भर्खरै :

नेका भारतको स्वार्थमा काम गर्ने दल

नेपाली काङ्ग्रेस विदेशी पुँजीपरस्त पार्टी हो । पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल नेकाले श्रमजीवी वर्ग या बहुमत जनताको पक्षमा काम गर्दैन, गरिरहेको छैन । नेकाले पुँजीपति वर्गको मात्र होइन भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पृष्ठपोषण गरिरहेको छ । नेका भारतको स्वार्थमा काम गर्ने दल हो । भारतसँग भएका धेरै असमान सन्धि सम्झौता यसको कारक हो । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत समिामा तटबन्ध तथा बाँध बनाए पनि नेका मौन छ । देशका मुख्य–मुख्य नदी नाला भारतको कब्जामा दिने दल नै नेका हो ।
अमेरिकाको दबाबमा नेकाको नेतृत्वमा बनेको सरकारले एमसीसी सम्झौता अनुमोदन ग¥यो । नेकाको सरकारले नेपाल र नेपालीको लागि देशघात ग¥यो भने अमेरिकालाई खुसी बनाउने काम ग¥यो । त्यही भएर एमसीसी परियोजनाको मुख्य कार्यालय वासिङटनले नेपाल सरकारलाई धन्यवाद दियो । ‘अनुदान’ भनिएको त्यो परियोजनाको सम्झौता अनुमोदन गर्न अमेरिकी अधिकारीहरूले किन दबाब दिए, अनुमोदन गर्न किन म्याद दिए ? अनुमोदनभित्र गुलियो पोतेको विष नभए के दबाब दिनुपथ्र्याे र ? नेपाल–अमेरिकाको सम्बन्ध चिसिने र अरू सहयोग हुन नसक्ने चेतावनी अमेरिकाले किन दिनुपथ्र्याे ? देशघाती सम्झौता पारित गर्न अमेरिकी प्रशासनले दबाब दिनु र दबाबमा नेपाल सरकारले अनुमोदन गर्नु ठीक होइन ।
विदेशी शक्ति राष्ट्रले दबाब दिनु र दबाबमा काम गर्नु कुनै पनि स्वाधीन र सार्वभौम मुलुकलाई सुहाउँदैन । दबाबमै रहेर नेकाको सरकारले एमसीसी सम्झौता पारित ग¥यो । यस अर्थमा एमसीसी सम्झौता अनुमोदन हुनुमा सबभन्दा पहिले नेका दोषी छ । त्यसपछि ‘व्याख्यात्मक घोषणा’ भन्दै एमसीसी सम्झौता अनुमोदन गर्न अभ्यास गर्ने या समर्थन गर्ने दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादी दोषी छन् । सम्झौता अनुमोदनको विरोधमा एक शब्द नबोल्ने या मौन समर्थन गर्ने दल एमाले पनि त्यत्तिकै दोषी हो ।
सरकारको गठबन्धन टुट्ने र सभामुखमाथि अभियोग लगाउने डरले माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी सम्झौता अनुमोदन गराउन संसद्मा दर्ता गर्नु हुँदैनथ्यो, दर्ता नै भए पनि समर्थन गर्नु हुँदैनथ्यो । संशोधनविना कुनै हालतमा पारित गर्न नहुने अडानमा रहेका ती दलका नेताहरूले पछिल्लो चरणमा आएर अडान छोडे, अमेरिकीसामु आत्मसमर्पण गरे र अनुमोदन गरेर नेपाली जनतालाई धोका दिए । विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको आँखा चिम्ली पक्षपोषण गर्ने र अडान छोडेर नेपाली जनतालाई धोका दिएर एमसीसी सम्झौतालाई अनुमोदन गर्ने दलका नेताहरूलाई जनतासामु उदाङ्ग्याउनुपर्छ र निर्वाचनमा हराउनुपर्छ । यो प्रत्येक देशभक्त नेपाली जनताको माग हो, आवाज हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *