बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
देशघाती एमसीसी सम्झौता संसद्ले बहुमतबाट पारित ग¥यो । देशव्यापी आन्दोलन र सङ्घर्ष हुँदाहुँदै देशभक्त जनताको भावनाविरूद्ध साम्राज्यवादी दलालहरूले सम्झौता जबरजस्ती पारित गरे । साम्राज्यवादी दलाल बनेर नेपाली काङ्ग्रेस, एमाले र माओवादी (केन्द्र) फेरि एकपटक जनताको नजरबाट गिरे ।
काङ्ग्रेस जन्मजात नै व्यक्तिवादी चिन्तनको पक्षपाती हो । ‘मै लाउँ, मै खाउँ उसको’ चिन्तन हो । पुँजीवादी विचारधारा उसको सिद्धान्त हो । राष्ट्रको शान्ति, सुरक्षा र परराष्ट्र नीतिबाहेक राज्यको सम्पूर्ण कामकुरा निजी क्षेत्रले हेर्नुपर्दछ भन्ने उसको मान्यता हो । स्वास्थ्य, शिक्षा, रोजगारीको बन्दोबस्त राज्यले जिम्मेवारी लिन नहुने काङ्ग्रेसको बुझाइ हो । आफूले सरकारको नेतृत्व गर्दा नेकाले सार्वजनिक उद्योग, कलकारखाना सबै निजीकरण ग¥यो वा कौडीको मोलमा बेच्यो । विकासका परियोजनाहरू पनि सबै निजी ठेकेदार कम्पनीहरूलाई सुम्पे र सुम्पिरहेका छन् ।
संरा अमेरिका पुँजीवादको विकसित रूप साम्राज्यवादतर्फ उन्मुख छ । नेपाली काङ्ग्रेस पार्टी र अमेरिकीको नीति एउटै सिद्धान्तमा आधारित छ । त्यसैले सर्तसहित आएको डलरमा काङ्ग्रेस फस्यो । अमेरिकाले लोभ देखाएर, धम्की दिएर भएपनि कमजोर राष्ट्रहरूलाई आफ्नै स्वार्थअनुरूप डो¥याउन खोज्नु स्वाभाविक हो । देशलाई नै खतरामा पारेर नेपालका राजनीतिक दलहरू उसकै पछि लाग्नु दुर्भाग्यपूर्ण हो । नेपाली काङ्ग्रेसको अमेरिकी साम्राज्यवादी नीतिले स्वाभिमानी जनताको निम्ति घात भएको छ । झूटा र मीठा आश्वासन बाँडी चुनाव जित्ने काङ्ग्रेसको दाउ हो । काङ्ग्रेसकै पछिपछि एमाओवादी र एमाले लाग्नु स्वाभाविक हो । एमाले, एमाओवादी पनि सत्तामा पुगेर पुँजीवादी सिद्धान्त र विचारअनुसार काम गरिहेकाले बुद्धिजीवीहरूले भाइकाङ्ग्रेसको संज्ञा दिएका छन् ।
एमसीसी सम्झौता पारित हुनुले कुन राजनीतिक पार्टी पुँजीवादी र कुन समाजवादी भन्ने कुरा प्रस्ट पारिदिएको छ । यी पार्टीहरू पुँजीवादी पार्टीमात्र नभई विदेशी पुँजीको दलाल भएको जनताले बुझे । देशलाई स्वतन्त्र र स्वाधीन बनाउन देशभक्तहरू सङ्घर्षरत हुनुपर्दछ । प्रगतिशील र देशभक्त राजनीतिक पार्टीले यसको नेतृत्व गर्नुपर्दछ । स्वास्थ्य र शिक्षा निःशुल्क र अनिवार्य हुने, रोजगारको बन्दोबस्त, उद्योग, कलकारखाना सार्वजनिकीकरण हुने आदि देश र जनताको हित हुने समाजवादी राज्य व्यवस्था ल्याउनको लागि थप सङ्घर्ष गर्नु आवश्यक छ ।
Leave a Reply