कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
नयाँ दिल्ली, ११ चैत । शुक्रबार तीनदिने भ्रमणको निम्ति काठमाडौँ आउनुअघि चीनका विदेश मन्त्री वाङ यी भारतमा हुनुहुन्थ्यो । भारतमा उहाँले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा वाङले चीन र भारतले विश्व र क्षेत्रीय शान्ति र स्थायित्व प्रवद्र्धनको निम्ति दीर्घकालीन दृष्टिकोण अंगीकार गरी आ–आफ्नो स्थानबाट योगदानको लागि काम गर्नुपर्ने बताउनुभयो ।
“चीन र भारतको लागि ‘मैत्रीपूर्ण सहकार्य’ नै ‘मूल पथ’ हुनुपर्ने भन्दै वाङले दोभललाई दुई देशबीचको एक हजारभन्दा लामो सभ्यताको सम्बन्ध भएको बताउनुभयो । विदेशमन्त्री वाङले चीन र भारतले एकअर्कालाई खतराको रूपमा नभई आपसी विकासको निम्ति अवसरको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले दुई देशबीचको सीमा मुद्दालाई उपयुक्त स्थानमा राख्नुपर्ने बताउनुभयो ।
“दुई देशले एक अर्काको विकासलाई दुवै पक्षको लागि लाभदायक बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
भारतको विकास र पुनरोदयलाई चीनले सहयोग गर्ने र अन्तर्राष्ट्रिय मामिलामा थप महत्वपूर्ण भूमिका खेल्ने भारतको प्रयासलाई चीनले मद्दत गर्ने भन्दै उहाँले चीन ‘एकध्रुवीय एसिया’ को पक्षमा नरहेको र क्षेत्रीयरूपमा भारतको पहिलेदेखिको भूमिकालाई चीनले सम्मान गर्ने बताउनुभयो ।
“चीन स्वस्थ अन्तरक्रियासहित सहकार्यको ढाँचा अघि बढाउन दक्षिण एसियामा ‘चीन–भारत प्लस’ सहकार्यको सम्भावनाबारे खोजी गर्न तयार छ । त्यस्तो सहकार्यबाट आपसमा हितकारी र उच्च तहमा सबैलाई लाभदायक र व्यापक सहकार्य प्राप्त हुन सकोस्”, विदेशमन्त्री वाङले भन्नुभयो ।
बहुपक्षीय प्रक्रियामा सहकार्यात्मक ढङ्गले दुवै देशले भाग लिनुपर्ने चिनियाँ कूटनीतिक नेताको भनाइ थियो ।
विश्व व्यवस्थामा यो वर्ष र अर्को वर्ष ‘एसिया समय’ देखिने चर्चा गर्दै चीन र भारतले क्रमशः ब्रीस शिखर सम्मेलन, जी २० को शिखर सम्मेलन र साङ्घाई सहकार्य सम्मेलन आयोजना गर्ने स्मरण गराउनुभयो । उहाँले जब चीन र भारतले एकै आवाजमा बोल्दा सिङ्गो संसारले सुन्नेछ र जब दुई देशले हात मिलाउनेछन्, तब संसारको ध्यान तानिनेछ भन्नुभयो ।
दुई पक्षले बहुपक्षतावादको प्रवद्र्धनको लागि थप सकारात्मक सङ्केत प्रवाह गर्न र विश्व व्यवस्थामा सुधार गर्न थप सकारात्मक ऊर्जा उत्सर्जन गर्न संवाद, सहकार्य र आपसी सहयोगतिर अघि बढ्नुपर्ने मन्त्री वाङको भनाइ थियो ।
Leave a Reply