भर्खरै :

कीर्तिपुर बाघ भैरवमा विरोधसभा

काठमाडौँ, १७ फागुन । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा एमसीसी सम्झौता संसद्बाट पारित गरिएको विरोधमा कीर्तिपुरस्थित बाघभैरव परिसरमा विरोध सभा भयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य एवम् सांसद सुरेन्द्रराज गोसाईले देशघाती पार्टी, नेता र सांसद सबै मतियारहरूलाई नेपाली जनताले बाँकी नराख्ने बताउनुभयो ।
अमेरिकी साम्राज्य र भारतीय विस्तारवादको दलाल भएर एससीसी संसदबाट पारित गरे पनि नेपाली जनताले पारित नगरेको भन्दै जनताको शक्तिले खारेज गर्नेछ भन्नुभयो ।
उहाँले व्याख्यात्मक घोषणा नेपाली जनतालाई भ्रम फैलाइ अमेरिकालाई खुसी पार्ने काममात्र गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा काठमाडौँका अध्यक्ष नारायण महर्जनले देशघाती एमसीसी पारित गर्नेलाई बहिष्कार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा युवराज अधिकारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *