राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
२५ फागुन २०७८ को ‘नयाँ पत्रिका’ ले ‘के डलरको प्रभुत्व अन्त हुन थालेका हो ?’ भन्ने एक लेख छाप्यो । त्यसमा निम्न विषयहरू उल्लेख गरिएको छन्–
१) राष्ट्र सङ्घका आर्थिक, विश्व स्वास्थ्य सङ्गठन, विश्व व्यापार सङ्गठनजस्ता अनेक निकायहरूले सम्बन्धित राष्ट्रहरूलाई प्रतिबन्ध लगाउनेछन् । (संयुक्त राष्ट्र सङ्घका विभिन्न निकायहरूमा संरा अमेरिकाको प्रभाव वा बहुमत छ । जनवादी गणतन्त्र चीनको सदस्यता समयमा नभएको भए– समानान्तर सयुक्त राष्ट्र सङ्घ हुन्थ्योे । चीनलाई राष्ट्र सङ्घमा सदस्य हुन घच्घच्याउनेमध्ये एक हुनुहुन्थ्यो– इन्डोनेसियाका राष्ट्रपति सुकार्नो । उपनिवेशवादबाट भर्खर स्वतन्त्रता र मुक्ति पाएका एसिया र अफ्रिकी तटस्थ राष्ट्रहरूको आन्दोलनमा उहाँ एक जना अगुवा हुनुहुन्थ्यो र त्यसको पहिलो सम्मेलन वाङडुङ (इन्डोनेसिया) मा भएको थियो ।
त्यस्तै ओलम्पिकको समानान्तर खेलकूद जकार्ता र न्होम्पेनमा ग्यानेफोको नामबाट एसियाली, अफ्रिकी र स्वतन्त्र राष्ट्रहरूको अन्तर्राष्ट्रिय खेलकुद महोत्सव भएको थियो । अमेरिकी प्रभुत्वको हरेक क्षेत्रमा समानान्तर संस्थाहरू हाँकको रूपमा स्थापना हुनु आश्चर्यको विषय होइन ।)
लेखमा क्युवा, लिबिया, इराक, उत्तर कोरिया, सर्विया, भेनेजुएला र इराकविरुद्ध वषौँदेखि आर्थिक नाकाबन्दी र भौतिक हस्तक्षेप भएको उल्लेख छ । ओपेकका भेनेजुयला, इरानजस्ता देशहरूलाई पनि तेल उत्पादन र निर्यातमा समेत बाधा अमेरिकाले लगाउँदै आएको छ । संसारको एक चौथाइ गहुँ र १५ प्रतिशत प्राकृतिक ग्यास उत्पादन गर्ने देश रुसमाथि ‘रुस र युक्रेन’ युद्धको कारण अमेरिकाले प्रतिबन्ध लगाउँदै छ । संरा अमेरिकाले कोरिया युद्ध (१९५०–५३), भियतनाम र हिन्द चीनको युद्ध, इराक, लिबिया, अफगानिस्तान, युगोस्लाविया, सिरिया आदि देशमा आक्रमण गर्दा संयुक्त राष्ट्र सङ्घले अमेरिकी साम्राज्यवादलाई कुनै कारबाही गरेन । किनभने संयुक्त राष्ट्र सङ्घमा आज पनि आमेरिका र नेटो राष्ट्रहरूको प्रभुत्व बाँकी छ ।
२) रुस र चीनको बढ्दो मेलमिलाप र प्रभावको कारण हातहतियार, साइवर, इलोट्रोनिक र जैविक युद्ध, आणविक हतियारको बढोत्तरीले अमेरिकाको प्रभुत्वको अन्त हुँदैछ । युआन (चीनको मुद्रा) र रुबल (रुसको मुद्रा) को प्रचलन अन्तर्राष्ट्रिय बजारमा बढ्नेछ । सन् २०२४ मा ट्रम्पको सम्भावित पुनरागमनले विश्व अमेरिकाबाट विमुख हुनेछ र आर्थिक र अन्य क्षेत्र रुस र चीनको निम्ति बाटो फराकिलो हुनेछ ।
३) क्युवा, अफगानिस्तान, रुस र अन्य देशको अमेरिकी फेडरल रिजर्भ बैङ्कमा राखेको डलरलाई ‘फ्रिज’ गर्नेछ । अन्य देशले अमेरिकी बैङ्क र मुद्रा (डलर) लाई सुरक्षित सम्झिने छैन । त्यसले अमेरिकी डलर अवसानतिर लाग्नेछ ।
एक दुई दशकदेखि यूरो सुरक्षित सम्झिँदै छ । रुसको विदेशी मुद्रामा ३० प्रतिशत युरोमा छ । जर्मनी र फ्रान्स दुवैको १०–१० प्रतिशत भण्डारणमा छ । पुटिनले सन् २०१६–२०१७ देखि अमेरिकी रिजर्भमा घटाएर सन् २०२१ मा झन्डै शून्यमा झारे तथा सुन, युआन र जर्मनी क्रमशः २३, १३ र १० प्रतिशत भण्डारण गरे ।
४) चीनले अमेरिकी डलर ३४ खर्बबाट एक खर्ब डलर सञ्चितिबाट झिकेको र सन् २००५ देखि डलर धितो मध्ये चीनको ८० प्रतिशतबाट ३० प्रतिशतमा झ¥यो ।
५) एसियाली र अफ्रिकी केन्द्रीय बैङ्कले सुरक्षित सम्झिएको अमेरिकी डलर, व्यापार, निर्भरता र विश्वसनियताबारे पुनर्मूल्याङ्कन गर्नेछन् । रुस–युक्रेन युद्धमा भारत रुसको विरोधमा अनुपस्थित रहनु अमेरिकी दबाब कमजोर भएको देखाउँछ । यसले भारतलाई पश्चिमी फाँटबाट टाढा राखी रुस–भारत चीन मञ्चमा धकेलेको छ ।
अस्पष्टता हुँदा–हुँदै पनि लेखले अमेरिकाको आर्थिक, व्यापारिक, एवम् विश्वको लोकमतमा अमेरिकी प्रभाव ¥हासोन्मूख रहेको प्रस्ट पार्न खोज्दै छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोष सारमा अमेरिकी आक्रमणको ज्यावल हुन् भन्ने विषयमा संसार झनझन प्रस्ट हुँदैछ र माथिका कारणहरूबाट डलरको मूल्य घट्नुको अर्थ अमेरिकी साम्राज्यवादको सैनिक र राजनैतिक क्षेत्रमा पनि पतन भएको सङ्केत सम्झिनेछ ।
Leave a Reply