यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
गएको मार्च ९ मा क्यालिफोर्नियाको इर्भिनमा निधन भएका प्राध्यापक ऐजाज अहमद हाम्रो समयका अग्रणी माक्र्सवादी बुद्धिजीवी हुन् । सन् १९८० दशकमा समाजवादले पराजय भोग्दै गरेको समय थियो । सन् १९९१ मा सोभियत सङ्घ विघटन भयो । त्यस्तो समयमा ऐजाज एक जना माक्र्सवादी सिद्धान्तकारको रूपमा देखापरेका थिए ।
उनको विद्वता र प्रतिभा बहुआयामिक थियो । उर्दु लेखक तथा समालोचकको रूपमा उनले काम थालेका थिए । उनी पश्चिमका धेरै विश्वविद्यालयमा साहित्य र संस्कृति समालोचना पढाउँथे । उनी दर्शन, राजनीतिक अर्थशास्त्र र समकालीन विश्व मामिलाबारे अध्ययन गर्थे र लेख्थे ।
उपनिवेशवादविरोधी र साम्राज्यवादविरोधी राष्ट्रिय मुक्ति सङ्घर्षको क्रममा ऐजाज माक्र्सवादी बनेका थिए । ६० र ७० को दशकमा संसारका प्रमुख सहरमा छलफलमा रहेको माक्र्सवादी विचारले ऐजाजका विचारलाई परिपक्व र संश्लेषित बनायो । सोभियत सङ्घ विघटनपछिको युगमा केही पश्चिमा बुद्धिजीवीहरूले माक्र्सवाद छोड्दै गर्दा उनले अलगै स्थानमा बसेर माक्र्सवादको रक्षा र समृद्ध बनाउँदै थिए । उनले पश्चिमा प्राज्ञिक वृत्तमा छलफलमा रहेको उत्तर–माक्र्सवादी, उत्तर–आधुनिक र उत्तर उपनिवेशवादी सिद्धान्तको अध्ययन गरे । समयान्तरमा ती सिद्धान्त पश्चिमा प्राज्ञिक वृत्तमा प्रभावशाली बन्यो ।
सन् १९९२ मा उनको पुस्तक ‘सिद्धान्तबारे : वर्ग, राष्ट्र र साहित्य’ प्रकाशित भयो । उनले त्यो पुस्तकमा माक्र्सवादी कोणबाट ‘उत्तर’ फुर्को जोडिएका विभिन्न सिद्धान्तको सैद्धान्तिक र दार्शनिक पक्ष पर्गेल्दै प्रभावकारी र सटिक आलोचना गरे । त्यसकारण, उनको पुस्तक लोकप्रिय र मानक कोर्ने कृति बन्यो । पुस्तकको भूमिका संसारमा अहिले उजागर भइरहेको विभिन्न सङ्कट र अन्तरविरोधका विश्वव्यापी ऐतिहासिक सन्दर्भ प्रस्ट पारिएको छ । त्यो पुस्तक उत्तर आधुनिकता र अन्य त्यस्तै तथाकथित खतरा सिद्धान्तको विषयमा युवा पुस्ता र वामपन्थी विद्यार्थीहरूको निम्ति हतियार बन्यो ।
असी दशकको मध्यतिर ऐजाज भारत फर्के । भारत उनको जन्मभूमि हो । अनि तीन दशक भारतमा बसे । दिल्लीको नेहरू स्मृति सङ्ग्रहालयमा उनले लामो समय अध्येताको रूपमा योगदान गरे । त्यही समयमा उनले ‘सिद्धान्तबारे’ पुस्तक लेखेका थिए । त्यस्तै भारतको राजनीतिक र सामाजिक विकासबारे चिन्तन र लेखन थाले । अन्तर्राष्ट्रिय क्षेत्रमा सोभियत सङ्घको विघटन र शीतयुद्धको अन्त्यपछि सबै क्षेत्रमा संरा अमेरिकी प्रभुत्ववाद बलियो बन्दै गयो । संस्कृति र विचारधारामा पनि संरा अमेरिका नै हाबी बन्दै गयो ।
भारतमा उदारवाद हुँदै नवउदारवादी नीतिको यात्रा र हिन्दुत्व शक्तिको उदय एकैसाथ सुरु भएको थियो । ऐजाज त्यतिबेलाको ती प्रक्रियाको गम्भीर अध्ययन र विश्लेषणमा लागे । हिन्दुत्व शक्तिबारे उनका लेख र प्रवचन संसारभर दक्षिणपन्थी शक्तिको उदयको पृष्ठभूमिसँग जोडिएको हुन्थ्यो । भारतीय समाजलाई पुनः आकार दिने लक्ष्यसहित लामो समयदेखि काम गर्दै आएको आरएसएसजस्ता सङ्गठनको ऐतिहासिक अध्ययनमार्फत उनले गरेका लगातारको विलक्षण विश्लेषणले भारतीय वामपन्थीहरूलाई त्यस्तो हिन्दुवादी शक्ति र उनीहरूको भविष्यबारे बुझ्न मद्दत गरेको छ ।
अन्तर्राष्ट्रियरूपमा ऐजाज स्वयम् शीतयुद्धपछिको युगमा साम्राज्यवादको विरोधमा लागे । इराक र संरा अमेरिका तथा नाटो शक्तिको हमलाले निम्तिएका युद्धको विश्लेषण गर्दे उनी ती युद्धहरू विश्व प्रभुत्ववादको लागि साम्राज्यवादी गतिविधिको हिस्सा भएको देखाउँथे । त्यत्तिबेला पनि उनले विश्वव्यापी पुँजीवादी विश्वमा साम्राज्यवादको कुरा सान्दर्भिक नभएको विचार प्रस्तुत गर्ने धेरै वामपन्थी विद्वान्हरूसँग उनको मत मिल्दैनथ्यो ।
ऐजाज कोठामा बसेर लेखपढ गर्ने बौद्धिकमात्र होइनन् उनी साम्राज्यवाद, राष्ट्रिय उत्पीडित र जातिवादको विरोधमा हुने सङ्घर्षमा सक्रिय भाग लिन्थे । विद्यार्थीको रूपमा पाकिस्तानमा हुँदा उनी वामपन्थी सङ्गठनमा आबद्ध थिए । माक्र्सवादी सङ्गठनहरूले किसानहरूलाई सङ्गठित बनाउँदै गर्दा उनी त्यस्ता गतिविधिमा सक्रिय थिए । सत्तरी दशकको सुरुमा उनी प्यालेस्टाइनका शिविरहरूमा पुगे । लेवनान तथा मध्यपूर्वका अन्य सहरहरूमा उनी क्रान्तिकारी देशभक्त र वामपन्थीहरूको सङ्गठनमा आबद्ध भए ।
ऐजाजको लागि माक्र्सवादी सिद्धान्त कुनै कोरा सिद्धान्त होइन । माक्र्सवादी सिद्धान्तलाई व्यवहारसँग जोड्न अपरिहार्य छ । आफ्नै तरिकामा उनी भन्थे, “माक्र्सवादको किताब होस् वा कुनै हिन्दुत्वको सिद्धान्त, अन्तिम बुझाइ भन्ने कुनै कुरा हुँदैन । त्यसभन्दा पनि पर केही बुझाइ हुन्छ नै । जो कोहीले अर्को कोण, नयाँ चिन्तन र गहन बुझाइमा पुग्नैपर्छ ।”
भारतको लामो बसाइको क्रममा उनी कम्युनिस्ट आन्दोलनबाट प्रभावित भए । विशेषतः सोभियत सङ्घको विघटनपछि माक्र्सवाद र समाजवादविरुद्ध वैचारिक हमलाको प्रतिरोधमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का गतिविधिबाट उनी प्रभावित भए । पार्टीले आफ्नो कम्युनिस्ट परिचय अक्षुण्ण राखेकोमा उनले कदर गरे । पार्टीलाई जनतामा आधारित (मास बेस) बनाएको उनी सहमत थिए । त्यतिबेला कतिपय देशका कम्युनिस्ट पार्टी या त विलाउँदै गइरहेका थिए भने कतिपयले सामाजिक–प्रजातान्त्रिक लाइन समात्दै थिए ।
उनी भारतमा रहेको वामपन्थी बुद्धिजीवीहरूको ठूलो समूहमा मिसिए । एउटा सानो हिन्दी साहित्यिक पत्रिकामा उनले लेख्ने लेखको प्रभाव बृहत् हुन्थ्यो । उनी पार्टीका विभिन्न वैचारिक र सांस्कृतिक गतिविधिमा सामेल भए । पार्टीका विभिन्न सङ्गठन र संस्थाले आयोजना गर्ने विभिन्न गोष्ठी र प्रवचन कार्यक्रममा उनले सक्रियतापूर्वक सहभागिता जनाए । उनले विद्यार्थी र अभियन्ता समूहहरूलाई क्रान्तिकारी सिद्धान्तबारे प्रशिक्षण दिन लामो समय बिताए । सन् २०१० मा भाकपा (माक्र्सवादी) केन्द्रीय समितिको आयोजनामा उत्तर आधुनिकतावादको विषयमा आयोजित तीनदिने प्रशिक्षण कार्यक्रममा उनले प्रशिक्षण दिएका थिए । लेफ्टवर्ड बुक्सको सम्पादक मण्डलका उनी संस्थापक सदस्य हुन् । उनले सो प्रकाशन गृहबाट केही पुस्तक पनि लेखेर प्रकाशन गरेका थिए । लेफ्टवर्ड बुक्सले प्रकाशन गरेको पहिलो पुस्तक ‘अ वल्र्ड टु विन’ मा उनले कम्युनिस्ट घोषणापत्रबारे निकै शक्तिशाली लेख लेखेका थिए ।
आफ्नै देशमा बाँच्ने र मर्ने उनको अतृप्त चाहनाको कारण उनका अन्तिम वर्षहरू विस्मात्मा बिते । भारतमा बस्न भिसाको म्याद थप्दै थप्दै निकै कठिनाइपूर्वक केही वर्ष बसेपछि पाकिस्तानी भएको भन्दै भारतले नागरिकता नदिएपछि उनी इर्भिनस्थित क्यालिफोर्निया विश्वविद्यालयको तुलनात्मक साहित्य विभागको प्रमुखको रूपमा उतै बस्न थाले । विभागीय प्रमुखजस्तो सम्मानित पदमा रहेर पनि उनले सधैँ भारतलाई सम्झे । जीवनका अन्तिम आठ वर्ष उनको जीवनमा उनकै शब्दमा ‘निर्वासन’ जस्तै भयो ।
माक्र्सवादभित्र घुसाइएका सबै अपवित्र तत्व र श्रमिक वर्गको विचारधारालाई कमजोर बनाउने प्रयासविरुद्ध ऐजाज अहमदले सम्झौताहीन सङ्घर्ष गरे । उनी आफूलाई ‘कट्टर माक्र्सवादी’ ठान्थे अर्थात् कम्युनिस्ट हुन् ।
उनलाई चिनेका हामी सबै र उनका प्रशंसक तथा कमरेडहरू उनको जीवन्त माक्र्सवादको अभ्यासलाई कदर गर्दै सधैँ सम्झनेछौँ ।
द पिपुल्स डेमोक्रेसीबाट अनुदित सामग्री
Leave a Reply