भर्खरै :

मुकुन्डो पछाडिको अमेरिका तपाईँले साँच्चिकै चिन्नुहुन्छ ?

आफूलाई मानव अधिकारको हिमायती ठाने अमेरिकाले विश्वलाई साँच्चिकै प्रजातन्त्र र मानव अधिकार पु¥याएको छ त ? साँच्चिकै अमेरिका कस्तो छ ? हामीले हाम्रै नजिकको एक उदाहरण हेर्दा स्पष्ट हुन्छ ।
अमेरिकाले अफगानिस्तान युद्धदेखि अफगानिस्तानबाट सैन्य फिर्ता लिँदासम्मको २० वर्षमा अफगानिस्तानका बालबालिकामा निकै नकारात्मक प्रभाव परेको छ । सन् २००५ देखि सन् २०१९ सम्म कम्तीमा २६ हजार अफगानी बालबालिका अमेरिकी आक्रमणमा मारिए । सन् २०१६ देखि सन् २०२० सम्म लगभग १६०० जना अफगानी बालबालिका अमेरिकी नेतृत्वमा रहेको नेटो संयुक्त हवाई कारबाहीमा मारिएका थिए । उक्त सङ्ख्या हताहतीको कुल सङ्ख्याको ४० प्रतिशत पुगेको थियो । अफगानिस्तानमा बालबालिका मार्नेजस्तो भयङ्कर अपराध भएको छ तर अरूमाथि मानव अधिकारको विषयमा आलोचना गरिरहेका छन् । के यो नै अमेरिकाले विश्वलाई पु¥याएको मानव अधिकार हो ?
यतिमात्र होइन, संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार लगभग ३४ लाख अफगानी सर्वसाधारण घरबारविहीन भएका छन् । गत अगष्टमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि अफगानिस्तानमा २.३ करोड जना भोकमरीमा परेका छन् । तीमध्ये ९५ प्रतिशतको दैनिक खानपानमा निकै अभाव देखिएको छ ।
मार्च १५ मा संयुक्त राष्ट्र सङ्घीय शरणार्थी मामिलासम्बन्धी उच्चस्तरीय अधिकारी ग्लान्दीले अफगानिस्तानको राजधानीको एक शरणार्थी शिविरको भ्रमण गर्दा भन्नुभयो, “रुस–युक्रेन युद्धमा विश्वको ध्यान केन्द्रित छ तर अन्तर्राष्ट्रिय समूहले बिर्सनुहुँदैन, अमेरिकाले युद्धबाट दीर्घकालीन युद्धमा धकेलेको अफगानिस्तानमा ठूलो मानवीय सङ्कट पनि देखिएको छ ।”
–सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *