भर्खरै :

अध्यक्ष बिजुक्छेंसँग कीर्तिपुर नगर प्रमुख र उपप्रमुखको भेट

भक्तपुर, २३ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग आइतबार कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्काले भेट्नुभयो ।
भेटमा उहाँहरूबिच समसामयिक राजनीति र स्थानीय सरकार सञ्चालनका विभिन्न पक्षबारे कुराकानी भएको थियो ।
अध्यक्ष बिजुक्छेँले राजनीति देश र जनताको सेवाको लागि गर्नुपर्ने बताउनुभयो ।
उहाँले पुँजीवादी शासक दलहरूले राजनीतिलाई पैसा कमाउने व्यवसाय बनाउँदा राजनीतिमा विकृति मौलाएको बताउनुभयो ।
उहाँले एमसीसी सम्झौताले देशलाई विदेशी शक्तिको क्रिडास्थल बनाउने भएकोले नेपाली जनताले साम्राज्यवादी शक्तिविरुद्धको सङ्घर्षलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *