रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
काठमाडौंँ, २१ फागुन । वरिष्ठ वामपन्थी नेता एवं बुद्धिजीवी प्रा. माणिकलाल श्रेष्ठको प्रथम स्मृति सभा उहाँको परिवारजनको आयोजनामा नयाँ बजार काठमाडौँमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले प्रा. श्रेष्ठ साम्राज्यवादविरोधी सङ्घर्षका एक योद्धा हुनुहुन्थ्यो भन्दै नेपालका शासक दलहरूले एमसीसी सम्झौता पारित गरेर साम्राज्यवादको सेवा गरेको बताउनुभयो ।
श्रेष्ठको प्रथम स्मृति वर्षको मुखमा स्रष्टा समाज नेपालले प्रा. माणिकलाल श्रेष्ठको स्मृतिमा पुस्तक प्रकाशित भएको सकारात्मक बताउँदै उहाँले उहाँका अप्रकाशित कृति र भण्डारणमा सकिएका कृतिहरूको पुनः प्रकाशन गर्न जरूरी रहेको बताउनुभयो ।
प्रा. श्रेष्ठको योगदानको चर्चा गर्दै सांसद सुवालले अगाडि भन्नुभयो, वडाध्यक्ष हुनुहुँदा उहाँ नयाँ सडकको वरिपरि सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरूको विरुद्ध जनतालाई उठाउन लाग्नुभयो । अहिले ठमेलको ऐतिहासिक कमलपोखरी व्यक्तिको बनाएर दर्ता गरी व्यापारिक भवन बनाइँदा, केशर महलमा होटेल चलाउने तयारी हुँदा, सार्वजनिक नदी किनारा अतिक्रमण हुँदा मन्त्रीहरूसमेत बोल्दैनन् । काठमाडौँ उपत्यकामा फोहोरमैला, खानेपानीको चरम अभाव भयो । सरकारहरू काठमाडौँ उपत्यकामा १–२ करोड जनसङ्ख्या बसाउने तयारी गर्दै छ । निर्वाचनमा १०–२० करोड रुपियाँ बाँडेर चुनाव जितेकाहरू सिंहदरबारमा पुग्दैमा देश विकास हुँदैन ।
अन्तर्राष्ट्रिय स्थितिको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, संरा अमेरिकाले युक्रेनमा नेटो सेना राख्ने तयारी गरेपछि त्यसलाई रोक्न रुसले विशेष सैनिक कारबाही गरेर युक्रेनलाई सचेत गराएको हो । आक्रमण र युद्धको अर्थ अमेरिकाले अफगानिस्तान, इराक, लिवियामा गरेको जस्तो सर्वसाधारण नागरिकसमेतको हत्या र विध्वंश गर्नु हो । युक्रेन घटनाका लागि संरा अमेरिकी साम्राज्यवाद नै दोषी हो ।
प्रा. सुन्दरकृष्ण जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, सङ्घीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुङ्गाना, मल्ल के. सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, राजभाइ नकर्मी, डा. महेशमान श्रेष्ठलगायतले प्रा. श्रेष्ठको योगदानका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply