नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
रुस–युक्रेन युद्ध यसै वर्षको फेब्रुअरी २४ देखि सुरु भएको धारणा राख्नु त्यस्तै हो जस्तो संरा अमेरिका र नोर्मान्डी सहमतिमा सामेल मित्र शक्तिहरूले जून १९४४ मा ‘सार्वभौम’ र ‘प्रजातान्त्रिक’ भिसी फ्रान्समाथि हमला गर्नुलाई दोस्रो विश्वयुद्ध थालनी भएको मान्छन् । कहिल्यै नभुलौँ कि भिसी सरकार नाजीहरूको कठपुतलीमात्र थियो । त्यसैले त्यस सरकारले वार्ता र सम्झौताका अवसरहरूलाई लगातार अस्वीकार गरिरह्यो, युद्ध वर्षौँसम्म लम्बिरह्यो र नाजीहरूलाई रोक्ने एउटै उपाय युद्धमात्रै थियो ।
अमेरिकी साम्राज्यवादी सेना
नेटोलाई संरा अमेरिकी साम्राज्यवादको सेवामा रहेको सेनाको रूपमा बुझ्नु सबैभन्दा सही हुन्छ । त्यसलाई सामान्य ढङ्गले सार्वभौम राष्ट्रहरूको सङ्गठन मान्नु गल्ती हुन्छ । यसलाई संरा अमेरिकाले आफ्नो विश्व प्रभुत्वको महत्वाकाङ्क्षा पूरा गर्न अमेरिकी विदेश नीति लागु गर्ने ज्यावलको रूपमा प्रयोग गरिरहेको छर्लङ्ग छ । उक्त गठबन्धनका सदस्यहरूले आफ्नो सेना पूर्णरूपमा अमेरिकी सेनाको कमान्ड मातहत एकीकृत गर्नुपर्छ, अमेरिकी युद्ध सामग्रीहरू किन्नुपर्छ र आफ्ना नागरिकहरूलाई सेनाको रूपमा दिनु पनि पर्छ ।
सोभियत सङ्घको विघटन र शीतयुद्धको अन्त्य भएको मानिएपछि सोभियत सङ्घको हमला रोक्ने नाममा गठन गरिएको सैनिक सङ्गठन – नेटो पनि विघटन गर्नुभन्दा त्यसलाई विपरीत दिशामा अगाडि बढाइयो । नेटोभित्र शान्तिको प्रतिफल भन्ने कुरा केही भएन र नेटोले आफूलाई थप विस्तार नगर्ने वाचाहरूको सम्मान राखेन । बरु नेटो पूर्वतिर विस्तार गर्दै १४ वटा पूर्वसोभियत तथा पूर्वसमाजवादी देशहरूलाई सदस्य बनाएर रुसी महासङ्घको सिमानासम्मै पुग्यो ।
युक्रेनमा सन् २०१४ को सत्ताविप्लवभन्दा अगाडि नै २००६ मा युक्रेनलाई नेटोको सदस्यमा तान्ने संरा अमेरिकाको दुर्भाग्यपूर्ण निर्णयले रुसमाथि सम्भावित खतराको घण्टी बजाएको थियो । रियलपोलिटिकका अन्तर्राष्ट्रिय सम्बन्धका विद्वान जोन मियर्शेमरका अनुसार डिसेम्बर २०२१ सम्ममा संरा अमेरिकाले सशस्त्र पारेको युक्रेन नेटोको अघोषित सदस्य बनिसकेको थियो र रुसको लागि खतराको रेखा पार गरिसकेको थियो । निष्कर्षमा मियर्शेमर भन्छन्, “आज जे भइरहेको छ त्यसको प्राथमिकरूपमा जिम्मेवार पश्चिमाहरू नै हुन् ।”
शान्तिपूर्ण सम्झौताको असफलता
संयुक्त राष्ट्र सङ्घमा मार्च २ का दिन भेनेजुयाली प्रतिनिधिले संरा अमेरिकाको बढावाकै कारण मिन्स्क सम्झौता तोडिएको औँल्याउँदै युक्रेन सङ्कटको लागि संरा अमेरिका नै मुख्य दोषी भएको बताएका थिए । युक्रेनमा २०१४ मा भएको सत्ता विप्लवपछि मिन्स्क सम्झौता शान्तिपूर्ण समाधानको एक प्रयास थियो । मिन्स्क सम्झौतामा – युक्रेनी सेना र पूर्वी क्षेत्रका पृथकतावादीहरूबीच युद्धविराम, ठूला शस्त्रहरू अग्रमोर्चाबाट हटाउने, युद्धबन्दीहरूलाई रिहा गर्ने, डनबास क्षेत्रका निश्चित क्षेत्रहरूलाई स्वायत्त शासनको अधिकार प्रदान गर्ने गरी युक्रेनको संविधानमा सुधार र देशको सीमासम्म युक्रेनी सरकारको नियन्त्रण पुनःस्थापना गर्ने सहमति थियो । मस्को, किभ र डनबास क्षेत्रका पृथकतावादीहरू सबै त्यस सम्झौताका पक्षधर थिए । तर, त्यस सम्झौतालाई युक्रेनी सरकारले बेवास्ता गर्दै गयो र संरा अमेरिका तथा रुसको सुरक्षामा समेत गम्भीर सङ्कट उत्पन्न हुनेगरी रुसको सिमानासम्म पश्चिम युरोपका देशहरूबाट प्राप्त गरेका भीमकाय अस्त्रहरूको तैनाथी बढायो ।
युद्धको चर्काइ संरा अमेरिकाको लागि, युद्धको मत्थर सबैका लागि
संरा अमेरिकाभित्र आफ्नो काममा सुस्तताका कारण लोकप्रियता गुमाउँदै गएका अमेरिकी राष्ट्रपति जो बाइडेनका लागि युक्रेन–रुस युद्ध ठूलो राहत भएको छ । संरा अमेरिकी साम्राज्यवादका लागि नेटोलाई अझै एकताबद्ध गरी अगाडि लान, युरोपको ऊर्जा बजारमा रुसको आर्थिक प्रतिस्पर्धा घटाएर आफ्नो प्रभुत्व कायम राख्न, आफ्नो बढ्दो सैन्य बजेटको औचित्य पुष्टि गर्न र युद्ध सामग्रीहरू नेटो सदस्य रहेका देशहरूलाई भिराउन (बेच्न) पनि रुससितको युद्ध अनिवार्य थियो ।
नेटोले खरबौँखरब डलरका अस्त्रशस्त्र रुससित सिमाना जोडिएका देशहरूमा थुपारिसकेको छ र अहिले खतरनाक हतियारहरू युक्रेनमा खन्याउँदै छ । युक्रेनको नवनाजी सी–१४ (ऋज्ञद्ध) समूहका नेताले हालै एक युट्युव भिडियोमा हतियार देखाउँदै भनेका थिए, “हामीलाई यतिधेरै अस्त्रशस्त्र दिइएका छन् कि त्यसको कारण केही मानिसले भन्ने गरेजस्तो ‘पश्चिमले हामीलाई सहयोग गरिरहेको’ होइन बरु यी हतियार हाम्रा लागि सबैभन्दा राम्रा छन् । किनभने, हामी पश्चिमले हाम्रो लागि तोकिदिएका कार्य राम्ररी पूरा गर्छौँ । हामीलाई रमाइलो लागिरहेको छ र मार्न मर्नमा हामीलाई रमाइलै लाग्छ ।”
युक्रेनमा दक्षिणपन्थीहरूद्वारा सत्ता विप्लवपछिको आठ वर्षको अवधिमा त्यस देशको पूर्वी डनबास क्षेत्रमा आदिवासी रुसी मूलका जनता र युक्रेनी नियमित सेना तथा दक्षिणपन्थी, नवनाजी सशस्त्र बलबीचको लडाइँमा १४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका थिए । स्वघोषित डोनेत्स्क जनगणतन्त्र तथा लुहान्स्क जनगणतन्त्रले डनबास क्षेत्रमा अत्यधिक बहुसङ्ख्यामा रहेका आदिवासी रुसीहरूको अधिकारको रक्षा गरे र युक्रेनबाट अलग्ग भएको घोषणा गरे । त्यसलाई रुसले फेब्रुअरी २१ का दिन मान्यता प्रदान ग¥यो । तर, वास्तवमा यो देखिएको सतही दृश्यमात्र थियो । संरा अमेरिकी सरकारले ८० प्रतिशत खर्च व्यहोर्ने अर्धसरकारी ¥यान्ड कर्पोरेसनको योजना पुस्तकमा लेखिएको थियो, “संरा अमेरिका र त्यसका सबै मित्रहरूले आफ्ना सबै आर्थिक, राजनीतिक र सैनिक क्षेत्रहरूलाई रुसको अर्थतन्त्र, सशस्त्र बल तथा रुसी शासनको घरेलु तथा बाह्य राजनीतिको अडान डगमगाइदिन दबाबका लागि प्रयोग गर्नुपर्छ ।”

पश्चिमी स्रोतहरू तथा रुसमा आफूलाई वामपन्थी भनी परिचय दिने केही मानिसका अनुसार यस्ता द्वन्द्वको विध्वंसात्मक परिणाम रुसी महासङ्घको विघटनसम्म हुनसक्छ । संरा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का पश्चिम गोलाद्र्धका लागि निर्देशक ह्वान एस. गोन्जालेजका अनुसार रुसमाथिको प्र्रतिबन्धहरूको योजना क्युवा, भेनेजुयला र निकारागुआजस्ता देशलाई प्रहार गर्नका लागि गरिएको हो । रुसबाट आर्थिक र व्यापारिक सहायता पाइरहेका ती तीनवटै देशमा वासिङ्टनले सत्ता परिवर्तनको लागि चलखेल गरिरहेको छ । युक्रेनका सबै जातजातिका जनताका लागि भने यस द्वन्द्वबाट कुनै लाभ वा जीत प्राप्त हुनेछैन । त्यसैले नीति अध्ययन प्रतिष्ठान र अनुसन्धाता फिलिस बेनिसले यो युद्ध संरा अमेरिकाले सल्काएको ठोकुवा गरेका छन् ।
रुसलाई युरोपबाट अलग्ग राख्ने नीति
रुसको बाँकी युरोपसित शान्तिपूर्ण एकता संरा अमेरिकी साम्राज्यवादको लागि ठूलो खतराको रूपमा लिइयो । एकताबद्ध युरोप वा हार्दिक सम्बन्धसहितको युरोप त्यहाँ रहे अमेरिकी प्रभुत्वको अन्त्यको थालनी हुन्थ्यो । त्यसैले संरा अमेरिकाको लामो भूराजनैतिक खेलको लक्ष्य युरोपलाई एकताबद्ध हुनबाट रोक्नु थियो । यदि युरोपमा शान्ति कायम भयो र रुस जर्मनी, फ्रान्स एवम् इटालीको साझेदार बन्यो भने ‘संरा अमेरिकी रणनीतिक हितहरू’ कायम रहन सक्दैनथ्यो । रुससहितको बढी स्वाधीन युरोपको सम्भावना थियो र त्यसले संरा अमेरिकाको प्रभुत्व कायम रहेको एटलान्टिकवादी परियोजना (नेटोसहित) को लागि चुनौती उत्पन्न गथ्र्यो ।
रुसी प्राकृतिक ग्यास बाल्टिक सागरमुनि बिछ्याइएको पाइपलाइन भएर सीधै जर्मनीमा आपूर्ति हुने नोर्ड स्ट्रीम–२ परियोजनालाई संरा अमेरिकाले अत्यन्त शत्रुतापूर्वक लिएको छ, कारण त्यसले अमेरिकी लिक्विफाइड नेचुरल ग्यास आपूर्तिकर्ताहरूलाई प्राप्त भइरहेको फाइदामा प्रतिकूल असर पथ्र्याे । वासिङ्टनले पहिले रुसमाथि अवैध एकपक्षीय आर्थिक नाकाबन्दी थोपर्न खोजेको थियो तर नेटोका सदस्य राष्ट्रहरू नै त्यसको विपरीत गएका थिए । अहिले चालु भिडन्तले निश्चितरूपमा पश्चिम युरोपेली देशहरूमाझ विवेकशीलता र रुससित सहयोगात्मक आर्थिक सहकार्य गर्ने विचारलाई निरुत्साहित पारेको छ । रुसलाई बाँकी युरोपसित अलगअलग पार्नु नै अमेरिकी साम्राज्यवादी परियोजनाको अत्यन्त ठूलो विजय हो । रुस र ती युरोपेली देशहरूबीच आर्थिक, सांस्कृतिक एवम् राजनीतिक आदानप्रदान गर्ने जे जति सहमति भएका थिए, अहिले ती खारेज भएका छन् वा स्थगनमा परेका छन् ।
प्रभाव क्षेत्रहरू र अन्तरसाम्राज्य शत्रुता
रुस र युक्रेनको बीचमा १४२६ माइल लामो सिमाना छ भने रुस युक्रेनलाई आफ्नो सुरक्षाको घेराभित्र रहेको तथा आफ्नो राष्ट्रिय सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको ठान्दछ । संरा अमेरिका आन्ध्र महासागरपारि युक्रेनबाट ५,७०५ माइल टाढा छ र तैपनि युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा रहेको दाबी गर्छ । त्यसैले यहाँ स्पष्टरूपमा रुस र संरा अमेरिकाको प्रभाव क्षेत्रको द्वन्द्व देखिन्छ ।
वर्तमान भूराजनीतिक आयामहरू बुझ्न लेनिनले सन् १९१६ मा रचना गर्नुभएको ‘साम्राज्यवाद ः पुँजीवादको उच्चतम चरण’ कृति अध्ययन गर्नुपर्छ, त्यसमा लेनिनले अन्तरसाम्राज्य शत्रुताको विशेषता राम्ररी नै चित्रण गर्नुभएको छ । हुन त आजको एउटै महाशक्ति प्रभुत्व जमाएको र अन्य साम्राज्यवादी शक्तिहरू (युरोपेली सङ्घ, ब्रिटेन र जापान) सहायक साझेदार भएको विश्वलाई बुझ्नको लागि त्यो सिद्धान्त एउटै पर्याप्त छैन तर कसरी पुँजीको राष्ट्रिय केन्द्रहरूबीच घाँटी रेट्ने प्रतिस्पर्धा हुन्छ भनी बुझ्न सहज हुनेछ ।
आजको विश्वमा एउटैमात्र महाशक्ति छ जसको विदेशी भूमिमा सयौँ सैनिक आधारहरू, विश्वको रिजर्भ मुद्रा र विश्वव्यापी भुक्तानी तथा कारोबारको प्रणाली स्विफ्ट (क्ध्क्ष्ँत्) माथि नियन्त्रण रहेको छ । सामान्यतया द्वन्द्व घटाउनका लागि पुँजीवादी केन्द्रहरूको साम्राज्य नियन्त्रणको प्रतिस्पर्धा खुकुलो हुनुपर्छ वा सम्झौतामा पुग्नुपर्छ । त्यतिमात्र होइन, आजको परिस्थितिलाई दुई साम्राज्यवादी खेमाबीचको भिडन्तको रूपमा बुझ्ने हो भने हामी धेरैलाई कुनै पनि पक्ष लिन हौस्याउने छैन । निश्चितरूपमा दोस्रो विश्वयुद्ध एक अन्तर साम्राज्यवादी युद्ध थियो तर त्यसमा पनि समाजवादीहरूले एक्सिस पोल वा नाजी तथा फासीवादीहरूविरुद्ध अलाइज पोलको पक्ष लिएका थिए । आज संरा अमेरिकाले तेस्रो विश्वयुद्ध खोजिरहेको छ, त्यसैले उसले युक्रेनमा मात्र भाँडो हल्लाइरहेको छैन बरु थाइवान, अफ्रिका र जताततै निहुँ खोजिरहेको छ ।
शक्तिको असन्तुलन
आजको प्रतिस्पर्धामा शक्तिको असन्तुलन देखिएको छ । रुस र संरा अमेरिकासित तुलनात्मकरूपमा बराबरीजस्तै परमाणु हतियारहरू रहेका छन् तर रुससित उत्तर अमेरिकामा कुनै प्रकारको सैनिक आधार छैन जबकि युरोपमा संरा अमेरिकाको कम्तीमा ६ वटा परमाणु अस्त्र आधार र धेरै नै परम्परागत सैनिक आधारहरू छन् । संरा अमेरिकाको सैनिक बजेट रुसको भन्दा ११.९ गुणा बढी छ, वासिङ्टनका नेटो साझेदारहरूको सैनिक बजेट त बाँकी नै छन् । त्यस्तै, संरा अमेरिकी अर्थतन्त्र रुसको भन्दा १२.५ गुणा ठूलो छ । विश्वका ५०० जना सर्वाधिक धनीमध्ये ४ जनामात्र रुसी पर्छन् जबकि, १२२ जना अमेरिकी पर्छन् । रुसको श्रम उत्पादकत्व संरा अमेरिकाको शतप्रतिशतको तुलनामा ३६ प्रतिशत मात्र रहेको छ । वित्तीय पुँजीको हिसाबले विश्वका सर्वाधिक ठूला १ सय बैङ्कमध्ये ११ वटा अमेरिकाका छन् भने रुसको एउटामात्र छ । संरा अमेरिका विश्वमा सबैभन्दा बढी वैदेशिक लगानी गर्ने देश हो भने रुस अहिले विदेशी पुँजी भित्र्याउने दस प्रमुख देशमध्ये रहेको छ । संरा अमेरिका र उसका मित्रहरूले प्रतिबन्ध लगाएपछि विदेशी लगानीमा पनि उल्लेख्य कमी हुने देखिन्छ ।

विश्लेषक स्ट्यान्सफिल्ड स्मिथ निष्कर्ष निकाल्छन्, “विश्वको साम्राज्यवादी क्रियाकलापमा रुसले निकै सानो भूमिकामात्र निर्वाह गर्दछ, आफ्नै देश वरिपरिमात्र लगानी निर्यात गर्दछ र विकासशील देशहरूको श्रम तथा स्रोतहरूबाट मात्र केही नाफा कमाउँछ । रुस यतिखेर संरा अमेरिकी नेतृत्वको साम्राज्यवादको तारो बनेको छ, दुईपक्षीय भिडन्तको लागि अमेरिकाले युक्रेनलाई मोहरा बनाएको छ ।”
अन्तर्राष्ट्रिय समुदायको पाखण्ड
संरा अमेरिका र पश्चिमाहरूले रुसले युक्रेनमाथि हमला ग¥यो भनी ‘अन्तर्राष्ट्रिय समुदाय’ माझ जतिसुकै कोकोहोलो मच्चाए पनि त्यसमा रुससित केही नैतिक आधार रहेको विश्वमा सबैले बुझेका छन् । बाइडेनले अहिले नियममा आधारित व्यवस्थाको पाठ सिकाइरहेका छन् जहाँ संरा अमेरिकाले संयुक्त राष्ट्र सङ्घको बडापत्र र मान्यता प्राप्त अन्तर्राष्ट्रिय कानुनविपरीत नियमहरू बनाउँछन् अनि बाँकी विश्वले त्यसलाई पालना गर्नुपर्छ ।
क्युवाबाट पत्रकार आन्जेल गुयरा क्याब्रेराले खेद जनाएका छन्, “हाम्रो क्षेत्रमा संरा अमेरिकाले ती सिद्धान्तहरूको खुलमखुला उल्लङ्घन गरी ग्वाटेमाला, क्युवा, हाइटी, डोमिनिकन गणतन्त्र, ग्रेनाडा र पनामामा अवैध सैनिक आधार राखिरहेको छ भने क्युवा, भनेजुयला र निकारागुवाले निरन्तर अमेरिकी आक्रमणको धम्की व्यहोरिरहेका छन् । अमेरिकी नीतिकै कारण प्युर्टोरिकोको स्वतन्त्र अस्तित्व मेटिएको छ ।” अन्तर्राष्ट्रिय कानुनका ज्ञाता अल्फ्रेड डे जायास हामीलाई स्मरण गराउँछन् “तथाकथित अन्तर्राष्ट्रिय समुदायले संयुक्त राष्ट्र सङ्घको धारा २ (४) को उल्लङ्घनलाई जायज भनी स्विकारेको देखिन्छ । संरा अमेरिकाले ग्वाटेमाला, क्युवा, हाइटी, डोमिनिकन गणतन्त्र, ग्रेनाडा, पनामा, भेनेजुयलामा हस्तक्षेप गर्दा र नेटो फौजले अफगानिस्तान, इराक, लिविया, सोमालिया, सिरिया र युगोस्लाभिया तथा इजरायलले प्यालेस्टिनलगायत छिमेकी अरब देशहरूमाथि हमला गर्दा, त्यस्तै साउदी अरेबियाले यमन र अजरबैजानले नोगोर्नो काराबाखमाथि र टर्कीले साइप्रसमाथि हमला गर्दा अन्तर्राष्ट्रिय समुदायले विरोध र निन्दा प्रस्ताव पारित गरेको खोइ ?”
यो युद्धको अन्त्य कसरी हुनेछ ?
नयाँ शीतयुद्ध सुरु भएको छ र त्यसलाई एक पक्षले कसरी लिन्छ भन्ने कुराको कुनै अर्थ छैन । द्वन्द्वको विषय बुझ्नु नै यहाँ महत्वपूर्ण कुरा हो । अहिले विशेषगरी अमेरिकी भनाइले मात्र सञ्चारमाध्यम ढाकिएको छ र पनि रुसी सञ्चारमाध्यमहरू स्पुतनिक र आरटीले पुल्टिजर पुरस्कार विजेता पत्रकार क्रिस हेजेजलगायत अमेरिकी बुद्धिजीवीहरूको अन्तर्वार्ता लिएका छन् । अमेरिकी बुद्धिजीवीहरूलाई त्यहाँकै सरकारले चुप लगाएको स्थिति छ । विश्व नयाँ शीतयुद्धतिर अगाडि बढिरहेको छ । पहिले समाजवाद र शान्ति रहेका क्षेत्रहरूलाई युद्धमा झोसिइँदै छ । विश्वव्यापी वामपन्थको दृष्टिकोण अभिव्यक्त गर्दै ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले टिप्पणी गरेका छन्, “हामी कसैको शत्रु बन्न चाहँदैनौँ । हामी कुनै नयाँ शीतयुद्धको पक्षमा छैनौँ, न त आजको विश्व नै त्यसको पक्षमा रहेको छ, त्यसले पूरै विश्वलाई बेकामको द्वन्द्वमा घिसार्ने र मानवतालाई खतरामा पु¥याउने निश्चित छ ।”
यतिखेर कुनै पाठ सिक्नु नै छ भने त्यो हो – अन्त्यहीन युद्धको अन्त्यले मात्र सधैँ युद्ध भड्काइरहने संरा अमेरिकी साम्राज्यवादी परियोजनाको अन्त्य सम्भव छ ।
अनुवाद : प्रकाश
Leave a Reply