यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपाली समाजलाई विचार र दर्शनको क्षेत्रमा अघि बढाउन जीवनभर योगदान पु¥याउने एक उच्च बौद्धिक व्यक्तित्वको नाउँ हो प्राध्यापक माणिकलाल श्रेष्ठ ।
नेपाली जनताले उहाँलाई माक्र्सवादी र समाजवादी विचारका एक अग्रणी बौद्धिक सिपाहीका रूपमा सम्झन्छन् । उहाँ माक्र्सवादका गम्भीर अध्येता मात्र नभएर एक कुशल व्याख्याता पनि हुनुहुन्थ्यो । सरल भाषामा माक्र्सवादको व्याख्या–विश्लेषण उहाँको विशेषता हो ।
उहाँले नेपाली समाजलाई विश्वका मजदुर आन्दोलन तथा क्रान्तिहरूबारे सही जानकारी दिनुभयो । उहाँले विश्वका उपनिवेशवादविरोधी सङ्घर्ष तथा समाजवादी क्रान्तिको सन्देश नेपाली समाजमाझ प्रवाह गर्नुभयो । उहाँले कम्युनिस्ट घोषणापत्रको सरल भाषामा व्याख्या विवेचना गरी नेपाली कामदार जनतालाई उत्साहित गर्नुभयो ।
स्रष्टा समाजद्वारा प्रकाशित ‘प्रा. माणिकलाल श्रेष्ठको स्मृृतिमा’ पुस्तकले प्राध्यापक माणिकलाल श्रेष्ठको व्यक्तित्व उजिल्याउँछ । यो पुस्तकले प्रा. माणिकलाल नयाँ पुस्ताबीच पनि परिचित गराउँछ र उहाँको जीवनकालका योगदान अविस्मरणीय बनाउने छ ।
माक्र्स र एङ्गेल्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्र मानव समाज र सभ्यताकै निम्ति महत्वपूर्ण उपलब्धि या देन हो । घोषणापत्रको प्रत्येक वाक्यमा थुप्रै पुस्तकको सार छ । बुभ्mन र अध्ययन गर्न जटिल कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा उल्था गरी अझ त्यसको सलर व्याख्या गर्नु चानचुने विषय थिएन । नेपाली युवासमक्ष उहाँले कम्युनिस्ट घोषणापत्रको सन्देश पु¥याउनुभयो । “माक्र्स र एङ्गेल्सको कम्युनिस्ट घोषणापत्रमा के छ ?” घोषणापत्र बुभ्mन छुटाउनै नहुने असाध्यै पठनयोग्य लेख हो । उहाँले लेखमा घोषणापत्रका महत्वपूर्ण बुँदा या विचार नेपालको तत्कालीन परिस्थिति जोडेर व्याख्या, विश्लेषण गर्नुभयो । नेपालको राजनीतिक वृत्तमा आपूmलाई कम्युनिस्ट बताउनेहरू अब सबै खाले सङ्घर्षहरू टुङ्गियो, संसद्बाटै समाजवाद ल्याउँछौँ भनिरहँदा प्रा. माणिकलाल श्रेष्ठले गर्नुभएको घोषणापत्रको व्याख्या स्मरण हुन्छ – “संसदीय व्यवस्था भनेको पुँजीवादी व्यवस्था हो । हामी कम्युनिस्टहरूले संसदीय व्यवस्थामा जानुको मतलब उनीहरूको हातबाट त्यसलाई खोस्नु हो तर त्यही व्यवस्थाबाट समाजवाद आउँछ भनी घोषणापत्रमा कहीँ उल्लेख गरिएको छैन । अझ घोषणापत्रले नै यस व्यवस्थाबाट समाजवाद आउन सक्दैन भनी खबरदारी पनि गरेको छ ।” कम्युनिस्ट घोषणापत्रको पुँजी व्यक्तिगत हुन्न सामाजिक हुनुपर्छ भन्ने विषयलाई प्रो. श्रेष्ठले सरल व्याख्या गर्नुभएको छ । कुनै पार्टीमा आबद्ध नरहेपनि उहाँले नेपालको कम्युनिस्ट आन्दोलनको व्याख्या, विश्लेषणसँगै मार्गनिर्देश गर्नुभयो† कम्युनिस्ट आन्दोलनमा देखापरेका अवसरवाद, संशोधनवादी विचारहरूको खण्डन गर्नुभयो† जीवनपर्यन्त कम्युनिस्ट आन्दोलन रक्षार्थ सेवा गर्नुभयो ।
पुस्तकको अर्को लेख– ‘कम्युनिस्ट आन्दोलन र राष्ट्रवाद’ कम्युनिस्ट आन्दोलनकै व्याख्या र मार्गदर्शन गर्ने महत्वपूर्ण रचना हो । के राष्ट्रवाद कम्युनिस्ट आन्दोलनको विचार हो ? यो प्रश्न आज पनि उठिरहन्छ । आपूmलाई कम्युनिस्ट भन्ने एमाले तथा माओवादीले राष्ट्रवादको नारा खुब लगाउँदा यो प्रश्न उठ्ने गरेको छ । राष्ट्रवाद कम्युनिस्ट आन्दोलनभन्दा भिन्न विचारधारा हो । यसको आधार पुँजीवादी विचारधारा हो भन्नुहुन्छ प्रा. श्रेष्ठ । उहाँले लेख्नुभएको छ – “कम्युनिस्ट आन्दोलनको निर्देशक विचारधारा माक्र्सवाद–लेनिनवाद हो जसको सैद्धान्तिक आधार द्वन्द्वात्मक भौतिकवाद हो र यो आन्दोलनको स्वरूप अन्तर्राष्ट्रवाद हो ।” यसर्थ कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् । त्यही लेखको प्रकाशमा आज एमाले र माओवादीलाई हेर्दा तिनले धेरै अघि नै पुँजीवादी धार या विचार समाएको बुभ्mन गा¥हो पर्दैन । कम्युनिस्टहरू देशभक्त हुन्छन् । कम्युनिस्टहरूको जस्तो बलियो देशप्रेम पुँजीवादीहरूसँग हुँदैन । कम्युनिस्टहरू एउटा राष्ट्रको लागिभन्दा पनि समग्र वर्गीय शोषण र उत्पीडनको विपक्षमा खडा हुन्छन् । देशभित्र र बाहिरका शोषणहरूविरुद्ध सङ्घर्ष गरिरहन्छन् । गुलियो राष्ट्रवादको नारा दिएर कम्युनिस्ट आन्दोलन भड्काउन खोज्नेहरू नक्कली कम्युनिस्टहरू हुन् । उहाँका अनुसार अन्धराष्ट्रवाद प्रतिक्रियावादी र प्रगतिविरोधी घातक र जनविरोधी विचारधारा हो, राष्ट्रिय हितलाई तिलाञ्जली दिएर ठूला राष्ट्रको दलाली गर्ने आत्मसमर्पणवादी धारणा हो ।
उहाँको यस लेखले ‘राष्ट्रवाद’ शब्दको वास्तविकता उजागर गर्छ, भ्रमहरू चिर्छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रवादको फराकिलो दिशा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँछ ।
सर्वहारावर्गका महान् नेता स्तालिनविरुद्ध प्रतिक्रियावादीहरूले छ्यापेको हिलो र फोहोर पन्छाई स्तालिनको उँचो व्यक्तित्व नेपाली समाजलाई चिनाउने एक अग्रणी बौद्धिक हुनुहुन्छ प्रा. माणिकलाल । उहाँको रचना ‘प्रतिक्रियावादीहरूको स्तालिनविरोधी प्रचार’ ले स्तालिनबारे थप प्रकाश पार्दछ । सोभियत सङ्घमा समाजवाद निर्माणका लागि लड्ने स्तालिन । विश्वको पहिलो समाजवादी राज्य जोगाउन स्पात भएर उभिने स्तालिन । ख्रुश्चेभहरू अर्थात् संशोधनवादी विचारविरुद्धको सङ्घर्षमा विजयी स्तालिन । दोस्रो विश्वयुद्धमा जर्मनी–इटाली जापानको साँठगाँठ (आक्सिस पावर) लाई हराउन नेतृत्व गर्ने स्तालिन । नाजी फासीवादलाई परास्त गर्ने साहसी व्यक्तित्व स्तालिनबारे उहाँले लेख्नुभएको छ ।
का. स्तालिन साम्राज्यवादी खेमाका लागि ठूलो टाउको दुखाइ बन्नु अस्वाभाविक थिएन । त्यसकारण स्तालिनविरुद्ध प्रचार गरियो । उहाँको मृत्युपछि हिलो छ्याप्ने काम झन् तीव्र भयोे । आप्mनै पार्टीका खु्रश्चेभहरूले स्तालिनविरुद्ध अनेकौँ षड्यन्त्र गरे । सच्चा कम्युनिस्टहरूले स्तालिनको योगदानबारे निरन्तर लेखे र बोले । ती बौद्धिकहरूमध्ये प्रा. माणिकलाल एक हुनुहुन्छ ।
उहाँलाई चिनियाँ क्रान्ति, कोरियाली क्रान्तिका ज्ञाताका रूपमा नेपाली जनता चिन्दछन् । चिनियाँ क्रान्तिको उज्यालो नेपाली भूमिमा छर्न उहाँले आप्mनो जीवनकालमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । चीन र चिनियाँ क्रान्तिविरुद्ध पश्चिमा प्रचारवाजीको खण्डन निरन्तर गर्नुभयो । चीन, प्रजग कोरिया, क्युवाजस्ता समाजवादी देशहरूका उपलब्धि र सफलताबारे जानकारी दिई नेपाली जनताको समाजवादी आन्दोलन अघि बढाउन उत्प्रेरित गर्नुभयो ।
पुस्तकमा चीनको सर्वहारा सांस्कृतिक क्रान्तिबारे उहाँको व्याख्या र विश्लेषण असाध्यै पठनीय र मननीय छ । सांस्कृतिक क्रान्ति विश्वभरिका मानिसले तीव्र प्रतिक्रिया व्यक्त गरेको घटना थियो । आलोचकहरूले सो क्रान्तिलाई उग्रता र रक्तपातपूर्ण आन्तरिक सङ्घर्षको संज्ञा दिए । कोरियाली जनताका नेता राष्ट्रपति किम इल सङले क्रान्तिलाई ‘पृथ्वीलाई थर्काउने महान् क्रान्तिकारी आन्दोलन’ भनी प्रशंसा गर्नुभयो । पूर्वाग्ररहित भएर सांस्कृतिक क्रान्तिको मूल्याङ्कन गर्न जरुरी हुन्छ ।
लेनिनकाअनुसार सर्वहारावर्गको शासनसत्ता स्थापना क्रान्तिको अन्त्य होइन सुरुआत हो । समाजवादी व्यवस्थामाथि बाहिरी साम्राज्यवादी शक्तिको प्रहारसँग लड्दै भित्री प्रतिक्रियावादीहरूको गोडमेल अनिवार्य रहन्छ । अन्यथा, समाजवादी व्यवस्थाको अस्थायी हार नहोला भन्न सकिन्न । कोरिया र क्युवामाथि संरा अमेरिकी साम्राज्यवादी नाकाबन्दी आजपनि जारी छ । बाहिरी शक्तिसँग जुझेर समाजवादी व्यवस्थाको रक्षा गर्नु पनि क्रान्तिको सिलसिला हो । सांस्कृतिक क्रान्ति त्यसैका निम्ति भएको हो भन्ने बुभ्mन उहाँको लेखले सघाउँछ । उहाँले लेख्नुभएको छ – “पुरानो काम नलाग्ने सामन्ती संस्कार औपनिवेशिक दासताबाट आएको हिनताबोध र अर्धचेतन जातिवादी भावनाविरुद्ध क्युवाले विचारधारात्मक आन्दोलन चलाएझैँ, समाजवादी व्यवस्थाअनुरूप जनतालाई तयार पार्न प्रजग कोरियाले तीन क्रान्ति–प्राविधिक, विचारधारात्मक र सांस्कृतिक क्रान्ति चलाएझैँ चिनियाँ जनताका महान् नेता माओ त्सेतुङले चीनमा सर्वहारा सांस्कृतिक क्रान्तिको आवश्यकता औँल्याउनुभयो र सुरु गर्नुभयो ।”
समाजवादी क्रान्तिपछि पनि समाजवादी व्यवस्था जोगाउन र स्थापित गर्न आवश्यक अर्को चरणको क्रान्तिले जन्माएको क्रान्तिको रूपमा सांस्कृतिक क्रान्तिको विश्लेषण र व्याख्या हुनुपर्ने उहाँको जोड हो । साम्यवादी समाजमा सङ्क्रमणको अवधिमा त्यो अनिवार्य जस्तै हो । सांस्कृतिक क्रान्तिको उद्देश्यसँग केही हदसम्म कोरियाको विचारधारात्मक क्रान्तिको उद्देश्य मिलेको बताउनुहुन्छ उहाँ । चीनमा सांस्कृतिक क्रान्तिको अर्थ मानिसको संस्कारमा परिवर्तन ल्याउने नयाँ कम्युनिस्ट समाजको लागि मानिसलाई योग्य पार्ने, श्रमिक जनतामा पुराना वा थोत्रा प्रतिक्रियावादी संस्कारलाई पुँजीवादी कार्यदिशाको विरोधमा सर्वहारा क्रान्तिकारी कार्यदिशाको निम्ति लड्ने, क्रान्तिकारीको रूपमा हुर्काउने क्रान्ति हो भनेर लेख्नुभएको छ । पुँजीवादी कार्यदिशाविरुद्ध सर्वहारा क्रान्तिको दिशामा देशलाई हाँक्न सांस्कृतिक क्रान्ति त्यो समयमा आवश्यक नै थियो । नत्र रुसको इतिहासबाट के सिक्ने ? स्तालिनको नेतृत्वमा अगाडि बढिरहेको समाजवादलाई भत्काउन संशोधनवादी र प्रतिक्रियावादीहरूको उदय, पुँजीवादी तत्वहरूको सक्रियताबाट के सिक्न पर्दैन ? सांस्कृृतिक क्रान्तिका दौरान केही उग्र एवम् गलत वा ध्वंशात्मक कार्य पनि भएका थिए । सांस्कृतिक क्रान्तिको सञ्चालन सम्हालेका छद्मभेषी प्रतिक्रियावादीहरूले क्रान्तिको बदनाम गर्न खोजे । सैद्धान्तिक दृष्टिले सांस्कृतिक क्रान्ति एक क्रान्तिकारी कार्यदिशा थियो र संशोधनवादलाई उठ्न नदिने एक अनिवार्य कदम थियो भन्नुहुन्थ्यो प्रा. माणिकलाल श्रेष्ठ ।
यसरी चिनियाँ सांस्कृतिक क्रान्तिलाई हेर्ने सही आँखा या दृष्टिकोण उहाँले नेपाली समाजलाई दिनुभयो । सांस्कृतिक क्रान्तिलाई लिएर अध्यक्ष माओको व्यक्तित्वमाथि हिलो छ्याप्नेहरू, दुष्प्रयास गर्नेहरूलाई प्राध्यापक श्रेष्ठले पुग्दो जवाफ दिनुभएको छ ।
जनताको जनवादमा दलको स्थितिबारे उहाँको विश्लेषण पठनीय एवम् मननीय छ । मानव सभ्यताको उत्पत्ति, विकास र मानव समाजको अध्ययनका लागि प्रा. माणिकलालको रचना असाध्यै उपयोगी महसुस हुन्छ । आदिम समाजदेखि साम्यवादी समाजसम्मका चरण, वर्गसङ्घर्ष र विद्रोहहरूबारे उहाँले लेख्नुभएको छ । नेपालको हकमा जनताका लागि जनतान्त्रिक र राष्ट्रिय क्रान्तिको आवश्यकता आँैल्याउनुभएको छ । देशका बहुसङ्ख्यक जनता, किसान जनतालाई मुक्त पार्न क्रान्तिकारी भूमिसुधारद्वारा जग्गाको सच्चा मालिक बनाउने, देशको आधा जनसङ्ख्या ओगटेका महिलालाई सार्वजनिक जीवन तथा राजनैतिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रमा पुरुषसरह समान अधिकार प्रदान गर्ने, बहुजातीय देश नेपालका सबै जाति जनजातिका जनतालाई राजनीतिक, आर्थिकको साथै भाषिक, धार्मिक, सांस्कृतिक सबै पक्षमा पूर्ण समानता र समान अधिकार दिलाउने अभिभारा अभैm पूरा भएको छैन ।
देशलाई अर्धऔपनिवेशिक स्थितिबाट मुक्त पारी पूर्ण सार्वभौमिकता र स्वाधीनता प्राप्त गर्न हाम्रो देशमाथि असमान सन्धीहरू लादेर, (भर्खरै एमसीसी सम्झौता भएको छ) विशेषाधिकार उपभोग गर्ने तथा एकपछि अर्को गरी देशका नदी, प्राकृतिक स्रोत कब्जा गरिरहेको भारतीय विस्तारवादको नियन्त्रण र थिचोमिचोबाट तथा अमेरिकी साम्राज्यादको अगुवाइमा रहेको विश्व साम्राज्यवादको शोषण र उत्पीडनबाट मुक्त पार्ने अभिभारा पुरा नगर्नेहरूले नै ‘राष्ट्रिय जनवाद’ र जनताको बहुदलीय जनवादको नारा लगाए । उहाँका अनुसार ‘राष्ट्रिय जनवाद’ खु्रश्चेभले जनताको जनवादविरुद्ध लगाएको नारा या कार्यक्रम थियो । ‘जनताको बहुदलीय जनवाद’ लाई पुँजीवादबाट पैँचो लिएको दलीय प्रतिस्पर्धासँग जोडेर व्याख्या गरियो भन्ने उहाँको खण्डन छ । नेपाली शासकहरूले चीनको भावनाभन्दा फरक नियतले जनवाद शब्दको प्रयोग गरेको प्रस्ट्याउनुभयो । उहाँले लेख्नुभएको छ – “समाजवादमा बहुदलीय प्रतिस्पर्धा, बहुलवाद, शान्तिपूर्ण सङ्क्रमणको नारा दिने व्यक्ति काउत्स्की हुन् । ‘जनताको बहुदलीय जनवाद’ भन्नु माक्र्सवादी जनताको जनवादमा काउत्स्कीवादी प्रदूषण ल्याउने प्रयत्न हो ।”
पुस्तकको अर्को वैचारिक तथा जानकारीमूलक लेख ‘तिब्बत चीनको अभिन्न अङ्ग’ हो । सन् ६४१ देखि आजको तिब्बतसम्मलाई एउटा लेखमा उतार्नुभएको छ । उहाँका प्रत्येक लेख एउटा मोटो किताबभन्दा बोझिलो र मूल्यवान महसुस हुन्छ । उहाँले तिब्बतमा उपद्रोहको सिलसिलाबारे लेख्नुभएको छ† तिब्बतमा साम्राज्यवादी षड्यन्त्रहरू केलाउनुभएको छ । अमेरिका, ब्रिटिस साम्राज्यवादी तथा अन्य विदेशी प्रतिक्रियावादीहरू तिब्बतलाई चीनबाट अलग्याउन चाहन्थे । तिब्बतमा बेलायती भारतको व्यापार केन्द्र तथा शोषणको अखडा बनाउने विस्तारवादी नीति सहित तिब्बतका दलाई लामाहरूलाई भड्काइएको सत्य हो । साम्राज्यवादीहरूको सहारा र आशीर्वाद पाएर प्रतिक्रियावादीहरूले मातृभूमिको विरुद्ध षड्यन्त्र गर्न थालेका थिए । तिब्बत इतिहासदेखि नै चीनको अभिन्न अङ्ग थियो । चीनको समाजवादी बन्दोवस्तका कारण तिब्बतको शिक्षा, स्वास्थ्य र अर्थतन्त्रमा आएको परिवर्तन अध्ययनको विषय हो ।
तिब्बतको विकास गर्न सहज वातावरणका निम्ति स्वायत्तता प्रदान गरिएको हो । स्वायत्त तिब्बतमा आज चीनको समाजवाद हुर्किरहेको छ । यसरी चीन र चिनियाँ क्रान्तिबारे मात्र होइन प्रजग कोरियाली क्रान्तिको विषयमा नेपाल र विश्वमै सहि सन्देश दिने प्रा. माणिकलाल श्रेष्ठ नयाँ पुस्ताका निम्ति प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । पुस्तकबाट उहाँको बौद्धिक उचाइ अनुभव हुन्छ ।
यस पुस्तकमा प्रो. श्रेष्ठका १० वटा लेखकहरू सङ्कलित छन्् । विशाल नेपालबारे उहाँको अध्ययन र विश्लेषण बेजोडको छ । ‘को हुन् नेवार ?’ लेखले नेवार समुदायको इतिहास र अस्तित्वबारे बताउँछ । नेपाल संवत् र यसको महत्वबारे उहाँको सशक्त विचारको अध्ययन छुटाउनु उपयुक्त नहोला । नेवारमाथिको दमनविरुद्ध उहाँ एक बौद्धिक अभियन्ता भएर उभिनुभयो । उहाँलाई नेपालभाषा र नेवार समुदायको इतिहासका ज्ञाताका रूपमा पनि पुस्तकले चिनाउँछ ।
अध्यक्ष नारायणमान बिजुक्छेँले लेख्नुभएको ‘मैले चिनेको माणिकलालजी’ लेखले उहाँलाई एक बहुआयामिक व्यक्तित्वका रूपमा चिनाउँछ । उहाँले यसरी चिनाउनुभएको छ –“साँच्चै भन्ने हो भने उहाँ चीनका एक ज्ञाता र नेपालका एक कोरियाविद् पनि हुनुहुन्छ भन्दा कुनै अत्युक्ति हुँदैन ।”
प्रो. माणिकलालसँगका अन्तर्वार्ता, प्रश्नोत्तर, मन्तव्यको सारांशले पनि उहाँलाई चिन्न सघाउँछ ।
एक राजनैतिक विचारक, लेखक, स्पष्ट वक्ता, अन्तर्राष्ट्रिय विषयका ज्ञाता एवम् विद्वानका रूपमा प्रा. माणिकलाल श्रेष्ठलाई चिन्नु र चिनाउनु युक्तिसङ्गत हुनेछ । एक साम्राज्यवादविरोधी योद्धा तथा अन्तर्राष्ट्रवादी व्यक्तित्वका रूपमा प्रा. माणिकलाल श्रेष्ठ बाँचिरहनु हुनेछ ।
Leave a Reply