भर्खरै :

शीतयुद्ध पछिको विश्व र युक्रेन लडाइँ

आउनुस् एकक्षण सन् १९९१ मा फर्कौं । सोभियत सङ्घ विघटन भयो । शीतयुद्ध समाप्त भयो । संरा अमेरिकाले विजय हासिल ग¥यो । सोभियत सङ्घको विघटनले पश्चिमा देशलाई असीमित अवसरको ढोका खोल्यो । सबै कुरा सम्भव हुने ठानियो । पश्चिमा देशहरूले आफू खुशी संसारको चित्र बनाउन सक्ने भए । चार दसकअघिदेखिका सबै रोकतोक बिलाए । नयाँ विश्व व्यवस्थाबारे धेरै कुरा भए । त्यो एकधु्रवीय समय थियो । अमेरिकाको कुनै दुश्मन थिएन । विश्वमञ्चमा उसले एकहट्ठी जमायो । अब गुरुत्वाकर्षणको शक्तिको विषय रहेन । साँचो कुरा गर्ने हो भने खासमा त्यो समय अमेरिकाको निम्ति खतरनाक समय थियो । अमेरिकाको टाउकोमा अभिमान सवार भयो । संसारमा उसले प्रभुत्व जमायो । त्यही समयदेखि सुरु भएको अमेरिकाको अवनति अहिले अझ दु्रततर र स्वाभाविक बनेको छ ।
अमेरिकाले दुई वटा गल्ती ग¥यो । पहिलो, उसले संसारलाई आफ्नो स्वार्थअनुरूप पुनः बनाउन सकिने ठान्यो । शीतयुद्धमा आफ्नो विजय पछि उसले नयाँ अमेरिकी शताब्दीको आरम्भ हुने सोच्यो । नव–अनुदारवादी दर्शनबाट प्रभावित जर्ज डब्ल्यु बुशको सरकारले अफगानिस्तान र इराकमा दुई वटा विध्वंसकारी लडाइँको नेतृत्व ग¥यो । यो साम्राज्यवादी हमलाका खास उदाहरण हुन् । सन् १९९१ को मात्र बीस वर्षपछि अमेरिका ती दुवै युद्धमा अपमानजनक रूपमा पराजय भोगिरहेको छ । अनि चीनले संसार अब एकध्रुवीय होइन, बहुध्रुवीय बनिरहेको देखाएको भन्न सक्छौँ । शीतयुद्धपछि आफ्नो घमण्ड र आक्रामकताले अमेरिका अन्धो बन्दा संसार कतातिर जाँदैछ भन्ने कुरा उसले ठम्याउन सकेन ।

युक्रेनविरुद्ध रुसी सैनिक हमलासँगै रुसप्रति अमेरिकी नीति अब प्रस्ट भएको छ । यसअघि यो निकै अलमिलएको थियो । रुसका जायज सुरक्षा चासो स्वीकार्न पश्चिम तयार नहुनु घातक प्रमाणित भएको छ । शीतयुद्ध पछिको अमेरिकी रणनीतिको मुल आन्तर्य अहिले निकै अस्पष्ट थियो । अहिले हामी फेरि सन् १९८९ अघिको छनक दिने समयमा पुगेका छौँ । लडाइँको क्रममा युरोपका समाचार सबैलाई बहिस्कार गर्ने विषयका छन् । समाचारमा प्रयुक्त भाषा शीतयुद्ध सम्झाउने खालको छ । तर, पक्कै पनि यो सिङ्गो संसारमा कालो छाया पारेको शीतयुद्धको पुनरावृत्ति होइन । आज अमेरिका कुनै बेलाको अमेरिका जस्तो छैन । न त रुस वा युरोप नै पहिलेका जस्ता छन् । संसार अघि बढिसकेको छ । सन् २०२२ सन् १९९१ होइन । कुनै बेला पश्चिम नै विश्वको प्रमुख विषय थियो भने आज अवस्था त्यस्तो छैन ।

उसको दोस्रो गल्ती भनेको रुसप्रतिको व्यवहार हो । त्यो समय निकै संवेदनशील समय थियो । संरा अमेरिकासँग रुसलाई पराजित देशको रूपमा व्यवहार गर्ने वा परिपक्व र सद्गुणी महाशक्तिको रूपमा सद्भावपूर्ण व्यवहार गर्ने भन्ने दुई विकल्प थिए । अफसोस, संरा अमेरिकाले भने पहिलो विकल्प छान्यो । रुसलाई पेल्दै गयो । उसलाई पराजित देशको रूपमा व्यवहार गरियो । भविष्यको साझेदारको रूपमा टेवा दिने र स्वीकार्ने व्यवहार गरिएन । युरोपको पुनःनक्साङ्कन गरियो । पूर्वी युरोपेली देशहरूले युरोपेली सङ्घ र नाटोको सदस्यता लिए । युक्रेनसहित सोभियत सङ्घका पन्ध्र राज्यहरू स्वाधीन बने । सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि रुससँग पहिलेको जनसङ्ख्याभन्दा आधा मात्र जनसङ्ख्या थियो । सोभियत सङ्घभन्दा एक–तिहाई भूमि मात्र रुससँग बाँकी रह्यो । अर्थतन्त्रको ४१ प्रतिशत मात्र रुसको हातमा रह्यो । रुसले अपमानित भएको अनुभव ग¥यो । यी गल्ती गरेर संरा अमेरिकाले शीतयुद्धमा हासिल गरेको विजयलाई अतिरञ्जितरूपमा लियो ।
ऐतिहासिकरूपमा रुसको भाग रहेको युक्रेनबारे सधैँ प्रश्न उठिरह्यो । सन् २०१४ मा हेनरी किसिङ्जरले बुद्धिमत्तापूर्वक लेखेका छन्, “धेरै अघिदेखिबाट युक्रेनको मुद्दालाई देखाउने दाँत बनाइएको छ ः युक्रेन पूर्वको पछि लाग्छ वा पश्चिमको ? तर, यदि युक्रेनले अस्तित्वमा रह्यो र प्रगति ग¥यो भने ऊ कुनै एउटा पक्षमा लागेर अर्काको विरोधमा लाग्नु उचित होइन । बरु दुवैको पुलको रूपमा काम गर्नुपर्छ ।” उनको यो सल्लाह संरा अमेरिका वा युरोपले वास्ता गरेन । रुसको सिमाना नपुगुञ्जेल नाटोको बिस्तार रोकिएन । युक्रेन पनि नाटोको सदस्य बन्न अब केही समयको मात्र विषय बनेको छ । त्यसपछि नाटोको सीमा रुससम्म पुग्नेछ ।
युक्रेनविरुद्ध रुसी सैनिक हमलासँगै रुसप्रति अमेरिकी नीति अब प्रस्ट भएको छ । यसअघि यो निकै अलमिलएको थियो । रुसका जायज सुरक्षा चासो स्वीकार्न पश्चिम तयार नहुनु घातक प्रमाणित भएको छ । शीतयुद्ध पछिको अमेरिकी रणनीतिको मुल आन्तर्य अहिले निकै अस्पष्ट थियो । अहिले हामी फेरि सन् १९८९ अघिको छनक दिने समयमा पुगेका छौँ । लडाइँको क्रममा युरोपका समाचार सबैलाई बहिस्कार गर्ने विषयका छन् । समाचारमा प्रयुक्त भाषा शीतयुद्ध सम्झाउने खालको छ । तर, पक्कै पनि यो सिङ्गो संसारमा कालो छाया पारेको शीतयुद्धको पुनरावृत्ति होइन । आज अमेरिका कुनै बेलाको अमेरिका जस्तो छैन । न त रुस वा युरोप नै पहिलेका जस्ता छन् । संसार अघि बढिसकेको छ । सन् २०२२ सन् १९९१ होइन । कुनै बेला पश्चिम नै विश्वको प्रमुख विषय थियो भने आज अवस्था त्यस्तो छैन ।
यद्यपि, युक्रेन लडाइँ महत्वपूर्ण घटना भए पनि तीन दसकअघि जस्तो यो घटना निर्विवादरूपमा संसारको सबभन्दा महत्वपूर्ण घटना भने होइन ।
अर्को महत्वपूर्ण तथ्य छ जसले परिवर्तित समयबारे धेरै कुरा बोल्छ । यस्तो घटना सन् १९९१ त परको कुरा, एक दसकअघि मात्र पनि हुन सम्भव थिएन । विशुद्ध युरोपेली र पश्चिमा घटना युक्रेन लडाइँमा मध्यस्थताको भूमिका खेल्न युरोेपले चीनमाथि दबाब दिइरहेको छ । एक साताअघि चीनका राष्ट्रपति सी चिनफिङले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र जर्मनीका चान्सलर ओलाफ स्कुल्जसँग भिडियो बैठकमा युक्रेनबारे कुराकानी गरे । युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले मध्यस्थताको लागि चीनको ‘अर्को विकल्प नभएको’ बताए । “हामी (युरोपेलीहरू) मध्यस्थकर्ता बन्न सक्दैनौँ । कुरा प्रस्ट छ । संरा अमेरिका पनि मध्यस्थकर्ता बन्न सक्दैन । त्यसो भए को त ? पक्कै पनि चीन हुन सक्छ ।” हेर्नोस् संसार कति परिवर्तन भइरहेको छ ।
ट्रम्पले जस्तै बाइडेनले हिन्द–प्रशान्त नै संरा अमेरिकाको प्राथमिकता भएको घोषणा गरिसकेका छन् । तर, संसारको महाशक्तिले आफूले जे पनि गर्न मिल्छ भनी सोच्दै गर्दा दुई वटा गल्ती गरेको छ । अमेरिका जुनसुकै ठाउँ र विषयमा जबरजस्ती घुस्ने गरेको छ । केही समयअघि अफगानिस्तानमा र अहिले युक्रेनमा । कुनै बेला संरा अमेरिका संसारभरको निम्ति प्रतिबद्ध थियो भने अहिले ओरालो लागेको साम्राज्यको रूपमा उसका आफ्नै गल्तीको कारण ऊ स्थायी हमलाकारी बनेको छ ।

(लेखक क्याम्ब्रिज विश्वविद्यालयको राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय अध्ययन विभागका वरिष्ठ प्राध्यापक हुनुहुन्छ ।)
द ग्लोबल टाइम्सबाट अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *