कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ९ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा २०७८ चैत ९ देखि १२ गतेसम्म हुने प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ को बुधबार लिबालीको कभर्ड हलमा एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले खेलकुद प्रतियोगिता हार र जीत भन्दा पनि अनुशासन र मित्रताको लागि खेल्नुपर्ने बताउनुभयो ।
खेलकुद विकासको सम्बद्र्धन, प्रवद्र्धनको लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक भएको बताउँदै उहाँले राष्ट्रको गौरव बढाउने र अनुशासित ढङ्गले खेलाडीहरूले खेल प्रतियोगितामा भाग लिनु आवश्यक छ भन्नुभयो ।
उहाँले खेलकुदलाई नागरिकहरूको मौलिक अधिकारको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै भक्तपुर नगरपालिकाले भक्तपुरमा खेलकुद पूर्वाधारको विकासको निम्ति विविध खेलकुद प्रतियोगिताहरू आयोजना गर्नुका साथै नगरका विभिन्न स्थानहरूमा कभर्ड हलसमेत निर्माणमा तीव्रता दिइरहेको बताउनुभयो ।
नेपाल सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै खेलकुदबारे विश्वविद्यालय स्थापना गरी खेलाडीहरू दिक्षित गर्ने अवसर प्रदान गर्नुपर्ने भन्दै प्रमुख प्रजापतिले महेश्वरी खेलमैदानमा स्टेडियम बनाउन आवश्यक पहलहरू भइरहेको छ भन्नुभयो ।
नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगिता पूर्ण सफलताको कामना गर्नुहुँदै भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घ स्थापनाले ब्याडमिन्टन क्षेत्रको विकास र प्रवद्र्धनमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले खेलाडीहरूलाई उत्साहित गर्न यस किसिमको प्रतियोगिता आयोजना गरिनुपर्ने भन्दै खेलाडीहरूमा लुकेका प्रतिभा पहिचान र आफूमा भएको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सङ्घ स्थापनाको उद्देश्य र खेल विकासको लागि निर्वाह गर्दै आइरहेको भूमिकाबारे प्रस्ट पार्दै भक्तपुर नपाले निर्माण गरेको कभर्ड हलका कारण प्रतियोगिता सहज ढङ्गले सञ्चालन गर्न सहयोगी भूमिका खेलेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा सङ्घका उपाध्यक्ष नविन प्रजापतिले पनि बोल्नुभएको थियो भने रेफ्रीका तर्फबाट अनुपरत्न शाक्य र खेलाडीका तर्फबाट आयुष प्रजापतिले निष्पक्ष र अनुशासित ढङ्गले खेल सम्पन्न गर्न सपथ ग्रहण गर्नुभएको छ ।
खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरूले ब्याडमिन्टन खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रम सुरु हुनु अगाडि भक्तपुरको सूर्यमढी हुँदै लिवाली कभर्ड हलसम्म ¥याली भएको थियो ।
Leave a Reply