न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
रूपन्देही, १२ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले राज्यले स्वास्थ्यको जिम्मा नलिँदा कुनै रोग लाग्नु भनेको नागरिकको सर्वस्वहरणको सजायजस्तै विपत्ति हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी प्रजातन्त्रमा कामदार जनताको जीवन कष्टकर हुन्छ ।”
बहुमत कामदार जनतालाई माथि उठ्न नदिनु नै पुँजीवादी व्यवस्थाको विशेषता भएको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले पुँजीवादी व्यवस्थामा जसले खेती गर्छ उसको हातमा जग्गा नहुने र जसको नाममा जग्गा छ उसले खेती काम गर्दैन भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी रूपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको कार्यकर्ता भेलामा केन्द्रीय सदस्य गोसाईले मजदुर र किसानहरूलाई सुशिक्षित बनाउँदै कामदार वर्गलाई अगाडि बढाउन नेपाल मजदुर किसान पार्टी स्थापना भएको बताउनुभयो ।
सामान्य किसान परिवारमा हुर्केका चिनियाँ नेता माओ त्सेतुङ तथा भियतनामी नेता हो चिमिन्हले आ–आफ्नो देशलाई मुक्त पार्न सफल भएको उल्लेख गर्दै केन्द्रीय सदस्य गोसाईले क्रान्तिकारी व्यक्तित्वहरूको जीवनी अध्ययनबाट आफूलाई पनि देशको परिवर्तनको निम्ति प्रेरित गर्छ भन्नुभयो ।
अमेरिकी साम्राज्यवादको सैन्य रणनीतिअन्तर्गतको एमसीसी सम्झौता पारित गरेर नेपाली शासकहरूले देशको सार्वभौमिकतामा आँच पु¥याउनुको साथै छिमेकीघात गरेको बताउँदै केन्द्रीय सदस्य गोसाईले नेपाल दक्षिण एसियामै महत्वपूर्ण रणनीतिक क्षेत्रमा रहेको र मनाङ, मुस्ताङमा क्रियाशील युरोपियन युनियन, संरा अमेरिका र भारतीय संस्थाका कार्यालयहरूमा कुनै दिन हतियार भेटिए आश्चर्य मान्नु नपर्ने हुनसक्छ भन्नुभयो ।
भेलामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ते¥हौँ राष्ट्रिय सम्मेलन तयारी समितिका उपाध्यक्ष सुरेस परियारले शिक्षामा नवउदारवादविरूद्ध नेक्राविसङ्घले सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
भेलाले हरिसुन्दर वासीको अध्यक्षतामा १४ सदस्यीय नेपाल मजदुर किसान पार्टी रूपन्देही पुनःगठन गरेको छ । सोही भेलाले कृष्ण पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ रूपन्देही पनि पुनःगठन ग¥यो ।
Leave a Reply