भर्खरै :

वार्सा सन्धि सङ्गठनको विघटनको परिणाम

‘युक्रेनमा भइरहेको रुस को ४ हप्ते सैनिक गतिविधिले नेपाली जनतामा युक्रेनबारे सोभियत बेलाको मात्रै जानकारीको प्रभावले गर्दा संरा अमेरिकी आक्रामकता र नेटोको खुकुलो बन्दै गरेको सङ्गठनलाई अमेरिकाले पहिलेकै रुप दिन सोभियत सङ्घसँग छुटिएको युक्रेनको स्थिति कसरी नेटो विस्तार रुसमाथि विध्वंश थोपर्ने ‘रणनीतिक पाइला’ हो भन्ने थाहा नहुने टिकाटिपप्णी एकतर्फी हुने शङ्का केही बुद्धिजीवी समूहमा बढेको हो ।
कुनै देशको साधारण जनतालाई जसरी एउटा घटना विष्फोटनपछि मात्र थाहा हुन्छ, त्यस्तै युक्रेनको सङ्कट पनि अमेरिकाको दोस्रो विश्वयुद्धपछिको आधा शताब्दीको गुप्त खेल र स्तालिन युगपछिका ख्रुश्चेभजस्ता कुलाङ्गार र गोर्भाचोभजस्ता सीआईएका ‘एजेन्ट’ कै विश्वासघातको परिणाम हो भन्ने जानकारी सबै नेपालीहरूलाई थाहा नहुनु स्वाभाविक छ ।
टर्कीको एक पत्रकारको प्रश्नको उत्तरमा गोर्भाचोभले भनेका थिए, “मेरो जीवनकै उद्देश्य सोभियत सङ्घलाई विघटन गर्ने र समाजलाई असफल पार्ने हो ।” त्यसो त गोर्भाचोभका ससुरा बाजे वा उनकी श्रीमती रोजियाकी बाजे दोस्रो विश्वयुद्धमा सोभियत सङ्घलाई विश्वासघात गर्ने अपराधी सावित भएपछि ज्यान सजाय पाएका व्यक्ति थिए । के स्वाभाविक छ भने वर्गसङ्घर्ष भइरहन्छ, समाजवाद कामदार वर्गको शासन व्यवस्था हो र साम्यवादको चरणमा मात्रै वर्ग र वर्ग सङ्घर्ष रहने छैन, उत्पादनका सबै साधन र सेवा समाजको भइसक्छ, वर्ग र वर्ग सङ्घर्ष नरहेपछि दबाउनुपर्ने वर्ग नरहने हुँदा राज्य नै विस्तारै ओइलाउँदै जान्छ । स्तालिनकालमा सोभियत सङ्घ एक समाजवादी देश थियो, भित्रभित्र वैचारिक र वर्ग सङ्घर्ष चालु थियो । विश्व पुँजीवादी शक्तिहरू सोभियत सङ्घ र पूर्व युरोपेली समाजवादी देशहरूमा सक्रिय थिए । त्यसमध्ये संरा अमेरिका र नेटो देशका राज्यशक्ति निरन्तर षड्यन्त्र गर्दै थिए । अन्ततः सोभियत सङ्घ सँगसँगै पूर्व युरोपेली समाजवादी देशमा समेत पुँजीवादको पुनः स्थापना भयो ।
युक्रेनको काँधमा बन्दुक बिसाएर मस्को हान्ने रणनीति अमेरिकाको थियो । त्यसले एकातिर रुसलाई पूर्वी युरोपका भूतपूर्व समाजवादी देशहरू र सोभियत सङ्घबाट छुट्टिएका राज्यहरूलाई पनि रुसको विरोधमा मोहडामा राख्ने सीआईएको चाल हो भन्ने परिस्थितिले सावित गर्दै छ ।
‘नागरिक’ दैनिकले २३ फागुन २०७८ को अङ्कमा ‘युक्रेनः शीत युद्धको बीज वा विश्वयुद्धको निहुँ ?’ शीर्षकमा विचार स्तम्भमा एक विचार प्रकाशित ग¥यो । ध्रुवहरि अधिकारीको त्यस लेखका केही अनुमान गलत सावित समयले गर्नेछ –
१) रुस एक्लो प¥यो । १८ फागुनको संयुक्त राष्ट्र सङ्घको महासभाको आकस्मिक अधिवेशनमा युक्रेनमा रुसी सेनाको फिर्ता प्रस्तावको विरोधमा उत्तर कोरिया, बेलारुस, सिरिया र इरिट्रिया, रुसको आफ्नो मत गरी जम्मा ५ र १४१ मत सेना फिर्ताको पक्षमा तथा चीन एवम् भारतसमेत ३५ राष्ट्र मतदानमा अनुपस्थित थिए ।
संयुक्त राष्ट्र सङ्घको महासभाको मतदानलाई नै लोकमत र औचित्यताको सही मापदण्ड सम्झने हो भने क्युवामाथिको अमेरिकी नाकबन्दीको विरोधमा गरिएको संयुक्त राष्ट्र सङ्घको महासभामा दजनौँ पटक संरा अमेरिकाको विरोधमा अत्यन्त बहुमतले क्युवामाथिको प्रतिबन्ध हटाउनुपर्ने पक्षमा मत दिएको यथार्थ हो । धेरैपटक अमेरिका र इजरायलले मात्र अमेरिकाको पक्षमा मत दिएका थिए । त्यसो भए के संरा अमेरिका एक्लिएको थियो ?
२) पश्चिमा समर्थक पत्रकारहरूले २०१९ मा युक्रेनमा राष्ट्रपति चुनिएका जेलेन्स्कीलाई ‘सिंह’ भएर लडिरहेको प्रचार गर्नुको कारण अमेरिकीहरूले उनलाई उद्धार गर्न हवाइजहाजको प्रस्ताव राख्दा रुसी ट्याङ्कलाई रोक्ने मेसिन मागेको प्रचार गरिएको थियो ।
‘युक्रेनको सपना तोड्ने नेटो के होे’ ? शीर्षकमा २८ फागुन २०७८ को ‘नागरिक’ अक्षर स्तम्भमा अच्युत कोइरालाले नेटोको औचित्यबारे बेलायती दक्षिणपन्थी मार्गारेट थ्याचरको दृष्टिकोण, वार्सा सन्धिको अन्त्यपछि सन् १९९० को दशकमा पोल्यान्ड, हङ्गेरी र चेक गणतन्त्र नेटोको सदस्य भएको र सोभियत सङ्घको विघटन र विशृङ्खलतापछि सोभियत सङ्घको केही स्वायत्त प्रान्त र गणतन्त्रहरूमध्ये इस्टोनिया, लाटभिया, लिथुआनिया सन् २००४ मा नेटोको सदस्य भए तथा संरा अमेरिका र नेटोले एक एक पाइला गरेर युक्रेनपछि मस्को पुग्ने योजना बनायो होला भन्ने अनुमान गर्न गा¥हो छैन । वार्सा प्याक्टको विघटनले निम्त्याएको युक्रेन घटनाभन्दा पूर्व रुसी नेताहरूको सिद्धान्तप्रतिको विश्वासघात र संरा अमेरिकी प्रशासनको अन्धविश्वास अन्तहीन विराम सावित हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *