भर्खरै :

संरा अमेरिकाले गुमाएको अन्तर्राष्ट्रिय विश्वसनियता

कुरा सुरु गरौँ सन् २००३ को फेब्रुअरी ५ बाट । त्यो दिन संरा अमेरिकाका तत्कालीन विदेश सचिव कोलिन पावेलले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा इराकसँग आमविनाशकारी हातहतियार भएको आफूसँग मनग्य प्रमाण भएको बताएका थिए । इराकले आफूसँग भएका आमविनाशकारी हातहतियार प्रयोग गरी ठुलै हानी नोक्सानी गर्नुअघि नै संयुक्त राष्ट्र सङ्घले कदम चाल्नुपर्ने उनले त्यहाँ बोलेका थिए ।
यो शिलशिला सन् २०२१ को जनवरी १८ मा पनि चालु रह्यो । त्यो दिन कोरोना महामारी सुरु भएको झन्डै एक वर्षपछि संरा अमेरिकी विदेश विभागले चीन सरकारले संसारलाई सन् २०२२ सम्म मानिसको ज्यान लिने भाइरसबारे जानकारी दिनु हप्तौँअघि नै उहानको इन्स्टिच्युट अफ भाइरोलोजीका वैज्ञानिकहरूले कोभिडका लक्षणहरू देखिसकेको दाबी ग¥यो । संरा अमेरिकी विदेश विभागका अनुसार चीनको ‘गोपनियता र नियन्त्रणप्रति जिद्दी’ ले चीन सरकारलाई त्यो प्रतिष्ठानबारे लुकाउने अवस्थामा पु¥याएको पनि बतायो ।
संरा अमेरिकाका यी दुवै दाबी समयान्तरमा झूटा भएको पुष्टि ग¥यो ।
अर्को कुरा सन् २०२२ को मार्च ८ को । भिक्टोरिया न्युल्यान्ड संरा अमेरिकी विदेश विभागअन्तर्गत राजनीतिक मामिलाका उपसचिव हुन् । संरा अमेरिकी सिनेटर मार्को रुबिओले सोधेको एउटा प्रश्नको उत्तर दिने शिलशिलामा त्यो दिन उनले विशेषतः रुसको विषयमा ठुलै आँधीबेहरी ल्याइन् ।
रुबिओले युक्रेनमा जैविक वा रासायनिक हातहतियार भए–नभएको जान्न खोजेका थिए । न्युल्यान्डले उनको प्रश्नको जवाफमा भनिन्, “युक्रेनमा जैविक अनुसन्धान केन्द्र छ । अहिले त्यो केन्द्रमा रुसी सेनाले नियन्त्रण जमाउन खोजिरहेको विषयमा हामी चिन्तित छौँ । युक्रेनीहरूसँग मिलेर अहिले हामी ती अनुसन्धान सामग्री रुसी सेनाको हातमा कसरी पार्न नदिने विषयमा छलफल गरिरहेका छौँ ।”
युक्रेन र जैविक हतियारबारे संरा अमेरिकी सोचलाई सारमा यसरी भन्न सकिन्छ ः हो, युक्रेनसँग संरा अमेरिकाको पैसाबाट चल्ने जैविक केन्द्र छ । संसारभर स्वास्थ्य समस्या निम्त्याउन सक्ने जीवाणुबारे अनुसन्धान गर्न त्यो केन्द्र स्थापना गरिएको हो । तर, त्यहाँ जैविक वा रासायनिक हतियार भन्न सकिने कुनै कुरा उत्पादन हुँदैन ।
अमेरिकी विदेश विभागका न्युल्यान्ड र उनका सहकर्मीहरूले जनस्वास्थ्यको अनुसन्धानको निम्ति प्रयोग हुने भाइरस विभिन्न बदनियतपूर्ण कामको लागि दुरूपयोग हुन सक्नेप्रति चिन्ता व्यक्त गर्दा उनीहरूले ठीकै कुरा गरिरहेजस्तो लाग्छ । विडम्बना, संरा अमेरिकी राष्ट्रपति जो बाइडेन होस् वा उनका प्रवक्ता जेन साकी वा न्युल्यान्ड जसले पनि यस्तो कुरा गर्दा उनीहरूले इराक र चीनबारे आफूभन्दा अघिका पदाधिकारीहरूले बोलेका झुटबारे हेक्का राख्दैनन् । उनीहरू आजको विश्वमञ्चमा आफू नै सबभन्दा इमान्दार मध्यस्थकर्ता भएको पुस्टि गर्न खोजिरहेका छन् ।
इराक र चीनबारे झूट बोल्दा संसारभर संरा अमेरिकाले गुमाएको विश्वनियताले वाशिङ्टनको आकाशमा अझै पनि कालो बादल मडारिरहेको पक्का हुन्छ । अलि प्रस्ट शब्दमा यसरी भनौँ –विश्व बजारमा धेरै वटा पुँजीवादी देश भएको अवस्थामा न्युल्यान्ड पनि एक जना चलाख व्यापारी मात्र हुन् जसले अमेरिकी स्वार्थ अघि बढाउन तगारो बनेका सत्यको घाँटी अँठ्याउन लागिरहेकी हुन्छिन् ।
यो कुराले हामीलाई सन् २००३ को इराक र सन् २०२१ को चीनको सम्झना गराउँछ ।
सन् २००३ को फेब्रुअरीमा संयुक्त राष्ट्र सङ्घसामु पावेलले कस्तो भयानक झूट बोलेको थियो । त्यो दिन संयुक्त राष्ट्र सङ्घले इराकविरुद्ध सैनिक हमला गर्न दोस्रो प्रस्तावको विपक्षमा मतदान गरेको थियो । संरा अमेरिकाले इराकमाथि सैनिक हमलाको निम्ति अनुमति मागिरहेको थियो । तर, त्यस्तो अनुमति दिइएन किनभने अमेरिकाले त्यो दिन लगाएको आरोप वर्षौँ वर्षसम्म पनि पुष्टि भएको छैन ।
पावेलले बोलेको झूट संसारसमक्ष छताछुल्ल भएपछि संयुक्त राष्ट्र सङ्घ र संरा अमेरिकाबीच सम्बन्ध चिसिएको राष्ट्र सङ्घका एकजना अधिकारीले भनेका थिए । “इराकबारे पावेलको वक्तव्य राष्ट्र सङ्घसँग संरा अमेरिकी सम्बन्धको लागि गम्भीर बिन्दु बन्यो । इराक युद्ध र आम विनाशकारी हतियारबारे संरा अमेरिकाले झूट बोलेपछि वाशिङ्टनको विश्वसनियता कहिल्यै पुनःस्थापना हुन सकेको जस्तो मलाई लागेन”, संयुक्त राष्ट्र सङ्घीय अन्तर्राष्ट्रिय सङ्कट समूहका निर्देशक रिचर्ड गोवनले द गार्जियनलाई भने ।
अनि उहानमा ? गएको जुलाई महिनामा मैले सीजीटीएनमा एउटा लेख लेखेको थिएँ । सन् २०१९ को अन्त्यतिर उहान इन्स्टिच्युट अफ भाइरोलोजीका वैज्ञानिकहरू अधिकांश बिरामी भएको कुरा संरा अमेरिकाले कुन प्रमाणको आधारमा भनेको थियो भनी प्रश्न गरेको थिएँ । सन् २०१९ मा त्यही प्रयोगशालामा काम गरेकी एकजना अष्टे«लियाकी वैज्ञानिकले आफूले त्यस्तो कोही पनि बिरामी सहपाठी नदेखेको बताइन् । उनको त्यो भनाइ द ब्लुमबर्गमा प्रकाशित भएको थियो ।
उहान इन्स्टिच्युट अफ भाइरोलोजीको बीएसएल–४ मा सन् २०१९ मा काम गरेका वैज्ञानिकहरूमध्ये एकजना मात्र विदेशी विद्यार्थी डेनिल एन्डरसनले भने,“यदि मानिसहरू बिरामी भएका भए म पनि बिरामी हुनुपर्ने थियो । तर, म कहिल्यै पनि बिरामी परिनँ ।”

पावेलले बोलेको झूट संसारसमक्ष छताछुल्ल भएपछि संयुक्त राष्ट्र सङ्घ र संरा अमेरिकाबीच सम्बन्ध चिसिएको राष्ट्र सङ्घका एकजना अधिकारीले भनेका थिए । “इराकबारे पावेलको वक्तव्य राष्ट्र सङ्घसँग संरा अमेरिकी सम्बन्धको लागि गम्भीर बिन्दु बन्यो । इराक युद्ध र आम विनाशकारी हतियारबारे संरा अमेरिकाले झूट बोलेपछि वाशिङ्टनको विश्वसनियता कहिल्यै पुनःस्थापना हुन सकेको जस्तो मलाई लागेन”, संयुक्त राष्ट्र सङ्घीय अन्तर्राष्ट्रिय सङ्कट समूहका निर्देशक रिचर्ड गोवनले द गार्जियनलाई भने ।

मेरो लेखमा मैले थपेको थिएँ,“सन् २०१९ को अन्त्यतिर डा.एन्डरसनले चीन छोडिन् । उनलाई दिइएको अध्ययन अनुदान सकिएपछि उनी फर्किन् । त्यसको केही सातापछि मात्र वैज्ञानिकहरूको एउटा महत्वपूर्ण गोष्ठीमा कसैले पनि कोही पनि चिनियाँ वैज्ञानिकहरू बिरामी भएको कुरा नसकेको बताइन् । “वैज्ञानिकहरूले गफ र हँसीखुशी गर्न मन पराउँछन्”, डा. एन्डरसनले द ब्लुमबर्गलाई भनिन्,“मेरो विचारमा त्यसो हुनुमा कुनै आश्चर्य पनि छैन ।”
लेखको पुछारमा हामीले गत मार्च ११ मा के कुरा भेटियो भन्ने कुरा हेरौँ । त्यो दिन रुसी र संरा अमेरिकी अधिकारीहरूबीच युक्रेनमा जैविक हातहतियार भए–नभएको बारे संयुक्त राष्ट्र सङ्घको छलफलमा एकअर्काका भनाइको खण्डन–प्रतिखण्डन गरे ।
राष्ट्र सङ्घको लागि रुसी राजदुतले ‘युक्रेनबाट अनियन्त्रित रूपमा जीवाणु फैलिने भय’ बारे बोले । उनका अमेरिकी समकक्षी लिन्दा थोमस ग्रिनफिल्डले ‘यस्ता (रुसी) झुट पछाडिका मनसाय प्रस्ट भएको’ बताइन् । उनको भनाइमा ‘झूटा बहानामा आम नरसंहार गर्न वा सैनिक हमलाको रणनीतिलाई टेवा पु¥याउन’ आफ्नो रासायनिक हतियार प्रयोग गर्ने कारण बनाइरहेको छ ।
के लिन्दा थोमस ग्रिनफिल्डले भनेको कुरा सही हो ? यसको कुनै उत्तर दिनुअघि सन् २००३ र २०२१ को इतिहास सम्झनु उपयुक्त हुनेछ ।
(लेखक रोबर्ट मोरिस विश्वविद्यालयका सहायक प्राध्यापक हुनुहुन्छ ।)
सीजीटीएनबाट अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *