यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २८ फागुन । “आफ्नो देश आफैले बनाउन र जोगाउन नेपाली नै सक्रिय र जागरुक हुनुपर्छ । असल नेता, असल कार्यकर्ता र असल जनताले मात्रै देश विकासमा टेवा पु¥याउँछ, जनता नउठाइकन विकास सम्भव छैन, जनताले जनताकै निम्ति काम गर्ने हो, जनताको त्यो श्रम, समय र सेवा खेर जानेछैन ।”
उक्त विचार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भनपा वडा नं. ९ कार्यालयले शनिबार आयोजना गरेको धन्यवादज्ञापन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
देश विकास गर्न र रोजगारी पाउन आफ्नै देशका सामान उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “सकेसम्म आफ्नै देशको स्रोत साधन उपयोग गरे देश विकासमा सहयोग पुग्छ । सबै विदेशीको भरमा बसेर देश कसरी आत्मनिर्भर हुन्छ ?”
आफ्नै देशको उद्योगधन्दा चले रोजगारी पाउने, देशको रकम स्वदेशमै रहने र देश पराधीन नहुने उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “कतिपय ठूला देशहरू नेपाल विकास भएको हेर्न चाहँदैनन् ।”
देशका सरकारी उद्योगधन्दा तथा कलकारखानाहरू कौडीको मूल्यमा बेचेर नेकाको सरकारले निजीकरण गरी व्यक्तिलाई पोस्ने काम गरेको उल्लेख गर्दै उहाँले भारतको कम्पनीसँग मात्र पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने सम्झौताको निन्दा गर्नुभयो ।
उहाँले भारतले नेपाली भूमि अतिक्रमण गरे पनि नेपाल सरकार मौन रहेकै कारण नेपालमा विदेशी शक्ति राष्ट्रहरूको दबाब बढेको विचार व्यक्त गर्नुभयो । नेपाल सरकार भारतको निर्देशन या इसारामा चलिरहेकोले देश पछि परेको चर्चा गर्दै अध्यक्ष रोहितले ठेकेदारी तन्त्रकै कारण देशका योजनाहरू अलपत्रमा परेको, योजनाको काम पूरा नहुँदै बिग्रेर, भत्केर देशको ठूलो सम्पत्ति नास भइरहेको स्पस्ट पार्नुभयो ।
ठूल्ठूला योजना सञ्चालन गर्ने ठेकेदारहरूको पछि या भित्रभित्र विदेशी कम्पनीहरूको पनि हात हुनसक्नेतर्फ सचेत पार्दै उहाँले जनता आफै सेवामा जुटे नयाँ पुस्तामा पनि सेवाको भावना विकास हुने र यसले देशलाई नै फाइदा हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले हालसम्म शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्रमा गरिसकेको कार्यको जानकारी दिँदै जनताबाट उठेको कर जनताकै हातमा परोस् भन्ने उद्देश्यले उपभोक्ता समितिमार्फत काम भइरहेको बताउनुभयो ।
कम लागतमा बढी काम हुने, काम गुणस्तरीय हुने, जनसहभागिता जुट्ने र जनताको अपनत्व कायम हुने भएकोले उपभोक्ता समितिमार्फत विकास कार्य भइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “हाम्रो सम्पदा, संस्कृति र संस्कार हाम्रो आफ्नै सम्पत्ति हो, नपाले जनताको रकम जनताकै सेवा र विकासमा खर्चिरहेको हो । जनताको सम्पत्ति जनताले मात्रै बचाउन सक्छन् ।”
देश र समाजप्रति समर्पित, देश र जनताको सेवामा जुटिरहेका विभिन्न विधाका व्यक्तित्व, समाजसेवी, शिक्षासेवी, राजनीतिज्ञ, साहित्यकार आदिलाई नयाँ पुस्तामाझ परिचित बनाउन नपाले पाठ्यक्रम तयार गरेको उहाँले उल्लेख गर्नुभयो ।
कलेज खोलेर शिक्षामा जोड दिएकै कारण देशको विभिन्न क्षेत्रमा काम गर्नसक्ने जनशक्ति तयार भएको चर्चा गर्दै उहाँले भनपाले थालेको कामको सर्वत्र प्रशंसा भइरहेको बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुरले गरेको उदाहरणीय र उत्कृष्ट कार्यको श्रेय नगरवासीलाई नै जाने उल्लेख गर्दै भनपाले समाजवादउन्मुख मोडलमा कार्य गरिरहेको बताउनुभयो ।
उपभोक्ता समितिमार्फत इमानदारीपूर्वक काम भएकोले यहाँ भएको विकासको चर्चा देश विदेशसमेत पुगेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सम्पदा संरक्षणमात्र होइन कुनै पनि बेला फेरि पुरानै शैलीमा निर्माण कार्य गर्न सम्पदाको अभिलेख तयार गर्ने काम गरेको बताउनुभयो ।
नेमकिपा वडा नं. ९ समन्वय समितिका संयोजक कृष्णभक्त लवजुले निर्वाचित जनप्रतिनिधिहरूले इमानदारीपूर्वक सेवा गरेको हुँदा जनताले शिर ठाडो पार्न सकेको बताउनुभयो ।
“विकास गर्ने जिम्मा जनप्रतिनिधिको मात्र होइन, स्थानीय जनताको पनि हो”, उहाँले भन्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष एवम् कार्यक्रमका सभापति रवीन्द्र ज्याख्वले निर्वाचित भएर पदभार ग्रहण गरेदेखि हालसम्म भएका विकास कार्यको जानकारी दिनुभयो ।
धन्यवाद कार्यक्रममा वडा सदस्य इन्द्रबहादुर प्याथले स्वागत मन्तव्य र कार्यपालिका सदस्य छोरीमैयाँ सुखजूले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा हालसम्म उपभोक्ता समितिमा रहेर विकास कार्यमा जुटेका उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधि पदाधिकारीहरूलाई अतिथि बिजुक्छेँ र रजनी जोशीले धन्यवाद पत्र प्रदान गर्नुभएको थियो ।
Leave a Reply