यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
प्राध्यापक ऐजाज अहमदको गत मार्च ९ मा निधन भयो । उनी हाम्रो समयका वास्तवमै विलक्षण माक्र्सवादी चिन्तक हुन् । उनलाई माक्र्सवादलाई अझ वस्तुगत बनाउने नाममा माक्र्सवादभित्र बाहिरी र असान्दर्भिक विचार आयात गर्ने अनि माक्र्सवादलाई सर्वसमावेशी क्वाटी बनाउने कुराको खह«ो विरोध गर्ने शास्त्रीय माक्र्सवादीको रूपमा व्याख्या गर्न सकिन्छ । उनको चर्चित कृति छ– ‘सिद्धान्तबारे ः वर्ग, राष्ट्र र साहित्य’ । त्यसमा उनले एडवार्ड सेइडको ‘प्राच्यवाद’ (ओरियन्टालिज्म) को खण्डन गरेका छन् । आफ्नो पुस्तकमा अहमदले मूलतः शास्त्रीय माक्र्सवादी परम्परालाई जोड दिएका छन् । एक जना असल माक्र्सवादी बुद्धिजीवीको रूपमा उनले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका छन् । जस्तैः– साहित्य, साहित्यिक समालोचना, इतिहास, दर्शन, राजनीति र राजनीतिक अर्थशास्त्र । दैनिकरूपमा भइरहने घटनाबारे उनले लेख्ने गरेका राजनीतिक टिप्पणीमा समग्रतामा हाम्रो समयबारे उनको बुझाइ प्रस्ट हुन्छ ।
अहमदको जन्म सन् १९४१ मा उत्तर प्रदेशको एउटा सम्पन्न जमिनदार परिवारमा भएको थियो । हिन्दुस्तान विभाजनपछि त्यो परिवार पाकिस्तानतिर लाग्यो । त्यसपछि उनी एक पटकमात्र आफ्नो पुख्र्यौली गाउँ फर्के । त्यहाँका गाउँले उनीप्रति देखाएको हार्दिकता देखेर उनी भावुक बनेका थिए । त्यसअघि उनी कहिल्यै आफ्नो पुख्र्यौली माटो टेकेका थिएनन् । तथापि, उनलाई गाउँलेहरूले आफन्तको रूपमा व्यवहार गरे ।
अहमदले धेरै वर्ष संरा अमेरिका र क्यानाडाका विभिन्न विश्वविद्यालयमा पढाए । त्यसमध्ये क्यानाडाको टोरोन्टोमा रहेको योर्क विश्वविद्यालय पनि थियो । त्यो विश्वविद्यालय धेरै वर्षसम्म विविध सिर्जनात्मक वैचारिक चिन्तनको केन्द्र बनेको थियो । त्यसपछि उनी भारत फर्के । दुई दशकभन्दा लामो समय भारत नै उनको घर बन्यो । उनी नेहरू स्मारक सङ्ग्रहालय एवम् पुस्तकालयमा प्राध्यापक र जवाहरलाल नेहरू विश्वविद्यालयको राजनीतिक अध्ययन केन्द्रका अतिथि प्राध्यापक बने । उनले जामिया मिलिया इमालियामा द खान अब्दुल घफ्फर खान प्रवचन कार्यक्रम चलाए । पाक्षिक ‘फ्रन्टलाइन’का उनी नियमित लेख लेख्थे । त्यस्तै ‘सोसिएल साइन्टिस’ र ‘द माक्र्सिस्ट’ जस्ता वामपन्थी जर्नलमा उनी लेख लेखिरहन्थे । लेफ्टवर्ड बुक्स नामको प्रकाशनमा उनी स्थापनाकालदेखि आबद्ध भए । उनका पछिल्ला केही पुस्तक त्यही प्रकाशनबाट प्रकाशित भयो ।
भारतमा अहमद हुनु यहाँका वामपन्थीहरूको बौद्धिक तथा राजनीतिक जीवनको निम्ति विलक्षण उत्साहको स्रोत थियो । उनले धेरै सार्वजनिक व्याख्यानहरू दिए । वामपन्थी विद्यार्थी समूह र वामपन्थी साहित्य सङ्गठनको निमन्त्रणलाई कहिल्यै पनि नकारेनन् । दैनन्दिनका राजनीतिक मुद्दामा उनले बलियो अडान लिन कहिल्यै छोडेनन् । उनले त्यसरी लिएका कतिपय अडान वामपन्थीहरूबीच पनि कतिबेला विवादास्पद बन्थ्यो । यस्ता विषयमा उनी आफ्नो बौद्धिकताको सूक्ष्मतालाई अघि पस्कन्थे । यो बहसमा कोही विपक्षमा उभिने हिम्मत गरे उसले यो सूक्ष्मतालाई परख गरेको हुनुपर्छ । अहमदप्रति असहमत नै भए पनि असहमति जनाउनेले उनीबाट धेरै कुरा सिकिरहेका हुन्छन् ।
उनको विवेक, हास्यचेत, रमाइलो गर्ने बानी, सजिलै घुलमिल हुने स्वभाव, रोचक वक्ता आदि उनको व्यक्तित्वका धेरै आयामले जो कोहीलाई प्रभावित बनाउँथ्यो । उनी अवधि खालको खाना र सङ्गीतका पारखी थिए । उनी पुराना हिन्दुस्तानी चलचित्र हेर्न मन पराउँथे । त्यस्ता चलचित्रका उनीसँग दर्जनौँ क्यासेट पनि थिए ।
भारतलाई अहमद पूर्णरूपमा आफ्नो घर ठान्थे । मैले सङ्गत गरेका उस्तै सामाजिक पृष्ठभूमिका अधिकांश भारतीयहरूभन्दा उनी बढी भारतीय थिए । संसारकै सबभन्दा विकसित पुँजीवादी विश्वमा बसेर र सबभन्दा प्रतिष्ठित प्राज्ञिक पदहरू सम्हालिसकेपछि पनि उनले भारतमा फर्किने निर्णय गरे । तर, भारतलाई औपचारिक (कानुनी) रूपमा स्थायी घर बनाउन भने उनी केही समय पाकिस्तानको नागरिक बनेको कुरा सधैँ तगारो बनिरह्यो । उनले आफ्नो घर ठानेको देशको नागरिक बन्न नसकेको अवस्था उनको जीवनको लामो समयको तनावको विषय बन्यो । अन्ततः एक दिन फ्रान्सका दार्शनिक ज्याक डेरिडाको आयोजनामा तुलनात्मक साहित्यसम्बन्धी प्रवचन शृङ्खला कार्यक्रममा सहभागी बन्न उनी क्यालिफोर्निया विश्वविद्यालय इर्भिनमा आमन्त्रित भए । आफ्ना धेरै मित्र र कमरेडहरू भएको भारतलाई छोडेर जानुपर्दा, त्यो पनि कतै हिँडडुल गर्ने कुनै इच्छा नहुने जीवनको कालखण्डमा यसो गर्नु पर्दा उनलाई ठूलो पीडा र दुःख भएको थियो ।
अहमदले मलाई मौलाना आजादले भारत–पाकिस्तान विभाजनको कुरा आउँदा भनेको कुरा नभनी मलाई चित्त बुझ्दैन । भारत–पाकिस्तानको विषयमा सोध्न विभाजनअघिका दिनमा मुसलमान लिगका केही कार्यकर्ताहरू मौलाना आजादलाई भेट्न गएछन् । लिगका कार्यकर्ताहरूले चेतावनीको शैलीमा यदि भारत विभाजन भएन भने अर्को एक सय दिन लगातार दङ्गा हुने बताए । जवाफमा मौलानाले यदि देश विभाजन भए अर्को एक सय वर्षसम्म लगातार दङ्गा हुने बताए । हामी आज त्यही एक सय वर्ष बिताइरहेका छौँ । अनि यो समयमा अहमदजस्ता मेधावी र क्रान्तिकारी बुद्धिजीवी गुमाएर हामीलाई अपुरणीय क्षति भएको छ । उनका मित्रहरूमध्ये आफू पनि भएको पाउँदा निकै भाग्यमानी ठान्छु । हाम्रो लागि यो व्यक्तिगतरूपमा पनि ठूलो क्षति हो ।
द हिन्दुबाट अनुदित सामग्री
Leave a Reply