भर्खरै :

शान्ति वार्ताभन्दा द्वन्द्व लम्ब्याउने संरा अमेरिका र नेटोको दुष्ट नियत !

फेब्रुअरी २४ मा सुरु भएको रुस–युक्रेन युद्ध यो लेख्न थालेको दिनबाट २३ दिन भइसकेको छ । धेरै दिनसम्म नलम्बिने अपेक्षा गरिएको यो अप्रिय युद्धमा प्र्रत्यक्षरूपमा नेटो र संरा अमेरिकाको संलग्नता नदेखिए पनि तिनीहरूबाटै विभिन्न प्रकारका आधुनिक प्राणघातक हातहतियार (Lethal Military Weapons) लगायत जमिनबाट आकाशमा मार हानी उडिरहेको बमवर्षक विमान खसाल्न सक्ने क्षमता राख्ने तथा बख्तरबन्द गाडीलाई ध्वस्त पार्न सक्ने क्षेप्यास्त्रहरूको आपूर्ति गर्ने कार्य व्यवहारमा लागु भए द्वन्द्व अझ बल्झिने सम्भावना प्रबल हुँदै आएको वास्तविकता आजसम्मको विकसित घटनाक्रमले बताउँछ । हुन त एकातिर मुलुकको सार्वभौमसत्ताको सुरक्षाको लागि आफ्नो पुरानै जायज माग राखी टर्कीमार्फत विना कुनै बाह्य हस्तक्षेपको शान्ति वार्ताका लागि रुस इच्छुक भएको देखिन्छ । क्राइमियालाई रुसको भू–भाग मान्ने तथा डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको घोषणालाई स्वीकार गर्न युक्रेन दत्तचित हुनुपर्ने मागलाई भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमान्य भनेका छन् ।
अर्काेतर्फ आफ्ना युरोपेली सङ्घले इतिहासमै पहिलोपल्ट युक्रेनलाई सघाउन वा अझ बढी युद्धमा फसाउन आधुनिक हतियार खरिदका लागि ठूला धनराशीको चाँजोपाँजो गरिसकेका छ । केही राष्ट्रहरू गोली नछिर्ने सैनिक पोशाक, बन्दुक, सुरक्षा कवजलगायतका धेरै युद्ध सामग्रीहरू युक्रेनको राजधानी किभ पठाउने तर्खरमा छन् । नेटोका धेरै विकसित तथा पहिले तटस्थ रहेका स्विडेनजस्ता राष्ट्रले पनि रुसको विरोधमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई शान्तिवार्ताका लागि आह्वान गर्नुको साटो भिडन्तमै जान उक्साउँदै हतियार पठाउनको लागि उपायहरू खोजिरहेको छ ।

संरा अमेरिकामा निर्मित (MiG-29 fighter Jets) २९ बमवर्षक विमान उपलब्ध गराई रुसविरुद्धको युद्धमा प्रयोगका लागि भनेर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले धेरैपल्ट संरा अमेरिकी राष्ट्रपति बाइडेनसमक्ष अनुनय विनय गर्दा पनि युक्रेन नेटोको सदस्य भई नसकेको तथा तत्कालीन सोभियत सङ्घमा निर्मित मिग–२९, सुखोइ–२७ र सुखोइ–२५ जस्ता बमवर्षक जेट विमान सञ्चालनमा अभ्यस्त भएका युक्रेनी विमान चालकहरूलाई संरा अमेरिकामा निर्मित लडाकु जेट विमान सञ्चालनका लागि छुट्टै थप तालिमको आवश्यकता भएको कारण देखाई संरा अमेरिकाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आग्रहलाई नामञ्जुर गरेको छ । संरा अमेरिकाका महँगा विमानहरू फोकटमा प्राप्त गर्न खोज्नु जेलेन्स्कीको बालपन हो । युक्रेनको सीमा जोडिएको छिमेकी तथा सोभियत सङ्घ पक्षधर पूर्व समाजवादी राष्ट्र पोल्यान्डसँग भएका सोभियत निर्मित उक्त बमवर्षक लडाकु जेट विमान किभ पठाउन संरा अमेरिकाले दिएको सुझावलाई पोल्यान्डले अस्वीकार गरेको छ । बाइडेनको उक्त सुझाउले आफ्नो मुलुकलाई पनि विद्यमान रुस–युक्रेन द्वन्द्वमा प्रत्यक्ष फसाउन सक्ने संरा अमेरिकी चालबाजीबारे पोल्यान्डका प्रधानमन्त्री मेटुझ मोरावियेकी (Mateusz Morowiecki) सचेत भइसकेका छन् ।
द्वन्द्वको सुरुआती दिनमै यस रुस–युक्रेन मामिलामा संरा अमेरिकालगायत अन्य कुनै पनि युरोपेली देशहरूले सैनिक सहयोग वा हस्तक्षेप गरे त्यसविरुद्ध सोहीअनुरूप व्यवहार गर्न रुस बाध्य हुने रुसको दिएको कडा चेतावनीलाई पोल्यान्डले नबिर्सेकै कारण संरा अमेरिकाको आग्रहलाई नकारेको हुनुपर्छ । त्यस उसले जर्मनीको ¥यामस्टेन (Ramstein) स्थित संरा अमेरिकी सैनिक हवाई आधार अखडामा भएका अत्याधुनिक मिग–२९ जेट विमान युक्रेन पठाउँदा नेटोमा गम्भीर चिन्ता उत्पन्न हुनसक्ने सम्भावनालाई हृदङ्यगम गर्न पोल्यान्डलाई संरा अमेरिकाले भनिसकेको छ । अर्काेतिर युक्रेनसँग सीमा जोडिएको आफ्नो क्षेत्रबाट कुनै पनि युद्ध सामग्री द्वन्द्वग्रस्त ठाउँमा आपूर्ति गर्नु भनेको रुससँग प्रत्यक्ष दुश्मनी मोल्नु हुने भएकोले यो व्यवहारिक कठिनाइबाट उत्पन्न हुनसक्ने खतरनाक प्रहार सामना गर्न पोल्यान्ड तयार छैन । यही कारणले गर्दा आपूmसँग भएका सोभियत निर्मित बमवर्षक लडाकू जेट विमानहरू संरा अमेरिकामार्फत जर्मनीको ¥यामस्टेन हवाई अखडाबाट युक्रेनलाई उपलब्ध गराउन पोल्यान्ड चाहन्छ । तर, त्यसो गर्न पनि संरा अमेरिका तयार छैन । यसरी अहिलेसम्मको युक्रेनको दयनीय अवस्थालाई हेर्दा उसलाई सङ्कटको बेला हरतरहले सहयोग गर्न वाचा गरेका संरा अमेरिका र नेटो राष्ट्रहरू ‘नालू टुताङ’ अथवा टेक्न नमिल्ने लौरो सावित भइसकेको छ । रुसी आक्रमणलाई निस्तेज पार्न हतियारको उपलब्धताबारे युरोपेली सङ्घ, नेटो र संरा अमेरिकासँग युक्रेनको मित्रवत् संवाद हुने तर तिनको सही प्रयोगको लागि आवश्यक सैन्य जनशक्ति तथा सैनिक जवानहरूका बारेमा कुनै छलफलै नहुने अवस्थाले युक्रेनी राष्ट्रपति जेलेन्स्की छक्क परेका छन् ।
शान्ति वार्ताभन्दा युद्ध अझ चर्काउन जेलेन्स्कीले नेटो राष्ट्रसँग माग हतियार गरिरहेका
मार्च १५ का दिन चेक गणतन्त्र र स्लोभ्याकियाका प्रधानमन्त्रीहरूसँग रेलको यात्राबाट किभ पुगेका पोल्यान्डका प्रधानमन्त्री मेटुझ मोरावियेकीले आफ्नो मुलुकको बाध्यात्मक अवस्था बुझ्न आग्रह गर्दै युक्रेनप्रति ऐक्यबद्धता जाहेर गरेका थिए । राजनीतिक क्षेत्रको अनुभव, संस्कार, कूटनीतिक ज्ञानविनाको एक चलचित्रकर्मी युक्रेनी राष्ट्रपति जेलेस्कीलाई आफ्नो मुलुकमा भइरहेको जनधनको थप सत्यानास हुनबाट रोक्न युरापेली सङ्घका राष्ट्रहरूको सहानुभ्ूति, रुसविरुद्धको थप विभिन्नखाले नाकाबन्दी र युद्ध सामग्रीभन्दा शान्ति वार्ता नितान्त आवश्यक छ भन्ने कुराको हेक्का अहिलेसम्म नआउनु सुखद सङ्केत होइन । व्यक्ति युवा भएरमात्र हुँदैन, रुससँगको युद्धमा आफ्नो मुलुकले दुःखका साथ व्यहोरिरहेको अपार क्षति र नोक्सानीउपर शून्य प्राथमिकतामा राख्नु कुनै राष्ट्राध्यक्ष लागि शोभनीय छैन । अर्काको बहकाइमा आफ्नै दाजुभाइसरहको छिमेकीसँग अकारण निहँु खोज्नु मक्किसकेको वैशाखी टेकेर स्वस्थ व्यक्तिसँग दौडमा प्रतिस्पर्धा गर्नुजतिकै मुख्र्याइँ हो । युद्ध चर्कँदै गए अझ बढी विनाश युक्रेन र युक्रेनी जनताको हुन्छ । तर, नेटो राष्ट्रहरू र संरा अमेरिकाले केही पनि गुमाउनुपर्ने हुँदैन । अहिलेसम्मको घटनाक्रमले यही वास्तविकतालाई स्पष्ट पार्दै आएको छ ।
कुनै पनि देशभक्त नागरिकलाई आफ्नो देशको स्वाधीनता र सार्वभौमिकतालाई प्राणभन्दा प्यारो हुन्छ ।
हरेक देशभक्त रुसी नागरिकहरूको पीडालाई अन्य कुनै देशका देशभक्त जनताले बुझ्न आवश्यक छ । गलत नेताहरूको नेतृत्वमा मुलुकको बागडोर जानुको परिणामस्वरूप सोभियत सङ्घकै शासनकालमा विभिन्न क्षेत्रमा विकास भएका गणराज्यहरू सन् १९९१ मा विभिन्न १५ टुक्रामा विभाजित हुनपुग्यो । सोभियत सङ्घको विघटनको कारण रुसले आफ्नै थुप्रै भूभाग गुमाउनुप¥यो, १४ विभिन्न गणराज्यहरूका हरेक क्षेत्रका दक्ष एवम् सबल जनशक्तिहरू रुसबाट खोसियोे, जनसङ्ख्याको ठूलै भाग हरायो । तन्दुरुष्ट कुनै पनि व्यक्तिको शरीरमा एकैसाथ १५ प्रकारका गहिरो घाउचोटले उनलाई निश्चय पनि केही दिन गलाउँछ र स्थिल बनाउँछ । त्यसकारण, तुलनात्मकरूपले रुस कमजोर बन्नु स्वाभाविक थियो । यसबाट नाजायज फाइदा उठाउँदै संरा अमेरिकाको इसारामा नेटोले रुसविरुद्ध अनेक हथकण्डा अपनाउन थाल्यो । रुसविरुद्ध विभिन्न गतिविधिहरूको अगुवाइ गर्न थुप्रै आईएनजीओको स्थापना हुन थाले । फलस्वरूप युक्रेनका केही स्थानहरूमा जैविक प्रयोगशालाहरू गोप्यरूपमा सञ्चालन हुँदै आएको जैविक हतियारहरूको राम्रो भण्डारण भएको कुरा अहिले प्रस्ट भइसकेको छ ।
। २ ।
सोभियत सङ्घको नेतृत्वमा रहेको वार्सा सन्धि सङ्गठन (ध्बचकबध एबअत) लाई मात्र समाप्त गर्नु तर सहमतिविपरीत नेटोलाई विघटन गर्नुको साटो त्यसलाई रुसको विरुद्ध विस्तार गर्दै जानु र विभाजित पूर्व सोभियत राज्यहरूमा नेटो र संरा अमेरिकाद्वारा सञ्चालित सैनिक गतिविधिको अवाञ्छनीय क्रियाकलापहरूले रुसी सिमानाको लक्ष्मण रेखा नाघ्न खोज्नुजस्ता हेपाहा प्रवृत्ति र अपमानको यो विष रुस र देशभक्त रुसी जनताले धैर्यताका साथ केही वर्षसम्म पिएरै बसे ।
भनिन्छ, अनावश्यक बाह्य दबाबका कारण हावा तन्न भरिएको बेलुन विस्फोट हुने गर्छ । क्राइमिया, डोनेट्स्क र लुहान्स्कमा रहेका बहुसङ्ख्यक रुसी मूलका नागरिकहरूलाई युक्रेनले दोस्रो दर्जाको नागरिकसरह अपमानजनक व्यवहार गर्दै गरेको अमानवीय कार्यबारे बीबीसी, सीएनएन तथा अन्य पश्चिमा सञ्चारमाध्यमहरू मौन थिए र छन् । कोभिड–१९ विरुद्धको खोप उपलब्ध गर्ने कार्यमा पक्षपात गरी अपमानजनक ढङ्गले ती बहुसङ्ख्यक रुसी मूलका नागरिकहरूलाई जेलेन्स्कीको युक्रेनी सरकारले दाहिने देव्रे गरिरहे । ती निर्दाेष जनताको मानव अधिकारको हननबारे ती पुँजीवादी र साम्राज्यवादी सञ्चारमाध्यमहरूले एक शब्द खर्चेनन् । रुसी मूलका युक्रेनी नागरिकहरूप्रति केन्द्र सरकारले गर्ने रवैयाउपर कुनै परिवर्तन नआएकै कारण डोनेट्स्क र लुहान्स्कका बहुसङ्ख्यक जनताले युक्रेनबाट अलग्गिने उपायअन्तर्गत स्वतन्त्रताको लागि आन्दोलन गर्दै रहे । युक्रेनले पृथकतावादीहरूको आन्दोलन भनी सम्बोधन गर्ने डोनेट्स्क र लुहान्स्कका बहुसङ्ख्यक रुसी मूलका जनताले गरेका सशस्त्र सङ्घर्षलाई मलजल हाल्ने काम रुसले गरिरह्यो । किनभने, साम्राज्यवादी संरा अमेरिका र उनैको औजार नेटोसँग युक्रेनको लामो साठगाँठलाई गम्भीरतापूर्वक नियालिरहेको रुसलाई तिनीहरूको क्रियाकलाप मित्रवत् नभएकोमा कुनै शङ्का रहेन । सन् २००४ मा रुससँग सीमा जोडिएका पूर्वसोभियत राज्यहरू इस्टोनिया, लाट्भिया र लिथुआनिया नेटो र युरोपली सङ्घका सदस्य भइसकेका थिए । संसारको अन्य कुनै पनि मुलुकले हरेक क्षेत्रमा आफूलाई उछिनेको संरा अमेरिकालाई असह्य हुन्छ । त्यसैले विशाल सोभियत सङ्घलाई १५ टुक्रामा विभाजित गराइसकेर पनि आफ्नै छिमेकी राष्ट्रहरूसँगको द्वन्द्वमा फसाई वर्तमान रुसले गरिरहेको विकासका विभिन्न गतिविधिलाई अवरोध पु¥याउने दुष्टकार्यमा संरा अमेरिका व्यस्त रह्यो । आपूmविरुद्ध लक्षित हुने संरा अमेरिकाको यी चालबाजी रुसलाई राम्ररी थाहा थियो । युद्ध निन्दनीय भए पनि वर्तमान रुस–युक्रेन द्वन्द्व चर्किनुमा साम्राज्यवादी संरा अमेरिकाको कर्तुतले सिर्जिएका यी सबै कारक पृष्ठभूमिहरू जिम्मेवार छन् ।
छोटो अवधिमा चीनको अपार प्रगति र विकासले विशेषगरी संरा अमेरिकाको छाती इष्र्याले भतभती पोलिरहेको छ । यो दरिद्र मानसिकताको उपज हो । रुसलाई जस्तै चीनलाई पनि चारैतिरबाट घेराबन्दी गरी छिमेकीहरूसँगको मनमुटावलाई युद्धमा परिणत गराई चीनको विकासको बेगलाई निस्तेज पार्न संरा अमेरिका षड्यन्त्र रच्दै छ । संसारको कुनै पनि मुलुक आफ्नो प्रतिस्पर्धी बन्न नसकून् भन्ने सङ्कुचित सोचबाट अघि बढेको संरा अमेरिका बेलैमा उम्कन नसके उसको यो अह्म भावना नै पतनको कारण हुनेछ । विविध प्रकारको नाकाबन्दीले अपेक्षाकृत ठोस परिणाम नआएको कारण रुसको हवाई हमलाबाट भइरहेको हानि नोक्सानीलाई रोक्न युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र घोषणाका लागि राष्ट्रपति जेलेन्स्कीको धेरै पटकको आग्रहलाई नेटो र संरा अमेरिकाले अहिलेसम्म स्वीकार गर्नसक्ने सङ्केत दिएका छैनन् । युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्नुको अर्थ नेटो गठबन्धनले पेट्रोएटिक क्षेप्यास्त्र प्रणालीलगायतका अन्य विमानभेदी हतियारले युक्रेनी आकाशमा उड्ने कुनै पनि रुसी विमानलाई ध्वस्त पार्नु हो । तर, साम्राज्यवादी संरा अमेरिका र उनका मतियारहरूको सैन्य गठबन्धन नेटोले लिविया, इराक र सिरियालाई जस्तै एक शक्तिशाली परमाणु शक्ति राष्ट्र रुसलाई पनि एउटै तराजुमा कदाचित्त जोख्न नहुने वास्तविकता बुभ्mन नसक्नु राष्ट्रपति जेलेन्स्कीको अदूरदर्शिता र राजनीतिक टाटपल्टाइ सम्झेको हुनुपर्छ । मानव क्षति न्यून गर्न सर्वसाधारण युक्रेनी जनतालाई अन्यत्र सुरक्षित स्थानमा जाने अवसरका लागि रुसले गरेको केही घण्टाको युद्धबिरामलाई सकारात्मक ठानिए पनि स्थाइ युद्ध बिराममात्रै मानव न्यायोचित हुन्छ । यत्रो विधि धनजनको क्षति र ३० लाखभन्दा बढी निर्दाेष युक्रेनी जनता अन्य छिमेकी मुलुकहरूमा शरण लिन बाध्य भइसकेर पनि बङ्करभित्र सुरक्षित बसी सेल्फी तस्वीरहरूमार्फत आपूm वीर योद्धा भएको प्रमाण पेश गर्ने कार्यमा व्यस्त रहनुभन्दा कसैको बहकाइमा नलागी आफ्नै देशका जनता र देशभक्ति बौद्धिक वर्गको सल्लाहनुरूप स्थाइ शान्तिवार्ताको लागि शीघ्र पहल गर्नु राष्ट्रपति जेलेन्स्कीको बुद्धिमानी हुनेछ ।
नेटोमा सामेल भएका पूर्वसोभियत गणराज्यहरूले पनि स्थाइ शान्तिको लागि विद्यमान रुस–युक्रेन द्वन्द्वबाट धेरै सिक्न आवश्यक छ ।
अन्यथा, लिथुयानियाको मुन्तिर अवस्थित रुसको किलिनिन्ग्राड क्षेत्रबाट बाल्टीक राष्ट्रहरूमा पनि विपत्तको सम्भावना नजिकिन सक्छ । रुसले पनि संयम अपनाएर टर्कीमार्फत सुरु हुने शान्तिवार्ता सफल पार्न कोसिस गर्नुपर्छ । सङ्ग्राम ठूलो वा सानो मुलुक सबैका लागि घातक हुन्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *