रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
चिनियाँ जन राजनीतिक सल्लाहकार सम्मेलन (सीपीपीसीसी) र राष्ट्रिय जनकाङ्ग्रेस (एनपीसी) सहित चीनको वार्षिक ‘दुई अधिवेशन’ अहिले चीनको राजधानी पेइचिङमा भइरहेको छ । चिनियाँ भित्तेपात्रोमा यो सधैँ महत्वपूर्ण घटना मानिंदै आएको छ । तर, अहिले यी घटनाहरू अन्तर्राष्ट्रिय क्षेत्रको लागि पनि महत्वपूर्ण बन्दै गएको छ ।
यो वर्षको दुई अधिवेशनमाथि विश्वको ध्यानाकर्षण हुनेछ । यसो हुनुको कारण कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा अन्य कुनै पनि प्रमुख देशभन्दा चीन निकै सफल भएको तथ्यको प्रत्यक्ष र परोक्ष परिणाम पनि हो ।
मानिसको जीवनको रक्षा गर्ने जस्ता प्रत्यक्ष देखिने परिणाम र अप्रत्यक्ष प्रभाव देखिने विशेषतः आर्थिक पक्षको आकारले अन्तर्राष्ट्रिय परिस्थितिमा उल्लेखनीय परिवर्तन ल्याउन सक्छ । त्यसकारण, चीनको दुई अधिवेशन छलफलको विषय बनेको छ ।
जीवन रक्षा गर्ने महत्वपूर्ण विषयमा चीनले हासिल गरेको सफलता र संरा अमेरिकाजस्ता देशहरूको असफलताको अन्तर निकै फराकिलो छ । महामारी सुरु भएदेखि मार्च २ सम्मको तथ्याङ्क हेर्ने हो भने चीनमा कोभिड–१९ बाट मर्नेको सङ्ख्या ४ हजार ६३६ जना छन् ।
तर, संरा अमेरिकामा यसै कारण मर्नेको सङ्ख्या ९ लाख ५४ हजार ५१८ पुगेको छ । संरा अमेरिकामा मर्नेको सङ्ख्या निकै ठूलो छ । कोभिड–१९ को कारण मर्ने अमेरिकीहरूको सङ्ख्या चीनमा मर्ने सङ्ख्याभन्दा दुई सय गुणाले बढी छ । दोस्रो विश्वयुद्धमा ४ लाख २० हजार अमेरिकी नागरिक मारिएका थिए । कोभिड–१९ को कारण मर्नेको सङ्ख्या त्यो सङ्ख्याभन्दा दोब्बर छ ।
तर, यो तथ्याङ्कले मात्र संरा अमेरिकाको तुलनामा चीनले कोभिड–१९ रोकथाम र नियन्त्रणमा पाएको सफलता ओझेलमा पर्छ । किनभने, चीनको जनसङ्ख्या संरा अमेरिकाको तुलनामा चार गुणाले बढी छ । जनसङ्ख्याको अनुपातमा कोभिडको कारण मर्नेको सङ्ख्यालाई राख्ने हो भने चीनमा जति मानिस मर्ने हो भने त्यहाँ ९ लाख ५४ हजार होइन, १ हजार ६७ जनामात्र अमेरिकी नागरिकको निधन हुनुपर्ने हो ।
संरा अमेरिकाको तुलनामा युरोपेली सङ्घको परिणाम पनि थोरै मात्राले राम्रो देखिन्छ । युरोपेली सङ्घमा कोभिड–१९ को कारण दुई लाख मानिसको निधन भएको छ । कोभिड–१९ को कारण चीनमा भएको प्रतिव्यक्ति निधनको अनुपातमा युरोपेली सङ्घमा निधनको सङ्ख्या ७ सय गुणाले बढी छ ।
तसर्थ, केही परिणामले चीनको मानवपक्षीय नीति र संरा अमेरिकी नीतिबीचको खास अन्तर प्रस्ट देखाएको छ । यसले मानवअधिकारप्रति दुई देशका सोचाइको अन्तर प्रस्ट पारेको छ । चीनले आफूलाई नागरिकको जीवन रक्षामा केन्द्रित गरेको छ भने संरा अमेरिकाले भने आफ्ना ‘रोक्न सकिने नरसंहार’ भनी व्याख्या गरिएको टीठलाग्दो सङ्ख्यामा आफ्ना नागरिकलाई मर्न दिइरह्यो ।
तसर्थ, चीनको दुई अधिवशेनले अन्य प्रमुख देशको तुलनामा कोभिड–१९ रोकथाम र नियन्त्रणमा चीनले प्राप्त गरेको सफलतालाई प्रस्ट प्रतिबिम्बित गर्नुका साथै थप बलियो पनि बनाउनेछ ।
कोभिड–१९ विरुद्ध प्रत्यक्ष लडाइँमा चीनले प्राप्त गरेको सफलताका कारणबारे दुई अधिवेशनमा छलफल गर्नुका साथै त्यसले पारेका अप्रत्यक्ष प्रभावको पनि पक्कै विश्लेषण गर्नेछ । विशेषतः विश्व अर्थतन्त्रमा यसको प्रभाव ज्यादै चकित पार्ने खालको छ ।
महामारी सुरु भएको वर्ष सन् २०१९ देखि सन् २०२१ को अन्त्यसम्ममा चीनको अर्थतन्त्र संरा अमेरिकाको तुलनामा फैलिएको छ । यो अवधिमा चीनको अर्थतन्त्र झन्डै १०.५ प्रतिशतले बढ्यो भने संरा अमेरिकी अर्थतन्त्र जम्मा २.१ प्रतिशतले मात्र बढ्यो । अर्थात् चीनको अर्थतन्त्र संरा अमेरिकाको दाँजोमा झन्डै ५ गुणाले बढ्यो ।
सन् २०२० मा चीन सकारात्मक वृद्धि अनुभव गर्ने संसारकै एउटैमात्र प्रमुख अर्थतन्त्र रह्यो । सन् २०२१ मा चीन सबभन्दा तेजगतिमा बढिरहेका केही देशमध्ये थियो । चीनले वैदेशिक व्यापारमा पनि चकित पार्ने सफलता हासिल ग¥यो । गत वर्ष दुवै आयात र निर्यातमा २९.९ प्रतिशतले वृद्धि भयो ।
कोभिड–१९ महामारीका प्रत्यक्ष र परोक्ष परिणाम रोकथाममा अरू देशको तुलनामा चीनले हासिल गरेका विशेष सफलता स्वाभाविकरूपमा दुई अधिवेशनसँग छलफल हुने विषय हुन् । तीमध्ये केही त अन्तर्राष्ट्रिय आयाम भएका विषय पनि हुन् ।
उदाहरणको लागि कोभिड–१९ को कारण ठूलो सङ्ख्यामा मानिसको मृत्यु र त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारे पनि संरा अमेरिकाले कोभिड–१९ प्रति विनाशकारी प्रतिक्रिया अन्तर्राष्ट्रियकरण गर्न खोजिरहेको छ । अनि चीनको सफल ‘गतिशील शून्य कोभिड–१९ नीति’ लाई परित्याग गराउन खोजिरहेको छ ।
आन्तरिकरूपमा चीन सरकारले धेरै महत्वपूर्ण नीति कार्यान्वयनमा ल्याएको छ । सन् २०२० मा चीनभित्र पूर्णरूपमा निरपेक्ष गरिबी निर्मूलन गर्नमा सफलता प्राप्त गरेपछि, सन् १९७८ यता विश्व बैङ्कको मापदण्डअनुसार ८५ करोडभन्दा बढी जनतालाई गरिबीबाट उकासिसकेपछि गरिबीबाट मुक्त भइसकेको ठूलो जनसङ्ख्याबीच चीनले समतामूलक ढङ्गले आम्दानी वितरण सुनिश्चित गरेको छ । यो नै चीन सरकारले अघि सारेको ‘साझा समृद्धि’ को नीति हो । चिनियाँ जनताको लागि अर्थतन्त्रमा विकास र समता सँगसँगै अघि लानु नै अहिलेको प्रमुख चुनौती हो ।
तथापि, कोभिड रोकथाम र नियन्त्रणमा अन्य प्रमुख देशको तुलनामा चीनले हासिल गरेको ठूलो सफलताले चिनियाँ समाजले सामना गरिरहेका अन्य विषयमा दुई अधिवेशनमा छलफल गर्ने मूर्त आधार तयार गरेको छ ।
(लेखक चीनको रेनमिन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।)
सीजीटीएनबाट अनुदित सामग्री
Leave a Reply