कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
कालीकोट, ३० फागुन । नेपाल मजदुर किसान पार्टी दोस्रो तिलागुफा नगर सम्मेलन शुक्रबार सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन गर्दै नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपा देश र जनताको निःस्वार्थरूपमा सेवामा लागिरहेको बताउनुभयो । उहाँले जनतालाई वैचारिक, राजनीतिक र सैद्धान्तिकरूपमा सचेत बनाउनु नै पार्टीको मुख्य लक्ष्य भएको बताउनुभयो ।
उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका नक्कली कम्युनिस्ट पार्टीहरूले देश र जनताको अहितमा एमसीसी सम्झौता गर्न पछि नपरेको बताउनुभयो ।
केन्द्रीय सदस्य शाहीले कम्युनिस्टको नाम बेचेर पुँजीवादी सत्ताभोग गर्ने शासक दलहरू पद, पैसा र कुर्सीकै खेलमा फसेका छन् भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य नवराज कोइरालाले शासक दल निर्वाचित भएका अधिकांश स्थानीय तह भ्रष्टाचारमा डुबेको र जनताले आफ्नो घरदैलोमा सरकारको अनुभव गर्न नपाएको बताउनुभयो ।
उहाँले स्थानीय तहमा निर्वाचित शासक दलका कार्यकर्ताहरूले जनताको हितभन्दा आफ्नो स्वार्थ पूरा गर्न र भ्रष्टाचारलाई बढावा दिएको बताउनुभयो ।
केन्द्रीय सदस्य कोइरालाले नेमकिपाका प्रतिनिधि निर्वाचित भएका स्थानीय तहमा उदाहरणीय काम गरेर जनताको सेवा गरेको प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्ने नेपालका शासक दलहरूले संरा अमेरिकी साम्राज्यवादसामु आत्मसमर्पण गरेको बताउनुभयो ।
उहाँले शासक दलहरूले देश र जनताको भावनाविपरीत एमसीसी सम्झौता अनुमोदन गरे पनि नेपाली जनताले साम्राज्यवादविरोधी सङ्घर्षलाई निरन्तरता दिने धारणा राख्नुभयो ।
उहाँले विकास र पूर्वाधार निर्माणको नाममा डलरको लोभ देखाएर नेपाललाई विदेशी शक्तिको कठपुतली र क्रिडास्थल बनाउन लागेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपा कालीकोट जिल्ला समितिका अध्यक्ष खड्गराज शाही, नेमकिपा जुम्ला जिल्ला समिति अध्यक्ष पूर्णलाल खत्री, नेपाल क्रान्तिकारी महिला सङ्घ कालीकोट जिल्ला समितिका अध्यक्ष माया जिसी, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य गोरखजङ्ग शाही, नेमकिपा कालीकोट जिल्ला सदस्य दलसुर बोहरा, अङ्ग शाही, राजेश्वर देवकोटालगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । सम्मेलनले सूर्यबहादुर शाहीको अध्यक्षतामा नेमकिपा तिलागुफाको नयाँ कार्यसमिति गठन ग¥यो ।
Leave a Reply