न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
भक्तपुर, १२ चैत । गणेश मा.वि. भार्वाचोको आयोजनामा उक्त विद्यालयका संस्थापक, भक्तपुर नगरपालिकाका पूर्वमेयर एवं किसान नेता ज्ञानबहादुर न्याइच्याईको ११ औंँ स्मृतिसभा र छात्रवृत्ति तथा कदरपत्र वितरण कार्यक्रम शनिबार भनपा वडा नं १ को कार्यालय प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले दिवङ्गत न्याइच्याईप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँ एक इमानदार पार्टी कार्यकर्ता र किसान अगुवा हुनुहुन्थ्यो भन्नुभयो ।
पद मुख्य होइन देश र जनताको सेवा मुख्य हो भनी मान्ने उहाँको आदर्शको स्मरण गर्दै उहाँले नयाँ पुस्तालाई पुरानो पुस्ताको त्याग, सङ्घर्ष र योगदानबारे जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयले विद्यार्थीहरूलाई समाजको भलाइको लागि काम गर्ने स्वयम्सेवी भावना र नागरिक भावना सिकाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसबाट समाजको हित हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवं किसान नेता गोविन्द दुवालले निरङ्कुश पञ्चायती कालमा किसानहरूको हक–हितका लागि भएका किसान सङ्घर्षमा ज्ञानबहादुर न्याइच्याईको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
उहाँले कामदार वर्गका जनताको हितको लागि ज्ञानबहादुर दाइले जीवन अर्पण गर्नुभएको उल्लेख गर्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले ज्ञानबहादुर न्याइच्याईलगायत नेमकिपाका अग्रज कार्यकर्ताहरूले समाजमा शिक्षा प्रचारका लागि विद्यालयहरू स्थापना गरेको बताउनुभयो ।
उहाँले हरेक कार्यकर्ताले सिद्धान्त र विचारमा जोड दिनुपर्छ भन्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भनपाले ज्ञानबहादुर न्याइच्याईजस्ता जनताका अग्रज प्रतिनिधिहरूले देखाएको बाटोमा काम गरेर जनताको सेवा गरिरहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले ज्ञानबहादुर दाइले पार्टीको सिद्धान्त र नीतिलाई सधैँ प्राथमिकतामा राखी काम गर्नुभएको स्मरण सुनाउनुभयो ।
विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा नेमकिपा भनपा १ नं वडा समितिका अध्यक्ष लक्ष्मीनारायण राजलवट, बासु माविका प्रअ अम्बिका न्याईच्याई र ई. दयाप्रसाद न्याईच्याईले पनि ज्ञानबहादुर न्याइच्याईबाट सिकेर सामाजिक सेवा र समाज परिवर्तनको लागि योगदान पु¥याउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा ज्ञानबहादुर स्मृति अक्षयकोषका लागि आर्थिक तथा भौतिक सहयोग गर्नुभएका महानुभावहरूलाई सधन्यवाद कदरपत्र तथा कक्षा १ देखि १० सम्मका १० जना विद्यार्थीहरूलाई ज्ञानबहादुर स्मृति छात्रवृत्ति वितरण गरिएको थियो ।
Leave a Reply