राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
(ठालुलाई कालो मोसो दलेर गाउँ घुमाउँछन्)
एक जना बुढो मान्छे – (ठालुलाई देखेर)
कहिल्यै नसोचेको घटना घटायो पापको फल चखायो,
दिन सधैँ ठालुको नहुने रहेछ, गरिबको पनि पालो आउने रहेछ ।
जङ्गलको राजा सेरको जस्तै धाक धम्की उसको थियो,
सधैँ सधैँ उसैको निम्ति गरिबले दुःख गर्नुपथ्र्याे ।
ठालुको अगाडि ठाडो नहुने शिर आज गर्वले उठायो,
गरिबले गरिबकै अगाडि ठालुको शिर झुकायो ।
आज रहेछ दिन नयाँ कहिल्यै नबिर्सिने,
चेतनाको आज फैलियो आगो, मुक्तिको सास फेरिने ।
बुढी आमा– पहिलेको जस्तो मान्छे होइनौँ सहेर बस्ने,
आँखा त हाम्रो खुलिसक्यो न्यायको निम्ति लड्ने !
बाह«ै महिना परिश्रम गर्छाँै हाम्रै खेतबारीमा,
तैपनि, सुख कहिल्यै आएन हाम्रो जिन्दगीमा ।
बुझेँ नि अब देखेँ नि सब संसारको नियम यो,
जिउनुको लागि मर्नुपर्ने रहेछ ज्ञान सही त्यो ।
बाँधेर राख रुखमा त्यसलाई ‘बाबा’ नभनेसम्म,
अबदेखि दुःख नदिने उसले वाचा नगरेसम्म ।
(सबै मिलेर ठालुलाई रुखमा बाँध्छन्)
पुस्तौँ पुस्ता देखिको अन्याय आज हामीले पोख्नु छ !
नजोत्ने मान्छेको हातबाट जमिन पनि खोस्नु छ ।
बाँध ! बाँध ! कसिने गरी बाँध ! फुत्केर भागी जाला,
साँप हो यो विशालु अति नै झुक्याएर यसले टोक्ला !
(ठालु रुँदै बिन्ति गर्छ)
ठालु– भूल भयो आमा ! मबाट धेरै क्षमा माग्दछु म,
दशकर्म गरी कमाएको बाली अबदेखि लिन्नँ म ।
हजार साउँ हजार ब्याज नियम मेरो तोड्छु,
हली भई जीवन काट्ने डम्बरेलाई छोड्छु !
(सबै गाउँले खुसी भई बजाउँछन् थपडी ।
ठालुलाई बाँडिएको डोरी दिन्छन् फुकाली,
डम्बरे पनि पुग्छ भेट्न आफ्नो आमालाई)
पिता– लौ अब हिँडाँै हाम्रो यात्रामा,
सब गाउँले बस्नुस् है सुखमा !
नबिउँझिकन देखिँदैन घाम,
नहिँडिकन पुगिँदैन धाम ।
सत्य कुरा यही नै रहेछ,
मनमा सधैँ यो राख्नुपर्दछ ।
बिदा दिनुस् आमा ¤ हामीलाई अब,
गन्तव्यमा चाँडै पुग्नुपर्दछ ।
अत्यन्त चोखो दिनुभयो माया,
मेटिँदैन अब यो हृदयभित्र छाया ।
सबै– हामी पनि जान्छौँ सँगै यात्रामा,
मायाको खानी त्यो गाउँमा ।
सँगै हिँडौँला सँगै बसौँला,
सुख दुःख सबै आपसमा बाँडौँला ।
पिता– इच्छा सबैको राम्रो रहेछ,
क्षितिज पारी चहकिलो भएछ ।
हिँडौँ अब सँगसँगै धाम,
शितल छ आज शिरमाथि घाम ।
(सबै यात्रामा निस्कन्छन् । गाउँमा प्रहरीहरू प्रवेश गर्छन् ।)
–समाप्त
Leave a Reply