नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ११ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयकोे २२ औँ, ख्वप कलेजको २० औँ र शारदा क्याम्पसको ३१ औँ वार्षिक उत्सव कार्यक्रमको शुक्रबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले वार्षिकोत्सव पूर्ण सफलताको कामना गर्दै आगामी दिनहरूमा उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । देशको परिस्थितिबारे विद्यार्थीलाई अवगत गर्दै लानुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले शैक्षिक प्रमाणपत्र थुपार्ने शिक्षाको केही महत्व नभएको बताउनुभयो ।
देशको युवा जनशक्ति विदेशिँदा र खरबौँ खाद्यान्न वस्तु विदेशबाट आयात गर्नुपर्दा देशको अर्थतन्त्र परनिर्भर बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नेपालले सस्तोमा भारतलाई बिजुली बेच्ने र महँगोमा भारतबाट बिजुली आयात गर्ने नीतिले देशलाई आर्थिकरूपले परनिर्भर बनाउँदै लाने धारणा राख्नुभयो ।
जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीहरूले देशको सार्वभौमिकता र स्वतन्त्रताको पक्षमा उभिनुपर्छ भन्दै उहाँले देशघाती एमसीसी सम्झौताको विरोध ¥यालीमा ख्वपका विद्यार्थीहरूको उत्साहजनक सहभागिता चर्चायोग्य भएको बताउनुभयो ।
देशको स्वतन्त्रता र सार्वभौमिकता खण्डित हुने काम कसैबाट पनि हुन नहुने भन्दै अध्यक्ष बिजुक्छेँले एमसीसीले दीर्घकालीनरूपमा देशलाई उपनिवेश बनाउने र नेपाललाई पनि नाटोको सदस्य बनाउने हो कि भन्ने शङ्का व्याप्त रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले स्वास्थ्य–शिक्षा निःशुल्क, स्वदेशमा रोजगारी, आवश्यक सेवा र वस्तुको वितरणमा राज्यको जिम्मेवारी हुुनुपर्ने आवाज नेमकिपाले उठाउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षामा निजीकरण गरिँदा एमबीबीएस कलेजका सञ्चालकहरूले एकजना विद्यार्थीसँग २०–३० लाख रुपियाँ थप शुल्क असुल्दै छन् । केही सञ्चालक नेकाको महाधिवशेन सदस्य नै भएको खुल्यो ।”
“प्रम शेरबहादुर देउवा विश्वविद्यालयहरूको कुलपति हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षलगायत ३६ ओटा विभागमा नेकाकौ विद्यार्थी सङ्गठन नेविसङ्घले ६२ दिनदेखि तालाबन्दी गर्दै छ । कुलपति एवं प्रम देउवा केही गर्न नसक्ने अवस्थामा छन्”, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “एमसीसी सम्झौताका दफाहरूमा अमेरिकाको वर्तमान र भविष्यको कानुन पालना गर्नुपर्ने उल्लेख छ । अमेरिकी मन्त्रीको फोन धम्कीमा झुकेर नेका, माओवादीलगायतले एमसीसी सम्झौता संसद्बाट पारित गरेका हुन् ।”
“प्रम देउवाले एमसीसी सम्झौताको रकम सितैमा आउने बताए भने उहाँका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गोलियाले एमसीसीको दुई ओटा सम्झौताको रकम लिएको बताए । तर, मङ्गोलियाको सेनालाई अमेरिकाले अफगानिस्तान र इराक आक्रमणमा सँगै लिएर गएको हो । मङ्गोलियाको सेनालाई अमेरिकी साम्राज्यको गोर्खाली बनाइएको छ”, सांसद सुवालले बताउनुभयो ।
रुसले युक्रेनलाई असैन्यीकरण गर्न लागेको हो, आक्रमण गरेको होइन । युक्रेनबारे संरा सङ्घमा देउवा सरकारले अमेरिकी दबाबमा रूसको विपक्षमा मत दिएको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हो”, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “भारतीय एकाधिकार पुँजीले नेपालको जलस्रोत कब्जा गर्ने र ग्यास र बिजुली महँगोमा नेपाललाई बिक्री गर्ने गर्दै आएको छ । भारतका कामदार जनताको सरकार नभएसम्म नेपालको हित हुनेछैन, सांसद सुवालले भन्नुभयो ।
नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले शिक्षा क्षेत्रमा छात्राहरूको उत्साहजनक सहभागिताले देश र समाजलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन मद्दत पुग्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले स्थापना गरेका ख्वप सर्कलका कलेजहरूले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुका साथै नेपालको शिक्षा क्षेत्रमासमेत ठूलो योगदान पु¥याएको सांसद सुवालले बताउनुभयो ।
युद्धमा समेत शैक्षिक गतिविधि बन्द हुन नहुने भन्दै सांसद सुवालले शासक दलका विद्यार्थीहरूले गरिरहेको बन्द हड्ताल, तालाबन्दीलगायतका विषय न्यायोचित नभएको बताउनुभयो । उहाँले देशघाती एमसीसी सम्झौता नेपाललाई सित्तैमा आएको विषसरह हो भन्दै एमसीसी संसद्बाट अनुमोदन गर्नकै निम्ति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइएको कुरा प्रस्ट पार्नुभयो ।
ख्वप मा.वि. तथा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालय तथा कलेजहरूको शैक्षिकस्तर माथि उकास्ने काम गर्दै आइरहेको बताउनुभयो ।
शिक्षालाई व्यापारीकरण गरेकै कारण निजी कलेजहरूको खोल्ने क्रम बढ्दै गइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहुलियत दरमा शैक्षिक ऋण र छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो ।
समाजवादउन्मुख राज्य व्यवस्थामा शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँच हुने उल्लेख गर्दै भक्तपुर नगरपालिकाले पनि समाजवादी मोडलअनुसार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी काम गर्दै आइरहेको बताउनुभयो ।
बाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले देशघाती एमसीसीको विरोधमा ख्वप सर्कलका विद्यार्थीहरूको उत्साहजनक सहभागिताले यहाँ अध्ययनरत विद्यार्थीहरूमा देशभक्तिको भावना रहेको बताउनुभयो ।
छिमेकी देश चीन र भारतबीचको सम्बन्धबारे विद्यार्थीहरूले जानकारी हासिल गर्नुपर्ने विचार व्यक्त गर्दै विद्यार्थीहरूलाई विद्यालय तहबाटै कूटनीति र देशको राजनीतिक विषयवस्तुबारे शिक्षित गर्दै लानुपर्ने बताउनुभयो ।
बाग्मती प्रदेशका सभासद् सृजना सैँजूले ख्वप कलेज आज देशकै प्रतिष्ठित र लोकप्रिय शैक्षिक संस्थाको रूपमा अगाडि बढिरहेकोमा खुसी व्यक्त गर्दै ख्वप सर्कलले देशको निम्ति योग्य नागरिकहरू तयार गरिरहेकोे बताउनुभयो ।
समाजवादी देशहरूमा विद्यालयस्तरबाटै विचारधारात्मक र प्राविधिक शिक्षालाई जोड दिने गरेको प्रसङ्ग जोड्दै सांसद सैंजूले विद्यमान शैक्षिक बन्दोबस्तले बेरोजगारी बढाएको र युवा जनशक्ति विदेशिने सिलसिलालाई टेवा पु¥याइरहेको बताउनुभयो ।
देशको शैक्षिक स्थिति भताभुङ्ग हुनुमा शासक दल नै दोषी भएको बताउँदै उहाँले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण र निजीकरणविरूद्ध ख्वप कलेज उभेको छ भन्नुभयो ।
ख्वप मा.वि. तथा कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् भनपा उपप्रमुख रजनी जोशीले देशभरका विद्यार्थीहरूलाई स्तरीय शिक्षा प्रदान गर्न ख्वप सर्कल सफल भएको बताउँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रूपमा विकसित गर्दै जाने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, प्रा.डा. भीमप्रसाद सुवेदीले भक्तपुरको उच्च शिक्षाको स्थिति निकै उत्साहजनक भएको चर्चा गर्दै नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको विद्यार्थी सङ्ख्या र उत्तीर्ण सङ्ख्या निकै राम्रो भएको बताउनुभयो । भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको आशालाग्दो कामको प्रशंसा गर्दै यी कलेजहरूलाई विश्वविद्यालयको रूपमा लैजाने विषयमा सहयोग गर्न सकारात्मक भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी र ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र शिक्षक कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
त्यस्तै वार्षिकोत्सवको अवसर पारेर ख्वप कलेज र ख्वप मावि प्लस टु लेभल, स्नातक र स्नातकोत्तरका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने चार्टर्ड एकाउन्टेन्सी डिसेम्बर २०२१, काप ३ लेभल परीक्षामा नेपाल टप हुन सफल विद्यार्थी रोचक श्रेष्ठ र ख्वप कलेज तथा ख्वप माविमा दस वर्ष सेवा अवधि पूरा गरेका शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
त्यसैगरी वार्षिकोत्सवको अवसरमा आयोजित पुरूष र महिला ख्वप दौड प्रतियोगिता ३००० मि., सट पुट, चेस, टेबलटेनिस, अन्तरविद्यालय बास्केटबल प्रतियोगिताका विजयीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने खेलका निर्णायकहरूलाई कदरपत्र वितरण गरिएको थियो ।
Leave a Reply