“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
भक्तपुर, १८ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग बुधबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भक्तपुरमा भेट गर्नुभयो ।
भेटमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थिति, एमसीसी सम्झौताविरुद्ध सङ्घर्ष र नेपालको कम्युनिस्ट आन्दोलनबारे छलफल भयो ।
नेकपाका महासचिव चन्दले यही फागुन २० गते काठमाडौँको खुलामञ्चमा हुने एमसीसी सम्झौताविरुद्ध जनसभामा नेमकिपाको तर्फबाट प्रतिनिधि वक्ता पठाउन आमन्त्रण गर्नुभयो ।
नेमकिपा अध्यक्ष बिजुक्छेँले नेमकिपाले एमसीसी सम्झौताविरुद्धको आन्दोलनलाई जिल्ला – जिल्लामा निरन्तरता दिएकोले पार्टीकै गतिविधिमा सहभागी हुने बताउनुभयो ।
भेटमा नेमकिपाका सचिव प्रेम सुवाल र नेकपाका प्रवक्ता खड्ग विश्वकर्मा उपस्थित हुनुहुन्थ्यो ।
Leave a Reply