भर्खरै :

जोखिमपूर्ण कार्यमा प्रविधिको प्रयोग किन नगर्ने ?

होलिको दिन साथीहरूसँग नगरको चहलपहल हेर्दै घुम्यौँ, रमाइलो भयो । घुम्ने क्रममा याछेँ पुग्दा एउटा फरक दृश्य देखियो । याछेँ गणेशको द्यः छेँको छानामा घाँस उम्रेर सकिसकेका थिए । घाँस केही स्थानीयहरूले उखेलिरहेका थिए । कार्य ज्यालामा भइरहेको थियो वा स्वयम् सेवामा थाहा भएन, पुण्य कमाउन वा सम्पदा संरक्षण गर्न पनि हुनसक्छ । जुनसुकै कारणले भए पनि कार्य प्रशंसनीय र स्तुत्य थियो । केही समय उभिएर हेरिरह्यौँ तर मुटु डरले छिटो चलिरहेको थियो । हेरिरहँदा एक युवालाई सघाउन एक ज्येष्ठ नागरिक पनि रोक्दारोक्दै छानाको घाँस उखेल्न गएपछि ‘तमासे’ बन्न गा¥हो भयो र बाटो लागियो ।
बाटोमा मनमा कुरा खेल्न थाल्यो । यति जोखिमको सत्कार्य गर्न विज्ञान र प्रविधिको युगमा सहज, सरल र किफायती सामग्री पक्कै हुनुपर्छ । अचेल लामो भ¥याङ बोक्न छोडेर चाहिएको बेला लामो र काम पछि बोक्न सजिलो पार्न छोटो बनाउन खप्ट्याउन मिल्ने भ¥याङ लिएर आएको यत्रतत्र देखिन्छ ।
त्यस्तै विद्युत्, दमकलका मानिसहरूले सानो मचानसहितको भ¥याङमा बसेर काम गरेको सिनेमामा धेरै देखिन्छ । त्यस्तो मचान भएको भ¥याङ हाम्रो भक्तपुर नपाले पनि बन्दोबस्त गरे राम्रो हुन्थ्यो । कम्तीमा तीन तलाको त्यस्तो भ¥याङ भए सम्पदाका छानामा देखिने ‘बगैँचा’ लाई समयमै सफाचट पार्न सकिन्थ्यो । सके अटोमेटिक नसके म्यानुएल भए पनि त्यस्तो भ¥याङ बन्दोबस्त गर्नेतर्फ भक्तपुर नपाको ध्यानाकर्षण हुने आशा छ ।
त्यस्तो भ¥याङ सम्पदाको लागि मात्र होइन नगरवासीलाई पनि उचित भाडामा दिए लगानी पनि उठ्छ, नगरवासीको पनि कल्याण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *