यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
विश्वमा बहादुरी कमाएको नेपाललाई नचिन्ने कोही छैनन् । एकीकरणपछिको नेपालले विश्वसामु आफ्नो बहादुरी प्रदर्शन गरेको कुरा नेपाली सबैलाई थाहा छ ।
भारतमा ब्रिटिश इस्ट इन्डिया कम्पनी सरकारको आगमनपछि उसले नेपाल खान खोजेको थियो । तर, बहादुर नेपालीको युद्धकला र चलाखी कूटनीतिका कारण बेलायतीहरू पछि हट्न बाध्य भएका थिए । त्यतिबेला नेपालका अहिलेका शासकहरूजस्तै गजराज मिश्र र चन्द्रशेखर उपाध्याय जन्मेका थिए ।
नेपाल आमा शासकहरूदेखि खुसी छैनन् । नेपाल आमा भन्ने गर्छिन्, इतिहासमा नेपालमाथि गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले धोका दिए । राजतन्त्र राणाहरूको अधीनमा गयो । १०४ वर्षसम्म राणाहरूले एकछत्र शासन गरे । २००७ सालपछि पनि शासकहरूले पटक–पटक आमालाई रुवाउने काम गरे ।
सन् १९५० मा नेपाल र भारत सरकारबीच सन्धि भयो । उक्त सन्धिमा नेपालले आफ्नो देशमा हातहतियार बनाउन र विदेशबाट हतियार ल्याउन नपाउने र नेपालको विकास योजनामा लगानी गर्दा पहिलो प्राथमिकता भारतलाई दिनुपर्ने लेखियो । यसरी भारतले नेपाललाई सताउने काम गरेको थियो । यसरी नेपाल आमाको छातीमा देश चलाउने शासकहरूले सताइरहेका छन् ।
नेपाल आमाले आफ्नो वेदना यसरी पोखिन्– हेर सन्तानहरू हो ¤ देशका नदीनालाहरू बिस्तारै भारतलाई एक–एक गरेर सुम्पिरहेका छौ । राणा शासकको अन्त्यपछि मेरो काखमा बग्ने कोसी नदीमा भारतलाई बाँध बनाएर नहर बनाउन दियौ । सुनजस्तो पानी उसले दोहन गरिरहेको छ । कोसी बाँध बनाउँदा मेरा सन्तानले काम गरेको ज्याला अहिलेसम्म पाउन सकेनन्, तिमीले त्यो दिलाउन सकेनौ । ज्याला पाउन सरकार, संसद्, मानव अधिकार सबैसँग पुगे तर त्यो पैसाद दिलाउन भारतसँग कुरा गर्न सकेनौ । कति वर्ष मेरो छाती डुबान, कट्टान र बगानमा प¥यो । मेरा सन्तानहरूका घर डुबे, भत्किए, जग्गा काटियो, अन्नबाली बगाइयो, गाईगोरु, भैँसी बगे तर तिमीले मेरा छिमेकी भारतलाई केही भन्न सकेनौ । बाढी आएको बेला कोसी बाँधको खुलाउन सकेनौ किन ?
चुनाव जित्न र सरकारमा जान गण्डक सम्झौता ग¥यौ । जनताले मत दिए । छिमेकीले केही रूपैयाँ दिएको लोभमा मेरो काखमा बग्ने नदी दियौ । त्यसले मेरो छाती कटायो, डुबायो, बगायो तर तिमीले उसलाई केही भन्न सकेनौ ।
सुस्ता क्षेत्रका हजारौँ बिगाहा जमिन चेपेको छ । लाखौँ जनता घरवारविहीन छन् । न यता न उताका जनता बनाइयो । अहिलेसम्म सीमावासीको कुनै छलफल गरेनौ । तिमीलाई लाज लागेन ? आमाको शरीर विदेशीले मिच्दा पनि चुपचाप लागेर बस्न ।
मेरो शिरमा भारतीय चेकपोस्ट ल्यायौ । नेपाली भूमि कालापानीमा भारतीय सेना तैनाथ गरियो । त्यो हटाउन सकेनौ । उसले रातारात लिपुखोलालाई महाकाली नदी बनायो, लिम्पियाधुरासमेत चेप्यो । महाकाली नदी आफूभित्र पा¥यो । त्यहाँ बस्ने मेरा गाउँ र सन्तानको वेदना तिमीले अहिलेसम्म बुझेनौ । नाभी, कुटी र गुन्जीका मानिस रुँदै छन् । हामी, नेपाली हौँ भन्यो भने रातभित्रै लखेटिन बेर लाग्दैन । तिमीलाई सत्ता पाउन र टिकाउन मेरो र मेरा सन्तानको कुनै चिन्ता छैन ।
सुस्ताजस्तै सयौँ ठाउँ र ६० हजार हेक्टरभन्दा बढी ठाउँमा भारतले सीमा मिचेको छ । तर, तिमी बोल्न र आफ्नो बनाउन सक्दैनौ । मेरा असली सन्तानहरू सदनदेखि सडकसम्म कराइरहेका छन् । आमालाई पीडा दियौ भनी तिमी सत्ता, भत्ता र सानो स्वार्थको लागि मलाई मिच्नेसँग सीमाबारे वार्ता गर्नसक्दैनौ । मेरा कस्ता सन्तानहरू ¤ आमा रुँदै छन् तर तिमीलाई मतलब छैन ।
टनकपुर सन्धिका नाउँमा महाकाली नदी नेपाली काङ्ग्रेसका गिरिजाप्रसाद कोइरालाले भारतलाई दिए । एमाले नामका कुपुत्रहरूले त्यस सन्धिभन्दा थुप्रै मेरो काख काखमा किला गाड्न दिए । तिनीहरूले पञ्चेश्वर जलविद्युत् आयोजना र पूर्णागिरी बाँध, टनकपुर बाँध दिए । मेरा सपुतहरू संसद्देखि सडकसम्म विरोध गर्दागर्दै पनि तिमीले सम्झौता गरिदियौ । मेरो शरीरमा किला गाड्यौ ।
मेरा दोधारा चाँदनी वासीहरू रातदिन भारतले दिएका दुःख पीडामा बाँचिरहेका छन् । तिमीले देशवासीलाई हँसाउन किन सकेनौ ? एकदिन आउनेछ तिमीलाई नर्कमा बसाउने ।
पुनर्वास क्षेत्र कञ्चनपुरमा सीमा विवादकै कारण गोविन्द गौतम मारिए भारतीय सुरक्षा कर्मीबाट । नेका, एमाले नामका कुपुत्रहरू सरकारमा थिए । खोइ उनीहरूले के गर्नसके ? नेपाली आँसु पिएर जीउन बाध्य छन् ।
कर्णाली नदी खाने क्रम दुष्ट छिमेकीले सुरु गरेको छ । लगानी बोर्ड ऐन पास गरेर माथिल्लो कर्णालीमा ९ सय मेगावाट विद्युत् खान दिएको छ । कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजना माथिल्लो कर्णाली जलविद्युत् आयोजना करोडौँ खर्च गरेर अध्ययन ग¥यौ तर भारतले नै फाइल नष्ट गरिदियो । के अहिले भारत सरकार कर्णाली र मुगु कर्णाली खाने दाउ गर्दै छ । यसैगरी अरूण तेस्रो दियौ । अब अरूण नदीमा तल्लो अरूणजस्ता आयोजनाहरू खाँदै छ ।
तिमीले व्यापार नस्ट ग¥यौ, युवाहरूलाई विदेश पठाउने नीति बनाएर विदेश पठाइरहेका छौ । देशको जमिन बाँझो छ, आयात निरन्तर बढ्दै छ र निर्यात घट्दै छ । भारतसँग बिप्पा सम्झौता ग¥यौ । विश्व व्यापार सङ्गठनको बिना तयारी सदस्य बन्यौ । कति उत्पादन बढायौ ?
नेपाल आमा भन्छिन्, मेरो काखमा बसेर, छातीमा खेती गरेर बस्न तिमीहरू कति शक्तिशाली छौ ? त्यो मलाई थाहा छ । तर, क्षणिक स्वार्थको लागि साम्राज्यवाद, विस्तारवाद र नवउपनिवेश गराउन खोज्ने वैरीसँग झुकेर विकासको नाममा मलाई विनास गर्दै छौ ।
शिक्षा र जनताको बाँच्न पाउने स्वास्थ्य उपचार गर्ने संस्थाहरूलाई व्यापारको थलो बनाई नाफा कमाउने कानुन बनायौ । हजारौँ मान्छे पैसा नपाएर पढ्न वञ्चित भए । लाखौँले उपचार खर्च नपाएर ज्यान गुमाए । चुनावमा उम्मेदवार हुन राम्राराम्रा विषय लेखेको घोषणापत्र जारी गर्छौ तर जितेर पदमा पुगेपछि सबै बिर्सेर आफै धन कमाउन काला व्यापारीहरू पोस्नतिर लाग्छौ ।
भ्रष्टाचार, अनियमितता तिम्रो आदर्श भए सेवाको राजनीति छोडेर व्यापारको राजनीति गर्नु बेस छ । मैले तिमीलाई देशभक्त, जनसेवी र परिश्रमी बन्नु भनेर दिएको शिक्षा आज कहाँ पुग्यो एक पटक सोचेर हेर ।
हाम्रो उद्योगधन्दा तिमीले बिक्री ग¥यौ । बाँकी उद्योग घाटामा छन् र कतिपय बन्द छन् । युवाहरू विदेश जान लाइनमा छन् । चेलीबेटीहरूलाई विदेश पठाउन लाज मानेनौ । विश्वमा तिम्रो नाम मगन्तेले परिचित छ ।
उद्योग बन्द छ, जमिन बाँझो छ, युवा विदेशमा छन्, बुढाबुढी गाउँमा र बच्चा पढाउने नाममा बुहारी बजारमा छन्, गाउँका स्कूल कमजोर र निजी स्कूल फाइदामा छ । यो कसको कमाल हो तिमीहरूले तत्काल बुझ्नुपर्छ ।
विदेशी सामान आयात भइरहेको छ, निर्यात बन्द छ, व्यापार घाटा छ, ऋणात्मक आर्थिक वृद्धि छ, कमजोर निकासी पूर्वाधार, बढ्दो फोहरबाट देश अत्यन्तै पीडामा छ । तिमीहरूको ध्यान यता किन जाँदैनौ ?
गाउँको बस्तीमा सुविधा नपाएर बसाइँसराइ गरिरहेको छ । जनताबाट मत लिएर तिमी सहरकेन्द्रित हुँदै छौ । अनि तिम्रो गाउँको विकास कसले गर्छ ?
नेपाली भूमि विदेशीले चेप्दै मापदण्डविपरीत बाँध र तटबन्ध बनाउने विदेशी मित्रसँग समयभित्र वार्ता गरी फिर्ता ल्याउन किन कोशिश गर्दैनौ ? विदेशीलाई नागरिकता दिन तम्सँदै छौ । नदीनाला बेच्दै छौ । कहिले तिम्रो होस खुल्ने हो भन ।
ठूलो पार्टी, अवसर दिने पार्टी, काम दिने पार्टीको दाम्लोमा जनतालाई बाँधेर सताएका छौ, होस गरेर व्यवहार गर । भोलि जनता जागे तिम्रो सत्ता जानेछ । राणा, राजा आदि त्यस्तै हैकम गर्दा कुनामा रोएर बसेका छन् । त्यस्तो दिन ननिम्त्याऊ ।
अब जनता जागेर माथिका हर्कत गर्ने शासकलाई परास्त गरी जनताको प्रजातन्त्र, समाजवाद र साम्यवादमा पुग्ने विचार बोकेको शक्तिलाई अगाडि बढाउनु जरुरी छ ।
देशको स्वतन्त्रता, सार्वभौम, राष्ट्रिय अखण्डता जोगाउँदै देश र जनताको सेवामा समर्पित शक्ति भनेकै समाजवादी गणतन्त्र हो भन्ने चेतना जनतामा आउनुपर्छ ।
सबै मिलेर देश र जनतालाई बचाउनुपर्छ ।
अहिले एमसीसी सम्झौता गरेर देशको स्वतन्त्रता र सार्वभौमिकतालाई सङ्कटमा पार्ने काम तिमीहरूबाटै भएको छ । सडकमा लाखौँ जनता एमसीसी चाहिँदैन भनेर नारा जुलुस र सभा गर्दै विरोधमा थिए । तिमीले संसद्बाट अनुमोदन गराउनु इतिहासमा कलङ्कित बनाउनु हो ।
देशमा विकास गर्न नसकी लाचार भएर अमेरिका, चीन, भारत, जापान, बेलायतबाट पैसा ल्याएर देश चलाउनुपर्छ भन्नु कायरता हो ।
हाम्रै देशमा प्राकृतिक सम्पदा, कृषि युवा शक्ति र धन छ । छोराको वीरता आमालाई हँसाउनु हो रुवाउनु होइन ।
हिजो मैले पालनपोषण आदि गरेँ । त्यसको ऋण तिर्नेहरू पनि मैले जन्माएकी छु । देश जोगाउन सबै होसियार हुनुपर्छ ।
Leave a Reply