नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
तत्कालीन माओवादी पार्टी ‘शान्ति प्रक्रिया’ मा आएपछि माओवादी विद्रोहमा लागेका लडाकुहरूको छिन्नभिन्न जीवन र अवस्था दर्शाउने गायक प्रकाश सपुतको म्युजिक भिडियोले माओवादी कित्तामा ठूलै हलचल निम्त्याएको छ । ‘देशको माया’ ले माओवादी सशस्त्र विद्रोहमा लागेका लडाकुहरू माओवादी विद्रोहले ‘स्थापना गरेको गणतन्त्र’ भुइँ तहका जनताको जीवनमा कुनै परिवर्तन ल्याउन असफल भएपछि निराशाको शिकार बनेको यथार्थ कसैबाट लुकेको छैन । माओवादी विद्रोहमा बन्दुक बोकेर ज्यान हत्केलामा खेलाउँदै होमिएका युवाहरू आज खाडी देशमा श्रम बेचिरहेको वास्तविकता कसैले लुकाउन चाहँदैमा असत्य हुने होइन । घाइते अपाङ लडाकुहरूले जीवन हाँक्ने उचित बाटो पहिल्याउन नसक्दा कोही सानातिना व्यवसायमा लागेका छन् त कोही बाध्यताले विभिन्न असहज बाटोमा लागेका छन् । भुइँ तहमा नियाल्ने हो भने यस्ता पात्र अनगिन्ती छन् । माओवादी नेताहरूको सत्तारोहणको मोहमा पिल्सिएका यस्ता धेरै पात्रको साझा भावनालाई प्रकाश सपुतले आफ्नो म्युजिक भिडियोमा उतारेका छन् ।
लडाकुहरूको बिजोग बनाएर सत्तासुखमा लिप्त हुने माओवादी नेताहरूको निम्ति यो म्युजिक भिडियो ‘घाँटीमा अड्केको तातो आलु’ भएको छ । त्यसो त माओवादीको ‘हाइकमान्ड’ विद्रोहको अधिकांश समय भारतको पाँचतारे होटलमा बसेको सूचना यसअघि नै पनि बाहिरिसकेको छ । जनताका छोराछोरीलाई दुर्गम पहाड र तराईका मैदानमा लड्न लगाएर आफू विदेशमा आरामदायी गद्दीमा बस्ने नेतृत्व आज सत्ता नहुँदा क्षणभर बाँच्न नसक्ने अवस्थामा पुगेका छन् । आज माओवादी लडाकुहरू घरको न घाटको भएको बेला माओवादी नेताहरू ऐय्यासी जीवन बिताउँदै गरेको जनता र लडाकुले देखेका छन् । यो तीतो वास्तविकतालाई आफ्नो कलामार्फत व्यक्त गर्ने कलाकारमाथिको हमला वास्तविकता स्वीकार्न नसकेका मानिसहरूको अत्यासमात्र हो ।
परिस्थिति परिपक्व नहुँदै आफ्नो राजनीतिक अभिलाषा पूरा गर्न सशस्त्र विद्रोहको आह्वान गर्ने अनि त्यही विद्रोह पनि बीचमै तुहाएर आफ्नो स्वार्थ पूरा गर्ने माओवादी नेतृत्वलाई विद्रोहमा मारिएका, बेपत्ता, घाइते र जीवनको अमूल्य समय दिएका युवाहरूले सधैँ प्रश्न सोधिरहनेछन् । प्रकाश सपुतको म्युजिक भिडियो त्यही प्रश्न हो जसको उत्तर माओवादी नेताहरूले दिनुपर्छ ।
म्युजिक भिडियोका कतिपय गौण पक्षलाई जोड दिएर त्यसले उठाउन खोजेको मूल प्रश्नलाई ओझेल पार्न खोज्ने प्रयास यो समस्यालाई मलमलको कपडाले छोपेर आफू पन्छिन खोज्नुमात्र हो । माओवादी लडाकुहरू विदेश पलायन भएको देखेर मासु पसल अनि वेश्यावृत्तिमा समेत लागेको यथार्थ यसअघि पनि चर्चाको विषय थियो । यसमा बहस गर्ने कोण धेरै होलान् । तर, देश र समाज परिवर्तनको तीव्र र वेगवान अभिलाषा तुहिँदा रहलपहलमै जीवन बिताउनुपर्ने बाध्यता के उनीहरूको वास्तविकता होइन ? माओवादी विद्रोहमा लाग्दा छोराछोरीलाई अब्बल शिक्षा दिननसक्नु के उनीहरूको पीडा होइन ? हिजो सँगै लडेका घाइते, अपाङ लडाकुलाई सत्तासुख भोगमा लिप्त माओवादी नेताहरूले बेवास्ता र उपेक्षा गर्दा उनीहरूलाई बिझाउने गरेको के अर्को वास्तविकता होइन ? प्रकाश सपुतले यही कुरालाई काँचको पर्दामा उतारेर त्यो युगमाथि प्रश्न गरेका हुन् ।
विडम्बना माओवादीले आफूलाई कम्युनिस्ट भन्दछ । त्यही भएर भिडियोमा प्रयोग गरिएका कम्युनिस्ट आन्दोलनका गुरूहरूको तस्बिरले माओवादीको कमजोरीको घानमा उहाँहरूका आदर्श जीवन पनि पिस्न खोजे जस्तो देखियो, यो कदापि सही काम होइन । तर, नेपाली जनता स्पष्ट छन्–माओवादी विद्रोहका गल्ती र कमजोरीको भारी माक्र्सदेखि माओसम्मका गुरूहरूले बोक्नुपर्दैन, बोकाउनु जायज होइन ।
Leave a Reply