रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
ललितपुर, २१ फागुन । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा ललितपुरको बुङ्गमतीमा देशघाती एमसीसी सम्झौताविरुद्ध शनिबार विरोधसभा सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सुरुदखि नै काठमाडौँ निजगढ फास्ट ट्रयाकविरुद्ध आन्दोलनरत बुङ्गमती र खोकनावासी किसान र स्थानीय जनताको सङ्घर्षप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको बताउनुभयो ।
उहाँले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्धको आन्दोलनमा ललितपुरका देशभक्त जनताको व्यापक सहभागिता सराहनीय भएको बताउनुभयो ।
अलकायदाले सन् २००१ मा अमेरिकामा आक्रमण गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशले सन् २००२ मा अमेरिकी स्वार्थ रक्षाको लागि लगानी गर्न एमसीसीको अवधारणा अगाडि सारेको बताउँदै उहाँले सन् २००३ मा बनाइएको एमसीसी ऐनमा गरिब देशमा अमेरिकी स्वार्थको लागि लगानी गरेको र हिन्द–प्रशान्त रणनीति २०१९ मा पनि एमसीसी अमेरिकी सैन्य मोर्चा भएको उल्लेख रहेको बताउनुभयो ।
एमसीसी सम्झौताको दफा २.७ र ५.१ मा वर्तमान र भविष्यको अमेरिकी कानुनको विरोध गर्न नपाइने, दफा ५.५ मा सम्झौता अवधि सकिएपछि पनि सदाको लागि कायम हुने, दफा ६.८ मा एमसीसीको परियोजनामा नेपालीको मृत्यु भएमा कतै उजुरी नलाग्ने, दफा ७.१ मा नेपालको कानुनभन्दा सम्झौता नै लागू हुने उल्लेख भएको चर्चा गर्दै सांसद सुवालले सम्झौताको अनुसूची ५ (क) मा भारतको समर्थन हुनुपर्ने, गोरखपुरसम्म बिजुलीको प्रसारण लाइन निर्माण गर्ने प्रावधान नेपाललाई अन्धकारमै राखी बिजुली सबै भारतमा लैजाने प्रपञ्च भएको बताउनुभयो ।
उहाँले वर्षको ११ अर्ब रुपैयाँ एमसीसीको लगानीले २ करोड ९० लाख नेपाली जनताको जीवन सुखी हुने झूट कुरा प्रचार गरिएको बताउँदै एमसीसी सम्झौता पारित गराउन नै प्रचण्ड र माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका हुन् भन्नुभयो ।
प्रचण्ड र माधव नेपालले जनतालाई धोखा दिनकै लागि जिल्ला–जिल्लामा केही कार्यकर्ताहरूलाई एमसीसी सम्झौताको विरोध गर्न र संसद्मा सांसदहरूलाई विरोध गर्न लगाए पनि अमेरिकी सहायक मन्त्रीले फोनमार्फत धम्की दिएपछि लत्रेर संसद्बाट सम्झौता पारित गरेको प्रस्ट पार्नुभयो ।
सचिव सुवालले अमेरिकाले युक्रेनमा नेटो सेना राख्ने तयारी गरेपछि रुसले युक्रेनमा असैनिकीकरणका लागि विशेष सैनिक कारबाही गरेको हो, आक्रमण र कब्जा गर्न खोजेको होइन भन्नुभयो ।
उहाँले युक्रेन घटनाका लागि संरा अमेरिकी सरकार नै दोषी भएको बताउनुभयो ।
सभामा नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले अमेरिकी साम्राज्यवादले विश्वका विभिन्न देशमा एमसीसीको नाममा विकासभन्दा बढी विनास गरेको र ती देशको सार्वभौमिकता हनन गरेको स्पष्ट पार्नुभयो ।
उहाँले युवा–विद्यार्थीहरू देशघाती एमसीसी सम्झौताविरुद्ध निरन्तर आन्दोलनरत रहनुपर्नेमा जोड दिनुभयो ।
सभामा सभापतिको आसनबाट नेमकिपा ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलले एमसीसी सम्झौता नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र एसका नेताहरूको राष्ट्रघातको श्रृङ्खलामा अर्को एक अध्याय भएको बताउनुभयो ।
सभामा नेमकिपा ललितपुरका महेन्द्र ब्रम्हाचार्य, कवीन्द्र डंगोल तथा नेक्राविसङ्घकी मुना तामाङले पनि एमसीसी सम्झौताका विविध पक्षको चर्चा गर्दै खारेज गर्नुपर्ने माग गर्नुभएको थियो ।
Leave a Reply