नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वाराणसीमा मलाई घुमाएको त्यहीँको एक जना केटो फुरुङ थियो । उसले मलाई सुनायो, “अब हाम्रा योगी देशको प्रधानमन्त्री बन्नेछन् ।” रामललाप्रति उसको प्रेम कति ! भगवान राम र भारतकै सबभन्दा ठुलो राज्यमा सत्तामा पुनः ठुलो बहुमतका साथ निर्वाचित बनेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई उसले त्यसरी नै सम्बोधन गरिरहेको थियो ।
आलोचकहरू बारम्बार आदित्यनाथलाई अध्यात्मिकताको गेरुवस्त्र लगाउने जुझारु योगी, महत्वाकाङ्क्षी दक्षिणपन्थी राष्ट्रवादीको दर्जा दिन्छन् । जुलुस र जनसभाहरूमा ठाडो मुसलमानविरोधी कुरा बोलेर उनी बेला बेलामा चर्चामा आइरहेका हुन्छन् । उनको भाषण सुनेर मानिसहरू ताली बजाउँछन् । आफै भारतको मुसलमानलाई बद्नाम गर्न लागिपरेको भारतीय जनता पार्टीमा उनका यस्ता भनाइमा कुनै रोकतोक लगाइँदैन ।
सञ्चारक्षेत्र पनि उस्तै छन् । लोकप्रिय समाचार च्यानल आज तकमा हालै दिएको अन्तर्वार्तामा आदित्यनाथले मुसलमानहरूलाई ठाडै ‘कठमुल्लाह’ भने । मुसलमान समुदायमा छोरोको यौनाङ्गमा घाउ पार्ने परम्परालाई इङ्गित गर्ने यो पुरुषलाई गाली गरिने अपमानजनक शब्द हो । यो शब्दप्रति न अन्तर्वार्ता लिने प्रस्तोताले आपत्ति जनाइन् न भारतकै सबभन्दा धेरै जनसङ्ख्या भएको राज्यका मुख्यमन्त्रीले त्यो गालीको शब्द प्रयोग गरेकोप्रति क्षमा माग्न आवश्यक ठाने ।
बितेका पाँच महिनादेखि मैले आफ्ना पत्रकार मित्रहरूबाट उत्तर प्रदेशमा सन् २०१९ को चुनावमा जस्तै भाजपाले नै बहुमत ल्याउने चर्चा सुन्दै आएको छु । मोदी वा आदित्यनाथ कसैले पनि चुनावमा गरेका वाचा पूरा नगर्दा पनि त्यस्तो बहुमत प्राप्त गर्ने मैले अनुमान गरेँ । वास्तवमा उत्तर प्रदेशले भोगेको कोभिड–१९ महामारीको गलत व्यवस्थापन र दुःखको लहरका सबभन्दा खराब प्रभावको निम्ति उनीहरू दोषी थिए ।
उत्तर प्रदेशको चुनावी परिणामबारे यस्तो दाबी गर्ने पत्रकारहरू मलाई भ्रममा बसेको भने । उनीहरूको भनाइमा मोदीको उठ्दो प्रभाव जनाउने ‘मोदी लहर’ मा मूलधारका सञ्चारमाध्यम चुर्लुम्म डुबिसकेका छन् । उनीहरू सबैलाई मैले भनेकी छु–घृणाको शक्ति, धु्रवीकरण र मुसलमानहरूलाई पराई बनाउनु नै अहिले भारतका कुनै पनि राजनीतिक पार्टीसँग भएको सबभन्दा शक्तिशाली हतियार हो । भारतीय जनताको ठूलो सङ्ख्या आज यही परपीडनको नयाँ भावलाई उपयोग गरिरहेका छन् ।
शासक दलको यस्तो आक्रामकता र जल्दोबल्दो हिन्दू सशक्तिकरणप्रति हुरुक्क बनेका मतदातालाई खुशी बनाउने अर्जुन दृष्टिको कारण भाजपाले उत्तर प्रदेशको प्रादेशिक चुनावमा एक जना मुसलमानलाई पनि उम्मेदवारीको टिकट दिएन ।
पराई
मुख्यमन्त्रीको रूपमा आदित्यनाथको कार्यकाल उत्तर प्रदेशको निम्ति अतुलनीय आघात र अझ दुःखको समय रह्यो । महामारीको समयमा धेरै मानिस मरे । कति निराश भए । त्यो वियोगपूर्ण समयको भारतीय र विभिन्न देशका सञ्चारमाध्यमले प्रसारण गरेका थिए । कोभिडको दोस्रो लहरको क्रममा सन् २०२० देखि २०२१ मा कानपुर र आजमगढजस्ता नगरका अस्पतालमा मैले भेटेका बिरामीका आफन्तहरू अस्पतालमा शय्या र अक्सिजनको व्यवस्था गर्न अनुनय विनय गरिरहेका थिए । मसानघाटहरू जलिरहेका लासले भरिभराउ थिए । गङ्गा नदीमा लास बगिरहेका तस्बिरहरू बाहिरिएका थिए ।
सन् २०२१ को गर्मीयाममा सुरु भएको भयानक दोस्रो लहरभन्दा अघि पनि लाखौँ लाख भोका र थकित आप्रवासी मजदुरहरू अन्धाधुन्ध गरिएका बन्दाबन्दीको घोषणापछि भारतका ठूला सहरबाट उत्तर प्रदेशमा आफ्ना घर जाँदै थिए । त्यतिबेलाको दृश्यले धेरैलाई सन् १९४७ को हिन्दुस्तान विभाजनको क्षण सम्झायो । घर फर्केका ती मजदुरहरू उत्तर प्रदेशको जुनसुकै ठाउँमा पुगे पनि असहज व्यवहार सामना गर्नुप¥यो । केही ठाउँमा त क्रुर व्यवहार पनि भोग्नुप¥यो ।
तर, यी सबै दुःखको भारी जति मुसलमानहरूको त्रास फैलाएर विषयान्तर गर्न खोजियो । उत्तर प्रदेशका स्रोतमाथि हालीमुहाली चलाउन र शान्तिप्रिय निर्दोष हिन्दूहरूको विशाल बहुमत भएको प्रदेशमा कपोलकल्पित धार्मिक प्रभुत्व जमाउन मुसलमानहरूले यस्तो चालबाजी गरेको भनेर खास कुरालाई ओझेलमा पार्न खोजियो ।
‘द क्विन्ट’ नामको समाचार माध्यमले हालै प्रकाशित गरेको समाचारमा पछिल्लो वर्षमा उत्तर प्रदेशमा मुसलमानहरूविरुद्ध घृणाबाट हुने अपराध बढिरहेको उल्लेख छ । समाचारमा सन् २०१५ उता उत्तर प्रदेशमा मुसलमानविरुद्ध भएका ४१८ वटा अपराधका उदाहरण प्रस्तुत गरिएको छ । जसलाई घृणाले जन्माएको अपराध भन्न सकिन्छ । सन् २०१७ मा आदित्यनाथ सत्तामा आए । त्यो साल सन् २०१६ को तुलनामा घृणाले जन्माएका अपराधको सङ्ख्या पाँच गुणाले बढेको थियो ।
गत महिना उत्तर प्रदेशमा आयोजित चुनावी सभामा भारतमा गृहमन्त्री अमित शाहले घोषणा गरे, “मोदी शासनअघि जो कोही अलिया, मलिया र जमालिया भारतमा पस्न सक्थे ¤” भीड खुशीले उफ्र्यो । मुसलमानहरूको अपमान गर्न भनिएको ‘अलिया, मलिया र जमालिया’ शब्द सुनेर उनीहरू खुशीले उफ्रेका थिए । (विगतमा आफ्नो भाषणमा नरेन्द्र मोदीले पनि उस्तै खालका शब्द प्रयोग गरेका थिए ।)
यस्ता कुराले मतदाताबीच मुसलमानविरोधी भावनाको मलजल मात्र गरिरहेको थिएन । त्यो त उत्तर प्रदेशका धेरै बेरोजगार, गरिब र घरबार नभएका मानिसहरूका घाउ निको बनाउने जादुमयी औषधिको रूपमा बेचिएको अचुक र ठाडो घृणा थियो ।
भारतमा महामारीले वित्यास पार्नुअघि सन् २०१९ को शीतकालदेखि सन् २०२० मा आदित्यनाथ सरकारले सयौँ विद्यार्थी र मुसलमानलाई नागरिकता ऐनको विरोध गरेको आरोपमा पक्राउ गरेको थियो । सन् २०१९ को नोभेम्बरमा नागरिकता ऐनविरुद्धको आन्दोलन उत्कर्षमा पुग्यो । त्यत्तिबेला उत्तर प्रदेशमा मात्र २० जना मानिसले ज्यान गुमाएका थिए । पाँच हजारभन्दा बढी मानिस (तीमध्ये अधिकांश मुसलमान थिए) हिरासतमा थिए । उनीहरूमध्ये दर्जनौँलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत मुद्दा दायर गरिएको थियो । शान्तिपूर्ण विरोधलाई आतङ्कवादी र देशद्रोहसमानको गम्भीर आरोप लगाउन यस्तो मुद्दा दायर गरिएको थियो । यसले विरोध गर्नेहरूलाई कानुनी उपचारबाट वञ्चित पारिएको थियो । साथै मुसलमानहरूविरुद्ध घातक हिंसा फैलाउने बाटो खोलिदिएको थियो ।
विपक्षी
उत्तर प्रदेशको लालगञ्जका मनहर यादव नामको मतदाताले मलाई आफू विकल्पहरूबाट पनि भ्रममुक्त भएको बताए । आदित्यनाथभन्दा अघि उत्तर प्रदेशका मुख्यमन्त्री समाजवादी पार्टीका अखिलेश यादव जस्ता राजनीतिक नेता त्यो राज्य विस्मातको खराब लहर सामना गर्दै गर्दा कहीँ पनि देखिएका थिएनन् । चुनाव हुन एक वर्षभन्दा कम समयअघि मात्र उनी सार्वजनिक क्षेत्रमा देखिएका हुन् ।
कुराकानीकै शिलशिलामा मनहर यादवले आफ्नी बहिनीले क्षमताको आधारमा शिक्षिकाको काम पाएको र कुनै प्रतिस्पर्धात्मक परीक्षा दिनु नपरेको सुनाए । उनले चखालीका साथ सुनाए, “अखिलेशले भए अझ बढी मदार्साहरू खोल्ने थिए ।” मदर्सा इस्लाम धर्मबारे पढाइने विद्यालय हो । समाजवादी पार्टीको नेतृत्व हिन्दूहरूले गर्दै आएका छन । तथापि यो तल्लो जातको सशक्तिकरण र लोककल्याणकारी राज्यको पार्टी बन्दै आएको छ । यद्यपि, धेरै वर्षअघिदेखि त्यो पार्टीलाई ‘मुसलमानहरूको पार्टी’ को बात लाग्दै आएको छ किनभने उत्तर प्रदेशका ठुलो सङ्ख्यामा मुसलमानहरूले समाजवादी पार्टीलाई नै मतदान गर्दैआएका छन् ।
मुसलमानहरूमाथि वर्षौं वर्षदेखि हुँदैआएको हमलालाई समाजवादी पार्टीले पूर्णतः बेवास्ता गर्दै आएको अवस्थामा उसलाई त्यस्तो भन्नु विरोधाभासपूर्ण छ । बितेका केही सातायता भारतको दक्षिणी राज्य कर्णाटकमा हिजाबमाथि प्रतिबन्ध र हिजाब लगाएका मुसलमान महिलामाथि हमला गरेर भाजपाले उनीहरूलाई देशैभरि तर्साउने राष्ट्रिय अभियान चलाए । त्यो धु्रवीकरणले सुन्दै डरलाग्दा समाचार शीर्षक र तातो बहस जन्मायो । तथापि, उत्तर प्रदेशको भाजपाको प्रमुख विपक्षी समाजवादी पार्टी यस्ता दुव्र्यवहारको विरोधमा उभिने हिम्मत गरेन ।
अखिलेश यस्ता विषयमा मौन बस्दा नरेन्द्र मोदीको भाजपाले धु्रवीकरणबाट थप फाइदा उठायो । फेब्रुअरी महिनाको अन्त्यतिर चुनावको लागि मत सर्वेक्षणहरू चल्दै गर्दा मोदीको गृहनगर गुजरातको अदालतले एक दसकअघि मच्चिएको आतङ्क फैलाएको आरोपमा ३८ जना मुसलमानहरूलाई ज्यान सजाय सुनायो । टिप्पणीकारहरूले त्यो समयमा यस्तो निर्णय पछाडिको नियतबारे प्रश्न उठाएका थिए । तर, मोदीले यसबारे केही स्पष्टिकरण दिन आवश्यक ठानेनन् । भाजपाको गुजरात एकाइले मुसलमान पुरुषहरूलाई फाँसीको फन्दामा झुण्ड्याइएको हेर्दै निर्मम खालको तस्बिर ट्वीट गरेको थियो । सँगै भारतको मूल नारा ‘सत्यमेव जयते’ लेखिएको थियो ।
मोदी आफैले पनि त्यो मृत्युदण्डको प्रसङ्ग आफ्नो भाषणमा ल्याउन कहिल्यै पनि चुकेनन् । आरोपित मुसलमान आतङ्कवादीहरूको सन्दर्भमा भएको फैसला बितेका केही वर्षदेखि हरेक प्रमुख पश्चिमा सञ्चारमाध्यमले नजानेरै मोदीलाई जोड्ने गरेको ‘विकास’ को ठाउँ लियो ।
उत्तर प्रदेशको आजको चुनावी नतिजाले दुई वटा राजनीतिक शक्तिलाई शून्यमा झारिदियो । ती दुई दलहरू भारतीय राष्ट्रिय काङ्ग्रेस र बहुजन समाज पार्टी हुन् । उनीहरू क्रमशः मुसलमान र दलित मतदाताले मत दिंदै आएका दल हुन् । चुनावी अभियानमा बहुजन पार्टीको उपस्थिति लगभग शून्य थियो भने काङ्ग्रेसलाई उल्लेखनीय शक्तिको रूपमा लिन छोडियो । प्रमुख प्रतिस्पर्धी अखिलेश यादव प्रतिस्पर्धाको लागि तयार मात्र नभएको होइन, बरु विभिन्न हिसाबबाट विभक्त समुदायलाई कुनै एउटा बृहत् मोर्चामा एकाकार बनाउन पनि असफल रहे ।
भविष्य
नरेन्द्र मोदी नेतृत्वको भाजपाले विजय हासिल गरेका राज्यमध्ये आदित्य नाथको उत्तर प्रदेश मात्र होइन । भाजपाले उत्तराखण्ड र मणिपुर राज्यमा पनि विजय हासिल गरेको छ । तटीय राज्य गोवामा पनि भाजपा प्रमुख प्रतिस्पर्धी हो । त्यहाँ भाजपाको ज्यादै अलोकप्रिय वर्तमान सरकारविरुद्ध विभिन्न दलहरू एक ठाउँमा आएका छन् । त्यहाँ पनि विपक्षी नेताहरूबीच एकताको अभाव, चुनावअघि मोर्चाबन्दी नहुनु र भाजपाविरोधी मत विभाजित भएकोले हुनाले गोवामा पनि भाजपाकै जित हुने सम्भावना छ ।
भाजपाको दबदबाको प्रतिकार गरेको एउटै राज्य भनेको पञ्जाब हो । त्यहाँ अरबिन्द केजरीवालको आम आदमी पार्टीले विजय हासिल गरेको छ । आम आदमी पार्टी अहिलेसम्म दिल्लीकै राज्यमा मात्र सीमित थियो । धार्मिक धु्रवीकरणको सन्दर्भमा केजरीवालको राजनीतिक मौकापरस्त रहँदै आएको छ । आम आदमी पार्टीले मुसलमान बाहुल्य कास्मिरले पाउँदै आएको विशेष अधिकारलाई समाप्त गर्ने धारा ३७० को खारेजीलाई समर्थन ग¥यो । सन् २०२० को दिल्ली दङ्गामा भएका निर्ममताको आम आदमी पार्टीले देखे नदेखेझैँ ग¥यो । दङ्गामा दर्जनौं मुसलमानहरूमाथि काटमार गरिएको थियो । असंवैधानिक नागरिकता ऐनको विरोधमा उभिने सयौँ विद्यार्थीहरूलाई जेल सजाय गरियो । दिल्लीको मुख्यमन्त्रीको रूपमा केजरीवालले सात वर्षमा आफूलाई समर्पित हिन्दू देखायो । उनी खुलेर धार्मिक आस्था देखाए र कहिलेकाहीं मुसलमानविरोधी विभेदमाथि आगो फुक्ने काम पनि गरे । आफूलाई मोदीको विकल्पको रूपमा देखाउन उनले यस्ता काम गरेका थिए ।
पञ्जाबका मतदाताले पाँच वर्षअघि भारतीय राष्ट्रिय काङ्ग्रेसलाई सत्तामा पु¥याएका थिए । तर, त्यही बेलादेखि नै पूर्व मुख्यमन्त्री अमरिन्ध्र सिंहको गलत व्यवहारबाट चिढिएका थिए । पार्टी भने अन्योलमा फसेको थियो । प्रायशः आफैलाई असजिलो हुने निर्णयहरू काङ्ग्रेसले गर्दै गयो । काङ्ग्रेसको विपक्षमा रहेको भाजपासँग मिलेको शिरोमणि अकाली दल आफै पनि भ्रष्टाचारको अथाह पोखरीमा चुर्लुम्म डुबेको थियो । आफू सत्तामा छँदा गरेका पाप उसले पखाल्न सकेको थिएन । त्यस अवस्थामा पञ्जाबले केजरीवाललाई उपयुक्त विकल्प देख्यो । केजरीवालको पार्टीले नयाँ दिल्लीमा जनस्वास्थ्य र शिक्षा क्षेत्रमा गरेका कामलाई हेरेर दशकौँसम्म पञ्जाबमा शासन गरेका भ्रष्ट नेताहरूको विकल्पको रूपमा आम आदमी पार्टीलाई चुनेको देखिन्छ ।
पञ्जाबको यो नतिजाले हामीलाई तुरुन्तै एउटा निष्कर्षमा पु¥याएको छ । के नरेन्द्र मोदीजस्ता लोकप्रिय बलियो नेताविरुद्ध केजरीवाल सिङ्गो भारतका नेता बन्न सक्लान् ?
यो वर्षको अन्त्यतिर हिमाञ्चल र गुजरात राज्यमा हुने चुनावमा पनि आम आदमी पार्टी प्रतिस्पर्धा गर्दैछ । केही वर्षअघि म गुजरात गएको थिएँ । केजरीवालको पार्टीले त्यहाँको निर्वाचनमा केही प्रभाव अवश्य पार्न सक्छ । तर, गुजरातमा चुनाव जित्नु भने अर्को असम्भव काम हुनेछ । यद्यपि, पञ्जाबमा हासिल भएको विजय र नयाँ दिल्लीमा उसको लोकप्रियताको आधारमा आम आदमी पार्टीले आफ्नो सङ्गठन विस्तार गर्दै जानुपर्छ । काङ्ग्रेसजस्ता राष्ट्रिय पार्टीलाई विभाजित गर्ने र थप खुम्च्याउँदै उसले यो कामलाई अघि बढाउनुपर्छ ।
आजको अवस्थाले सन् २०२४ को चुनाव कस्तो हुने सङ्केत गर्छ ?
केही पाठकलाई यो कुरा मिठो नलाग्न सक्छ । आम निर्वाचन (संसदीय चुनाव) हुन चौबीस महिनाभन्दा कम समय रहँदासम्म कुनै बृहत् मोर्चा नबनेको आजको परिस्थितिमा आगामी चुनावमा भाजपाले नै चुनाव जित्नेछ । एक कदम अघि सरेर मैले सन् २०२४ को चुनावको पूर्वानुमान गर्नु भने कुनै नयाँ कुरा भने होइन । किनभने आम चुनावको मानक मानिने उत्तर प्रदेशको चुनावमा देखिएको निष्कर्षले नै यो कुरा देखाएको छ । यो व्याख्याले धार्मिक अल्पसङ्ख्यकमाथि थप हिंसात्मक र खतरनाक समय आउँदै गरेको देखिन्छ ।
भाजपाले सिर्जना गरेको अवस्थाप्रति भारतका विपक्षी दलहरू एकनाशको मौनता बनाएर बसेका छन्, जुन अवस्थामा २२ करोड ५० लाख मुसलमान जनता आमनरसंहारको भय पालेर बाँचिरहेका छन् । यसले मोदी, उनको नेतृत्व र उनका खास मतदातालाई बलियो बनाएको छ । यदि सन् २०२४ को चुनावमा मोदीको राजनीतिक महत्वाकांक्षामाथि कुनै खतरा आए त्यो उनकै दलभित्रबाट आउनेछ । त्यो चुनौती अरू कोही होइन, उत्तर प्रदेशको विजयका अनुहार, हिन्दुहरूका नयाँ आदर्श र मोदीले जस्तै सफलतापूर्वक चुनावी विजय दिन सक्षम योगी आदित्यनाथ हुनेछन् ।
मोदीले जस्तै योदी आदित्यनाथ राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्न सफल छन् । ‘मोदीविरुद्ध योगी’ जस्तो प्रचारबाजी त सञ्चारमाध्यमले प्रचार नगर्लान् । तर, भाजपाको तल्लो तहका कार्यकर्ताहरूबीच यो कुरा व्यापक भइसकेको छ । आदित्यनाथ र मोदी–शाहबीचको प्रतिस्पर्धा अहिलेको निम्ति समान तहबीचको प्रतिस्पर्धा नहुन सक्छ । तर, सन् २०२४ को आमचुनावको प्रतिस्पर्धाको निम्ति यो रोचक विकासक्रम हुन सक्छ । दुर्भाग्यवश, आगामी लडाइँले जसले जीत हासिल गरे पनि त्यसको अन्तिम मूल्य भने भारतका अल्पसङ्ख्यकहरूले चुकाउनुपर्नेछ । त्यही कुरामा भारतको प्रजातन्त्रले चिन्ता मान्नुपर्नेछ ।
(राणा आयुब भारतका पत्रकार हुनुहुन्छ ।)
Leave a Reply