कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पुनःनिर्माण भएको भक्तपुर नपा वडा नं. ३ बाराहीस्थानको हनुमान (भुजु) पाटी मङ्गलबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचनाहरू इस्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढङ्गले निर्माण हुने उल्लेख गर्दै भक्तपुर नपाले युग सुहाउँदो समाज निर्माणमा जोड दिइरहेको बताउनुभयो ।
हाल सम्पन्न भएको भक्तपुरको रानीपोखरी खुला भएको अवगत गराउँदै उहाँले सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले जोड दिइरहेको बताउनुभयो ।
जनताको सेवा र सहयोगी भावनाले विकास निर्माणमा काम गर्न सजिलो भएको उल्लेख गर्दै उहाँले सम्पदा पुनःनिर्माणमा कुनै पनि लापरबाही र कमजोरी हुन नदिएको बताउनुभयो ।
उहाँले नगरपालिकाले जनताको सेवालाई नै पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नगरस्तरीय बजेटबाट निर्मित पाटीमा प्राप्त स्थानीय जनताको सुझाव र सहयोग अमूल्य भएको उल्लेख गर्दै जनताको स्वास्थ्य सेवा गर्ने उद्देश्यले ख्वप अस्पताल निर्माण भएको बताउनुभयो ।
उपभोक्ता समितिका कोषाध्यक्ष कुमार जाकिबन्जारले पाटी पुनःनिर्माणको आय—व्यय प्रस्तुत गर्दै रु. ३७ लाख १० हजार २८७ मा लागत इस्टिमेट भएको पाटीको खुद खर्च रु. २४ लाख १३ हजार १२२ रहेको अवगत गराउनुभयो ।
पाटी उद्घाटन कार्यक्रममा हनुमान पाटी उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर खाताखो, स्थानीय चन्द्रभक्त भुजु, कार्यपालिका सदस्य सुनिता अवाल र वडा सदस्य कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।
Leave a Reply