यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
जनताले जनताकै निम्ति काम गर्ने राजनीति जनताको राजनीति हो । जनताको निम्ति काम गर्दाको सेवा, समय एवं श्रम खेर जाँदैन । यो गाँठी सूत्र कति आत्मसात गरेको छ राजनीति गर्नेले त्यो राजनीतिमा मूल नीति भएर आउँछ । पुँजीवादी वा गैरसाम्यवादी राजनीति गर्नेहरूले यो मूलसूत्र नै ठम्याएका हुँदैनन् । मूल तत्व जनता होइन आफू नै हो भन्ने ठम्याइ हुन्छ उनीहरूको । अब सुरू भइहाल्छ गडबड । अर्को फाँट जनताको फाँटको राजनीति गर्नेहरू यो मुद्दामा स्पष्ट नितान्त स्पष्ट हुन्छन् म जे गर्दै छु जनताको निम्ति गर्दै छु । जनताको निम्ति गरेको काम खेर जाँदैन ढिलो होला तर खेर जाँदैन । खेर गएकै छैन पनि । यति मूल तत्व आत्मसात गरेपछि कुनै पनि नेता त के कार्यकर्ता पनि परिश्रम, समय र सेवा खेर गयो, अपव्यय भयो भनी पश्चाताप गर्दैन । बरू किन प्रतिफल प्राप्त भएन त भनी केलाउँछ । कति कामको परिणाम आइरहेको हुन्छ । त्यो प्राप्ति उसको गणितमा पर्न नसकेको मात्र रहेछ भन्ने बुझ्छ र हतार गरेको मात्र रहेछु भनी ठम्याउँछ । अरू धैर्यसँग अरू गम्भीर भएर अरू मसिनोसँग श्रम गर्छ र श्रमको उचित मूल्याङ्कन गर्छ । जनताको निम्ति गरेको चोखो परिश्रम कहीँ, कसैको पनि कत्ति पनि खेर गएको छैन । यो वास्तविकता बुझेपछि झन् जाँगरिलो, उत्साही एवं बढी नियमित हुनथाल्छ । संसारभरकै हिजोलाई हे¥यौँ भने यही परिणाम वा यही सार पाइन्छ । तर, यसको ठीकसँग केलाउन भने जान्नैपर्छ । अन्यथा यही परिणाम भेटिँदैन तब पलायन हुनसक्छ ।
अरू के चाहियो अब ?
प्रकृतिले यस्तो थिति बाँधेको छ स्वच्छ हावा, निरापद पानी, अन्न, फलफुलमात्र हो र चिसो र तातो पनि दिएको छ । तर, मान्छे भएपछि कुन ऋतुमा के फलाउने, के चलाउने, के नचलाउने भन्ने विश्लेषणसम्म त गर्नैप¥यो नि ? आफ्नै देशमा अन्न फल्छ, फलफुल फल्छ, बिजुली उत्सर्जन हुन्छ र खानी छन्, कपास हुन्छ, अनेक जलचल, वनचर, भूमिचर, नभचर, उभयचर, बहुचर प्राणी छन् त ¤ तिनको उचित पालन, पोषण, संरक्षण एवं उपयोग र उपभोग ग¥यो भने यो सृष्टि राम्रैसँग चल्दैन र ? आफ्नै देशका स्रोत एवं साधनहरूको प्रयोग, उपभोग र उपयोग ग¥यो भने वस्तुतः देश विकासमा सहयोग पुग्दैन र ? परन्तु आफूसँग भएका वस्तुहरू प्रयोग नगर्ने, अझ उपेक्षा गर्ने विदेशी वस्तुहरूको भरपर्ने हो भने सोझै परनिर्भरतामा निर्वाह गर्नुपर्ने भएन र ? आज हाम्रो सुन्दर, झन्डै झन्डै वातानुकूलित गाउँबस्ती युवाविहीन हुँदै छन् जन्त जान र मलामी जान मान्छे नपाइने भइसके । कति बाक्ला एवं सुन्दर गाउँहरू, जनसङ्ख्या वृद्धि अस्वाभाविकरूपमा घट्न थालेको छ । यही ढाँचाले त केही दशकपछि मान्छे पनि आयात गर्नुपर्ने त होइन ? भन्ने निष्कर्षमा पुग्न लागेका छन् विषयविद्हरू । आफ्नै देशमा मन लगाएर खेती गरे, उद्योगधन्दा चलाए रोजगारीका लागि पराइका देशमा जानुपर्दैन । दम्पति रोजगार हुनेछन्, बालबच्चा पाउने छन् । एउटा दम्पतिका एक बाबु, एक नानी हुनेछन् छमछम खेल्नेछन् आँगन, पिँधी र छिडिँमा । अब त्यो घरमा लक्ष्मीको बास भएन र ? अति सुन्दर !
देश ओरालो पो लाग्यो
संसारको स्वभावै कस्तो कस्तो ? कतिपय देश अरू देशको सम्मुन्नति, समृद्धि, सम्पदा र उत्कर्ष देख्न चाहँदैनन् । त्यस्ता देश नेपालको विकास, आत्मनिर्भरता र विकास हेर्न चाहँदैनन् । यस्ता देश पनि छन् भने संसारमा नेपालले समृद्ध भई गरिखाएको, उद्योगधन्दा चलाएको, आत्मनिर्भर भएको र विश्व शान्तिका लागि योगदान गरेको देख्न चाहने पनि थुप्रै देश छन् । नेपालको दसै दिशामा विकास भएको देख्न नचाहनेले भन्दा सुखी नेपाली र समृद्ध नेपाल देख्न चाहनेहरूको सङ्ख्या धेरै बढी छ । नेपाल सरकार आफ्ना खास मित्र देश र अभिन्न देश छुट्याउन किन सक्दैन ? एउटा यस्तो बेला पनि आयो जब हामीकहाँ आफ्नै देशको उखु पेलेर चिनी पुग्थ्यो, चुरोट कारखाना थियो । कृषिऔजार कारखाना थियो । कपास खेती हुन्थ्यो । धागो कारखाना थियो, कपडा उत्पादन गथ्र्यो । छाला जुत्ता कारखाना थियो । क्रमशः देश आत्मनिर्भरतातर्फ फड्को मार्दै थियो । एक–डेढ दशक त्यो मार्गमा निर्विघ्नरूपमा हिँड्न पाएको भए बाटो लिन्थ्यो होला ? पेट्रोल खानी खोज्दै थियो । सिमेन्टीका लागि चुनढुङ्गा खानी फलाम खानीहरू खोजिँदै थियो । तर, अकस्मात राजनीतिक परिवर्तन आयो । त्यो परिवर्तन चाहन्थ्यो नेपाली जनता । त्यसैले सडकमा ओल्र्यो सडक ततायो, परिवर्तन पनि आयो । तर, त्यो परिवर्तन नयाँ नयाँ उद्योग, कलकारखाना, ठूलठूला जलाशययुक्त विद्युत् उत्पादन केन्द्र स्थापना र सञ्चालन देश उज्यालो पार्नेतर्फ उन्मुख हुनुपर्ने थियो । भयो अर्कै । कौदीको भाउमा बेच्यो सरकारले विकासका ती पूर्वाधारहरू । यसरी देश ओरालो लाग्यो ।
यी पनि नचले के चल्छ ?
यी यस्ता नकाम प्रायः नेपाली काङ्ग्रेसको सरकार भएको समयमा भए । राजा थिए, राजसंस्था थियो तर यस्ता राष्ट्रहितविरोधी काम रोक्नेतर्फ ठोस कदम चालेको देखिएन । त्यस्ता पूर्वाधार प्रायः भारतीयहरूले लिए । भृकुटी कागज कारखानाजस्तो आफ्नै देशका कच्चा पदार्थबाट चल्ने उद्योग पनि बेच्यो सरकारले भारतीय कम्पनीलाई नै । आफ्नै देशको कच्चा पदार्थबाट चल्ने उद्योग, कलकारखाना हुँदा कच्चा पदार्थ नेपालीहरूले नै सञ्चालन गर्थे, उनीहरूले रोजगारी पाउँथे, कारखानाले कच्चा पदार्थ पाउँथे । तर, सरकारले बेच्यो सित्तैजस्तो । आज कागज यति ठूलो मात्रामा आयात गर्छ नेपाल सुन्दै कहाली लाग्छ । यी सबै काम नेपालमा विदेशी शक्तिहरूको इसारामा भइरहेको हुनसक्छ । अझ ती उद्योग स्थापनादेखि नै ती उद्योगको विपक्षमा आफ्ना मान्छे घुसाएर षड्यन्त्र गरेको पनि हुनसक्छ । ठाउँठाउँमा कृषि विकास केन्द्र थिए ती पनि सरकारले चलाउन चाहेन र व्यक्तिलाई भिडायो । व्यक्तिले बनाउनतिर अभिरूचि देखाएनन् बरू बिगारे, छोडे । बरू अहिले नयाँ पुस्ता आएको छ जसले विज्ञान, प्रविधिको क्षेत्रमा नयाँ नयाँ ज्ञान सिकेको छ । उनीहरूलाई जिम्मा दिए एउटा विकल्प हुन्थ्यो कि ? देशको ठूलो सम्पदाको फारोतिनो उपयोग गर्न सके पक्कै लाभ लिन सकिने हो । भारतले ख्याल ख्यालमा कब्जा गरेको भूमि नेपाल सरकारले फिर्ता लिन सकेको छैन । सो भूमि अतिक्रमण गरेको पनि धेरै वर्ष भइसक्यो । तर, अझसम्म फिर्ता लिन सकेको छैन । नेपालमा विदेशी शक्ति राष्ट्रहरूको दबाब घटेको छैन । यी सबै हेर्दा हाम्रो सरकार नै कतै उनीहरूकै इसारामा वा विदेशीको निर्देशनमा त चलेको छैन ? भन्ने शङ्का पनि हुन्छ । सरकार सरकार भएर उभिनुप¥यो । नत्र दायित्व पूरा हुँदैन ।
Leave a Reply