युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
कीर्तिपुर, ७ चैत । कीर्तिपुरमा नेपालभाषा साहित्य महोत्सव (नखः) चैत ११ र १२ गते हुने भएको छ । चैत ७ गते कीर्तिपुर नगरपालिकाको सभा कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी सोको जानकारी दिइएको हो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष रमेशकाजी स्थापितका अनुसार चैत ११ गते पहिलो दिन नेपालभाषा एकेडेमीमा उद्घाटन हुनेछ भने पाँचवटा पुस्तक विमोचन हुनेछ, उद्घाटनपश्चात् कीर्तिपुर नगरको सम्पदायात्रा गरी लाय्कुमा पुगी साहित्यिक कार्यक्रम हुनेछ, साहित्यिक कार्यक्रममा विद्यालयमा नेपालभाषा पठनपाठन व्यवस्था गरेबापत काठमाडौँ, ललितपुर महानगर र कीर्तिपुर नगरपालिकाका प्रमुखहरूलाई आयोजकले सम्मान गर्नेछ, साहित्य वाचन र नेपालभाषाका ऋतु गीतबारे प्राज्ञ रामकृष्ण दुवालसँग अन्तरक्रिया कार्यक्रमका साथै सांस्कृतिक कार्यक्रम हुनेछ ।
दोस्रो दिन चैत १२ गते शनिबार पाँगा लाछीमा साहित्यिक कार्यक्रम हुनेछ । सो दिन पाँगा ढोकासीबाट सम्पदा यात्रा गरी लाछीमा पुगी कीर्तिपुरको सांस्कृतिक सम्पदा, पर्यटकीय सम्भावना र नेपालभाषा पठनपाठनबाट हुने साहित्य विकास विषयक अन्तरक्रिया हुनेछ ।
कार्यक्रममा बीस–बीस जनाले साहित्य वाचन गर्नेछन् । साङ्गीतिक प्रस्तुत हुने सो कार्यक्रममा नेपालभाषाका पुस्तक प्रदर्शनी र खाना स्टल पनि रहनेछ । आयोजक समितिका रमेशकाजी स्थापित, सुरेश किरण, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्काले पत्रकारहरूको जिज्ञासाको जवाफ प्रस्ट पार्नुभएको थियो ।
१७ लाखको अनुमानित बजेटमा सञ्चालन हुने सो महोत्सव कीर्तिपुर नगरपालिकाबाट १० लाख र काठमाडौँ महानगरपालिका, महर्जन कम्प्लेक्स, टिसा ज्वेलर्स, ज्वलन ज्वेलर्स, श्री भीजे, ओम श्री मच्छेन्द्रनाथ इँटा उद्योग सहयोगी संस्थाको प्रमुख सहयोगमा सञ्चालन हुनेछ । कीर्तिपुर, ७ चैत । कीर्तिपुरमा नेपालभाषा साहित्य महोत्सव (नखः) चैत ११ र १२ गते हुने भएको छ । चैत ७ गते कीर्तिपुर नगरपालिकाको सभा कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी सोको जानकारी दिइएको हो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष रमेशकाजी स्थापितका अनुसार चैत ११ गते पहिलो दिन नेपालभाषा एकेडेमीमा उद्घाटन हुनेछ भने पाँचवटा पुस्तक विमोचन हुनेछ, उद्घाटनपश्चात् कीर्तिपुर नगरको सम्पदायात्रा गरी लाय्कुमा पुगी साहित्यिक कार्यक्रम हुनेछ, साहित्यिक कार्यक्रममा विद्यालयमा नेपालभाषा पठनपाठन व्यवस्था गरेबापत काठमाडौँ, ललितपुर महानगर र कीर्तिपुर नगरपालिकाका प्रमुखहरूलाई आयोजकले सम्मान गर्नेछ, साहित्य वाचन र नेपालभाषाका ऋतु गीतबारे प्राज्ञ रामकृष्ण दुवालसँग अन्तरक्रिया कार्यक्रमका साथै सांस्कृतिक कार्यक्रम हुनेछ ।
दोस्रो दिन चैत १२ गते शनिबार पाँगा लाछीमा साहित्यिक कार्यक्रम हुनेछ । सो दिन पाँगा ढोकासीबाट सम्पदा यात्रा गरी लाछीमा पुगी कीर्तिपुरको सांस्कृतिक सम्पदा, पर्यटकीय सम्भावना र नेपालभाषा पठनपाठनबाट हुने साहित्य विकास विषयक अन्तरक्रिया हुनेछ ।
कार्यक्रममा बीस–बीस जनाले साहित्य वाचन गर्नेछन् । साङ्गीतिक प्रस्तुत हुने सो कार्यक्रममा नेपालभाषाका पुस्तक प्रदर्शनी र खाना स्टल पनि रहनेछ । आयोजक समितिका रमेशकाजी स्थापित, सुरेश किरण, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्काले पत्रकारहरूको जिज्ञासाको जवाफ प्रस्ट पार्नुभएको थियो ।
१७ लाखको अनुमानित बजेटमा सञ्चालन हुने सो महोत्सव कीर्तिपुर नगरपालिकाबाट १० लाख र काठमाडौँ महानगरपालिका, महर्जन कम्प्लेक्स, टिसा ज्वेलर्स, ज्वलन ज्वेलर्स, श्री भीजे, ओम श्री मच्छेन्द्रनाथ इँटा उद्योग सहयोगी संस्थाको प्रमुख सहयोगमा सञ्चालन हुनेछ ।
Leave a Reply