक्रेनमा चिकित्साशास्त्र पढिरहेको बताइएको छ । मृतकका साथीले खार्खिभबाट भाग्ने प्रयास गर्ने क्रममा वम हमलामा परी मारिएका हुन् । “ऊ गर्भनर निवासनजिक खानाको लागि लाइनमा उभिएको थियो । अचानक गर्भनर निवासलाई लक्षित गरी वम हमला भयो । त्यही उसको निधन भयो”, खार्खिभका विद्यार्थी संयोजक पुजा प्रहाराजले भने ।
शेखर घटनास्थलमै मारिएपछि उनले बोकेको मोबाइल एक जना युक्रेनी महिलाले लिएकी थिइन् । महिलाले मोबाइलको धनीलाई लास गृहमा लगिएको जानकारी दिएकी थिइन् ।
युक्रेनमा जम्मा ७६ हजार विदेशी विद्यार्थी छन् । उनीहरूमध्ये सबभन्दा बढी भारतीय विद्यार्थीहरू रहेको युक्रेन सरकारको तथ्याङ्कले देखाएको छ ।
भारतले केही दिनअघि झन्डै चार हजार विद्यार्थीलाई स्वदेश फिर्ता गरेको छ । झन्डै १६ हजार भारतीयहरू अझै पनि युक्रेनमा फसेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
गत मङ्गलबार युक्रेनस्थित भारतीय दूतावासले तत्काल किभ छोड्न औपचारिक सूचना जारी गरेको थियो ।
युक्रेनमा फसेका भारतीयहरूको उद्धार गर्न भारतका चार जना सङ्घीय मन्त्रीहरूलाई युक्रेन छेउछाउका देशहरूमा परिचालन गरेको बताइएको छ ।
युक्रेनमा फसेका अधिकांश विद्यार्थीहरूले भने भारत सरकारले गरिरहेको उद्धार कार्यको आलोचना गरेका छन् । विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारित खबरमा उनीहरूले भारत सरकारको आलोचना गरेका छन् ।
भारतीय सञ्चारमाध्यमअनुसार केही भारतीय विद्यार्थीहरू युक्रेनबाट छिमेकी देशमा जानबाट रोकिएका छन् । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले उनीहरूसँग अनुमति पत्र र पैसा मागिरहेको समाचार स्रोतले बताएका छन् । “म युक्रेन र रोमानियाको सीमा क्षेत्रमा छु । हामी रोमानिया जान कुरिरहेका छौँ । यहाँका सुरक्षाकर्मीहरूले भारतीय विद्यार्थीहरूलाई बन्दुक तेर्साएर जथाभावी गालीगलोज गरिरहेका छन्”, एक जना भारतीय विद्यार्थीको भनाइ उद्र्धत गर्दै द टाइम्स अफ इन्डियाले जनाएको छ ।
यस्तो व्यवहारका कारण डराएर केही विद्यार्थीहरू रुने कराउने गरिरहेका छन् ।
पूर्वी युक्रेनमा रहेको विद्यार्थी इशिका सरकारको भनाई उद्र्धत गर्दै द हिन्दूस्तान टाइम्सले त्यो क्षेत्रमा भारतीयहरू भूमिगत सुरुङमा लुकेर बसेको र त्यहाँ खाने कुराको अभाव भएको बताइन् ।
“हामीलाई पश्चिम सीमामा जान भनिएको छ । तर, त्यहाँ जाने सम्भावना छैन किनभने वमबारीले त्यहाँको पुल उडाइएको छ । हामीलाई युक्रेनले कुनै पनि खालको सहायता गरिरहेको छैन”, उनले भने ।
खार्खिभबाटै अरुज राजले बिहीबारदेखि नै चारजना भारतीय विद्यार्थीहरूसँगै आफु पनि छात्रावासको सुरुङमा बस्दै आएको बताए ।
“बाहिर ठूलो वमबारी भइरहेको छ । झ्यालबाट हामीले सडकमा लडार्इं भइरहेको देख्न सक्छौँ । पुरै सहरमा कफ्र्यु छ । बाहिर निस्कने कुनै सम्भावना छैन । खान पिउन अब हामीसँग मुस्किलले मात्र केही सामान छन्”, अरुजले भने ।
Leave a Reply