यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
आज ८ मार्चको दिन विश्वभर श्रमिक महिला दिवस मनाइँदै छ । महिलाको स्वतन्त्रताबारे अनेक बहस भने चालु छन् । विगतमा जस्तै यो वर्ष पनि महिला दिवस दुई किसिमले मनाइँदै छ, पुँजीवादी र समाजवादीखाले । पुँजीवादी महिलाले मनाउने महिला दिवस र समाजवादी महिलाले मनाउने दिवसमा के फरक हुन्छ त ? यसको सैद्धान्तिक तथा व्यावहारिक बहस अगाडि बढाउनुपर्ने देखिन्छ । महिला मुक्तिको प्रश्न अझै किन टड्कारो छ त ? वास्तविक महिला मुक्ति कसरी हुनसक्छ भन्नेबारे व्यापक अन्तरक्रिया हुनु आवश्यक छ ।
विश्व महिला आन्दोलनले धेरैजसो सङ्घर्षमा जित हासिल गर्दैआएको छ । महिलाले मताधिकारसमेत पाएका थिएनन् । आज विश्वका अधिकांश देशमा महिलाले मताधिकार पाएका छन् । त्यसो भए, विश्वभर महिलाले वास्तविक समानता पाए त ? निश्चय पनि अन्तिम जित हासिल गर्न अझ धेरै काम गर्न बाँकी छ । महिला आन्दोलनले अझ ठूल्ठूला विजय र सफलताको निम्ति निरन्तर सक्रिय भइरहनुपर्नेे खाँचो विभिन्न तथ्यले इङ्गित गर्छन् ।
प्रतिक्रियावादी, प्रतिगमनकारी, सामन्तवादी एवम् पुँजीवादी बन्दोवस्तका पृष्ठपोषकहरूले श्रमिक महिला आन्दोलनलाई दबाउने वा कमजोर पार्ने प्रयास गरिरहेका छन् । विश्वमा साम्राज्यवादको जगजगी कायमै हुँदा शोषितपीडित श्रमिकवर्गका महिला झन् बढी उत्पीडित हुँदै छन् । पुँजीपतिवर्ग र पितृसत्ताको दोहोरो मारमा परेका श्रमिक महिला नयाँनयाँ शोषणका सिकार भइरहेका छन् ।
विश्वमा महिलाको स्थिति
महिला आन्दोलनकै परिणामस्वरूप महिलाले अवश्य पनि केही अधिकार पाएका छन् । आज विश्वका करिब ७० देशका कानुनमा महिलालाई समान ज्याला दिनुपर्ने प्रावधान राखिएको छ । विश्वका सवा सयजति देशले सुत्केरी बिदा सुनिश्चित गरेका छन् । यी सकारात्मक तथ्य भए पनि विश्वका गरिब तथा अशिक्षित मानिसमध्ये अहिले पनि महिला नै बढी छन् ।
के पुँजीवादी औद्योगिक देशका महिला स्वतन्त्र छन् ? के तिनीहरूले रोजगारीको समान अवसर पाउँछन् ? के तिनीहरू केटाकेटी जन्माउन र त्यसपछि निरन्तर काम गर्न स्वतन्त्र छन् ? यी प्रश्नको जवाफ सकारात्मक छैन । विकसित भनिएका पुँजीवादी देशहरूमा महिला र पुरुषको पारिश्रमिक बराबर छैन । मध्यपूर्वमा ३० प्रतिशतभन्दा कम महिला रोजगार छन् । ती देशमा यौनहिंसाक्रम रोकिएको छैन । मानव बेचबिखनमा ८० प्रतिशत नै महिला पर्छन् । हरेक वर्ष ६ करोड केटीहरूको जबरजस्ती बालविवाह हुन्छ । अत्यन्तै सभ्य ठानिने युरोपका विकसित देशमा ४० देखि ५० प्रतिशत महिला आफ्नो कार्यस्थलमै यौन शोषणको सिकार हुन्छन् । मानवअधिकार र महिला स्वतन्त्रताको पहरेदार ठानिएको संरा अमेरिकामा हरेक ९ सेकेन्डमा एक महिला पुरुषको यातनाको सिकार हुन्छिन् ।
पुँजीवादको खराब विशेषता भन्नु नै यौन स्वच्छन्दता, झिलिमिली, तडकभडक, पैसा कमाउ प्रवृत्ति र शोषण मान्न सकिन्छ । ‘वेश्यावृत्ति’ पुँजीवादी समाजको विशेषता बनेको छ । पुँजीवादी समाजले नै महिलालाई देहव्यापार गर्न बाध्य बनाएको पाइन्छ । रोजगारीको व्यवस्था नहुँदा वा व्यक्तित्व विकासको अवसर नपाउँदा वा ‘बाँच्नको निम्ति सङ्घर्षमा’ मानिस आफ्नो शरीर बेच्न बाध्य हुन्छन् । महिलालाई मानिसको रूपमा नलिई वस्तुको रूपमा लिने पुँजीवादी मानसिकताको कारण पनि यौन व्यापारले व्यापकता पाएको छ । आज खुलमखुला यौन व्यापार हुँदा पनि शासकहरू देख्यानदेख्यै गरेर मौन समर्थन गर्छन् । प्रत्येक दिन एक अर्ब महिलामाथि हिंसा र प्रत्येक चार सेकेन्डमा एक महिला बलात्कृत हुँदा पनि पुँजीवादी शासकहरू निर्लज्जतापूर्वक मुस्कुराइरहेका छन् ।
सामन्ती समाजको भाग्यवादी चिन्तनलाई पुँजीपतिवर्गले नाफा कमाउने माध्यम बनाएको छ । ईश्वर र भगवानजस्ता काल्पनिक धारणालाई मलजल गर्न पुँजीपतिवर्ग कम्मर कसेर लागिरहेको भेटिन्छ । धर्मलाई पनि व्यापारको माध्यम बनाउन पुँजीपतिहरू घम्साघम्सी गरिरहेका छन् । धार्मिक युद्ध एवम् द्वन्द्वको कारणले समेत महिला अपमानित, बलात्कृत तथा पीडित भइरहेका उदाहरण बग्रेल्ती भेटिन्छन् ।
नेपालमा महिलामुक्तिको जरो
जङ्गली युगको मानव समाजमा पुरुष सिकार गर्न हिँड्थे, महिला केटाकेटी स्याहार, भातभान्सा, सरसफाइ आदि काम गर्थे । आज पनि नेपालका लाखौँ युवा भारत, खाडीका विभिन्न मुलुक, कोरिया, मलेसिया लगायतका देशमा श्रम बेच्न विवश छन् ।
कर्णाली प्रदेशका पुरुष कमाउनको निम्ति भारतका कालापहाड जान्छन्, खेतीपातीको समयमा फर्किन्छन् । गोरु जोत्ने लगायतका केही गा¥हो मानिएका काम पुरुष गर्छन्, घरव्यवहारका कामदेखि बाँकी खेतीपातीको सम्पूर्ण जिम्मेवारी महिलाकै थाप्लोमा हुन्छ । सुत्केरी र महिनावारी हुँदासमेत राम्रोसँग खान र आराम गर्न पाउँदैनन् । जति काम गर्दा पनि सुखका दिन नभेटाउने गाउँका गरिब महिलाले सुख कस्तो हुन्छ, त्यसको महसुस गर्न पाउने कुरै भएन ।
गाउँका गरिब महिला बिरामी हुँदा राम्रो अस्पताल जान पाउँदैनन् । गर्भवती, सुत्केरी र महिनावारीको अवस्थामा पनि जोखिमपूर्ण काम गर्नुपर्दा अकाल मृत्युवरण गर्ने सिलसिला रोकिएको छैन । महिनावारी र सुत्केरी हुँदा भान्साका हल्का कामको साटो खेतबारीका कठिन काम गर्नुपर्दा असमयमै बुढो देखिएको पीडा सुनाउँछन् महिला । सुत्केरी भएको १२–१३ दिनदेखि नै घाँसदाउरा बोक्नुपर्दा पाठेघर खस्ने लगायतका प्रजननसम्बन्धी रोग लाग्ने गरेको सुनिन्छ । कामको सिलसिलामा भिरबाट लडेर घाइते हुने र कतिपयको अकाल मृत्यु हुन्छ । उच्च रक्तश्राव हुने, आङ खस्ने, ढाड दुख्ने रोग त दुर्गम बस्तीका महिलाको साधारण समस्या भयो । गाईभैँसी पाल्नैप¥यो किनभने खेतीको निम्ति मल नभइहुन्न । रसायनिक मल पाउन मुस्किल पर्छ । खानको निम्ति खेती गर्नैपर्ने बाध्यताको चक्रमा पुस्तौँदेखि घुमेकोघुम्यै छन् दुर्गमका महिला । कम उमेरमा विवाह गर्दा धेरै महिलाले पढाइ पूरा गर्न सक्दैनन् । शिक्षा र आर्थिक अभावमा अनेक शारीरिक तथा मानसिक समस्याबाट ग्रस्त हुनपुग्छन् ।
सङ्घीयता लागु भएको करिब ५ वर्ष भैसक्यो । तर, कामदार महिलाको दुःख कत्ति पनि कम भएन । शासक दलहरूलाई कामदारवर्गको दुःख हेर्ने फुर्सत पनि त छैन ¤ सामन्ती तथा पुँजीवादी सत्तामात्र होइन, पितृसत्ताको समेत थिचोमिचोमा परेका महिला आफै सचेत हुनुपर्ने हाँक एकातिर छ भने पुराना विचारविरुद्ध सचेत र सामूहिक अभियान चलाउनुपर्ने आवश्यकता अर्कोतिर छ । महिला चेतनाको द्वार खोल्ने पहिलो साँचो पनि शिक्षा नै हो । आर्थिकरूपमा स्वावलम्बी हुन सीप र शिक्षाको आवश्यकता हुन्छ, यसैबाट स्वतन्त्रताको मार्ग खुला हुन्छ ।
हाम्रा शासक पार्टीहरूमा इमान नहुँदा र विकास योजनामा स्वार्थको लुछाचुँडी हुँदा जनता झन् प्रताडित भएका छन् । कर्णाली प्रदेशका शासक दलका नेताहरूको ध्यान सुर्खेत र काठमाडौँमा घरघडेरी किन्ने, छोराछोरीलाई वैदेशिक छात्रवृत्ति मिलाउनेजस्ता काममा केन्द्रित छ । शासक दलका कार्यकर्तामा जनताको निःस्वार्थ सेवा गर्नुपर्छ भन्ने भावना छैन । जनप्रतिनिधिहरूले विकासको नाममा आफ्नै डोजर चलाउने र बजेट भागबन्डा गर्ने थिति बसालेका छन् । गरिबवर्गमध्येमा पनि अझ पिल्सिएका महिला झनै सीमान्तकृत बनेका छन् । समस्याको जरो हो, आमा बिरामी छन् ।
छाउगोठ भत्काउँदै हिँड्छन्, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका प्रहरी तथा सरकारी नेताहरू । तर, दिनभर अर्काको छाउगोठ भत्काउने शासक दलका नेताहरूकै घरमा छुई बार्ने प्रचलन कायम छ । गरिबलाई अन्धविश्वासी भनेर पानीमाथि ओभानो हुने द्वैध चरित्र बोकेका शासक पार्टीका स्थानीय नेता तथा कार्यकर्ताकै कारण छुई बार्ने अन्धविश्वास कायम भएको हो । गरिब महिला स्याउलाको छाप्रो ठड्याएर चिसो भुइँमा सुतेर रात काट्छन्, धनी महिला घरभित्र छुट्टै कोठामा हिटर ताप्दै निदाउँछन् । सारमा कुरो उही हो, परिणाममात्र फरक हो ।
‘न महिलाले घरभित्र बस्नसक्छु भन्न सकिन् न त कसैले बाहिर नजाऊ भन्न सक्यो ।’ ‘भित्र बसे देउताको डर, बाहिर बसे चिसोले ज्यान लिने अवस्था भयो ।’ ‘मान्छेको दिमागमा गडेको छाउप्रथा नहटाउँदासम्म गोठ भत्काएर मात्रै सुधार नहुने देखियो ।’ महिलाहरूका भनाइ यस्ता छन् ।
महिला मुक्ति कसरी सम्भव छ ?
श्रमिक महिलाका समस्या वर्गीय समस्यासँग जोडिएको हुन्छ । वर्गीय समस्याको समाधान नभई महिलाको मुक्ति सम्भव छैन । वर्गमा विभाजित समाजमा उपल्लो वर्गले तल्लो वर्गमाथिको शोषण कायम नै राखेको हुन्छ । जसको लाठी उसको भैँसी भनेझैँ, उत्पादनका साधन जसको हातमा छ, उसैले कानुन, नीति तथा नियम बनाउँछ । उत्पादनका साधन र उत्पादन सम्बन्धले नै संस्कृतिको निर्माणसमेत हुने गर्दछ । यस मानेमा सम्पत्तिमा निजी स्वामित्वको ठाउँमा सामूहिक स्वामित्वको व्यवस्थाबाट वर्गीय भेदभाव हट्दै जान्छ । उत्पादनका मुख्यमुख्य साधनको सामाजिकीकरण भएपछि पितृसत्ताका समस्या पनि समाधान हुन्छन् । महिलाले पनि आत्मस्वाभिमानका साथ जिउन पाउँछन् ।
समाजवादी व्यवस्थाले महिलालाई यथार्थमा स्वतन्त्र बनाउँछ । राजनीतिक नेतृत्वतहमा पुग्ने महिलाको हैसियतबाट तिनको चेतना तथा सक्रियताको मापन गर्नसकिन्छ । क्युवा, चीन, कोरियाजस्ता समाजवादी देशहरूमा राजनीतिक क्षेत्रमा महिलाको भूमिका उल्लेखनीय छ । सामन्तवादी एवम् पितृसत्तात्मक समाजबाट पीडित महिलाले समाजवादी व्यवस्थामा समान अधिकार पाउँदा वास्तविक मुक्तिको अनुभव गर्न पाएका छन् । समाजवादी देशमा महिलाले पुरुषसमान हैसियत पाएका छन्† श्रमशक्ति, विभिन्न व्यवसायमा महिला अगाडि छन्† शिक्षण पेशामा पनि महिलाको सङ््ख्या उल्लेखनीय छ । त्यसैले, महिलाको वास्तविक मुक्तिको निम्ति समाजवादी व्यवस्था नै स्थापना गर्नु आवश्यक छ ।
Leave a Reply