युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
संरा अमेरिकाले युक्रेनलाई नाटोको सदस्य बनाउने धम्की दियो । त्यही कारण युक्रेनमा सैनिक द्वन्द्व भयो । यसबाट संरा अमेरिका आफ्नो आक्रामक अन्तर्राष्ट्रिय सैनिक नीतिको नयाँ सीमा उल्लङ्घन गर्न तयार भएको देखिएको छ । पहिला संरा अमेरिकाले आफूभन्दा ज्यादै कमजोर सैनिक शक्ति भएका विकासशील देशहरूविरुद्ध सैनिक हमला गरेको थियो । जस्तै सन् १९९९ मा सर्विया, सन् २००१ मा अफगानिस्तान, सन् २००३ मा इराक, सन् २०११ मा लिवियामा संरा अमेरिकाले हमला गरेको थियो । तर, युक्रेनलाई नाटोको सदस्य बनाउने संरा अमेरिकी धम्कीले आणविक हतियारसहित बलियो सैनिक शक्ति भएको देश रुसको सबभन्दा आधारभूत राष्ट्रिय हित प्रभावित गर्ने कुरा उसलाई राम्ररी थाहा छ । तथापि उसले खुलमखुला रुसको ‘लक्ष्मण रेखा’ पार गरेको छ ।
सन् १९९२ देखि २००० सम्म म मस्कोमा बस्थेँ । मलाई रुसका प्रमुख राजनीतिक दृष्टिकोणबारे राम्ररी थाहा छ । उनीहरूबीचमा जे जस्तो मतभिन्नता भए पनि युक्रेनलाई नाटोको सदस्य बनाउनुको अर्थ मस्कोबाट केही मिनेट उडेर पुगिने ठाउँमा मिसाइल तैनाथ गर्नु हुने कुरा थाहा छ । त्यो भनेको उनीहरूको लागि घातक सैनिक खतरा हुने छ ।
त्यसकारण रुसजस्तो ठुलो शक्तिविरुद्ध हमला गर्न संरा अमेरिकाले विकासशील देशहरूविरुद्ध सैनिक धम्की बढायो । त्यसो गर्नु अन्यायपूर्ण हो । तर, विश्वयुद्ध हुने प्रत्यक्ष खतरा भने हुँदैन ।
त्यसकारण संरा अमेरिकी हमला किन बढिरहेको छ भन्ने कुराको विश्लेषण गर्न जरुरी छ । के यो अस्थायी हो ? के यसपछि संरा अमेरिका शान्तिपूर्ण बाटोमा फर्किन्छ ? अथवा यो संरा अमेरिकी नीतिको स्थायी पक्ष हो ?
यो सबै देशसँग जोडिएको महत्वपूर्ण विषय हो । तर, विशेषतः यो मुद्दा चीनसँग जोडिएको छ । रुसविरुद्ध तनाव बढेसँगै संरा अमेरिकाले एक चीन नीतिमाथि पनि हमला सुरु गरेको छ । उसलाई एक चीन नीति चीनको सबभन्दा आधारभूत राष्ट्रिय हितसँग जोडिएको नीति र संरा अमेरिका–चीन नीतिको आधार भएको कुरा थाहा छ । युक्रेनलाई नाटोमा सामेल गरेर जसरी रुसको लक्ष्मण रेखा नाघ्ने प्रयास भएको थियो, त्यसरी नै एक चीन नीति त्याग्नु भनेको चीनको लक्ष्मण रेखा नाघ्नुजस्तै हुनेछ ।
संरा अमेरिकाको आक्रामक नीतिको मुख्य शक्ति प्रस्ट छ । संरा अमेरिकाले सदाको लागि संसारभरको अर्थतन्त्रमा आफ्नो प्रभाव गुमाइसकेको छ । चीनकै मात्र कुरा गर्ने हो भने संरा अमेरिकाले धेरै अन्तरमा नेतृत्व गरिरहेको छैन । बजार सतही दरको आधारमा संरा अमेरिकी अर्थतन्त्र चीनभन्दा अझै अघि भए पनि खास मूल्यदर अर्थात् खरिद गर्ने क्षमता (पीपीपी) को आधारमा चीनको अर्थतन्त्र संरा अमेरिकाको भन्दा १८ प्रतिशतले ठूलो छ ।
उत्पादकत्व र प्रविधिको अग्रताको कारण संरा अमेरिकी अर्थतन्त्र अझै पनि चीनभन्दा अगाडि भएको भन्न सकिन्छ । तर, संरा अमेरिकाले संसारभर आफ्नो आर्थिक प्रभुत्व भने गुमाइसकेको छ । सन् २०२१ सम्ममा पीपीपीको आधारमा संरा अमेरिकाले संसारको अर्थतन्त्रको १६ प्रतिशत हिस्सेदारीमात्र ओगटेको छ । विश्व अर्थतन्त्रको ८४ प्रतिशत हिस्सा संरा अमेरिकाभन्दा बाहिर छ । आर्थिक रूपमा पनि संसारमा बहुध्रुवीयताको युग सुरु भएको छ ।
सबै देशको लागि खतराको विषय के हो भने संरा अमेरिकाले सदाको लागि आर्थिक प्रभुत्व गुमाइसके पनि उसले अझै पनि सैनिक सर्वोच्चता भने गुमाइसकेको छैन । संरा अमेरिकाको आर्थिक र सैनिक स्थानबीचको यो भिन्नता नै ‘नयाँ शीतयुद्ध’ र सोभियत सङ्घविरुद्ध संरा अमेरिकाले गरेको ‘पुरानो शीतयुद्ध’ बीचको आधारभूत भिन्नता हो । पुरानो शीतयुद्धमा संरा अमेरिका र सोभियत सङ्घको सैनिक शक्ति तुलनायोग्य थियो । तर, सोभियत सङ्घको अर्थतन्त्रभन्दा संरा अमेरिकाको अर्थतन्त्र निकै गुणाले ठुलो थियो ।
त्यसकारण संरा अमेरिकाको रणनीति भनेको प्रतिस्पर्धालाई अर्थतन्त्रको भिरालोमा धकेल्ने थियो । सन् १९८० दशकको रेगन सरकारको सैनिक गतिविधि पनि सोभियत सङ्घविरुद्ध लडाइँ गर्ने लक्ष्यमा आधारित थिएन । बरु सोभियत सङ्घ हतियारमा प्रतिस्पर्धा गरेर सोभियत अर्थतन्त्रलाई क्षति पु¥याउने थियो । परिणामतः जस्तोसुकै चर्काचर्की भए पनि शीतयुद्ध कहिल्यै पनि तातो युद्धमा परिणत भएन ।
संरा अमेरिकाको आजको अवस्था ठीक उल्टो छ । तुलनात्मक रूपमा बलियो उसको अर्थतन्त्र आज धेरै कमजोर भइसकेको छ । तर, अझै पनि सैनिक रूपमा ऊ कमजोर छ । तसर्थ, अहिले संरा अमेरिकाले लडाईंलाई सैनिक प्रतिस्पर्धातिर धकेल्न खोजिरहेको छ । संरा अमेरिका किन सैनिक हमलातिर उत्साहित छ भन्ने कुरा यसले प्रस्ट पार्छ । किन ऊ द्वन्द्व बढाउनमा स्थायी रूपमा उद्यत छ भन्ने कुरा यसले प्रस्ट पार्छ ।
इतिहासको रोचक तुलनायोग्य प्रसङ्ग छन् । सन् १९१२ मा जर्मनीका प्रधानसेनापति हेलमथ भोन मोल्टकेले एउटा कुख्यात वक्तव्य दिए –‘युद्ध अवश्यम्भवी छ । जति चाँडो युद्ध भयो, त्यति राम्रो हुन्छ ।’ जर्मनीको कोणबाट नियाल्दा यो ज्यादै जायज तर्क हो । त्यो बेला रुस र संरा अमेरिकी अर्थतन्त्र जर्मनीको तुलनामा तेज गतिमा बढिरहेको थियो । जर्मनी त्यत्तिबेला रुस र संरा अमेरिकाका तुलनामा बलियो थियो । त्यसकारण मोल्टकेले सकेसम्म युद्ध सुरु गर्न आह्वान गरेका थिए ।
आज संरा अमेरिकाबाट पनि उस्तै धम्की आइरहेका छन् । संरा अमेरिकाले आफ्नो कमजोर बन्दै गएको आर्थिक अवस्थाका भूराजनीतिक परिणामलाई पन्छाउन सैनिक शक्ति प्रयोग गर्न खोजिरहेको छ । त्यसको निम्ति ऊ सैनिक युद्ध बढाउनेतिर लागिरहेको छ ।
यसले रुस र चीनको सम्बन्धलाई प्रत्यक्ष प्रभाव पारेको छ । रुस र चीनबीचको मिलापको अवस्था संरा अमेरिकाको युद्धको धम्की सामना गर्न आर्थिक र सैनिक अवरोध छिचोल्न सक्षम छ । त्यसकारण सांर अमेरिकी नीतिको मूल रणनीतिक लक्ष्य रुस र चीनलाई विभाजित गर्ने हो । उनीहरू विभाजित भएपछि संरा अमेरिकाले सैनिक शक्ति प्रयोग गरी उनीहरूलाई छिन्नभिन्न बनाउन सक्नेछ ।
सारमा विकासशील देशहरूमाथि हमला गर्नेदेखि ठुला शक्तिको लक्ष्मणरेखा नाघ्न तयार रहने संरा अमेरिकाको सैनिक द्वन्द्वको नीति अस्थायी होइन । संरा अमेरिकाको समग्र अवस्थाले यो निर्धारण गरेको हो । त्यसको अर्थ यो हमला चीनविरुद्ध पनि लक्षित हुन सक्छ ।
युक्रेन सङ्कटका स्वाभाविक रूपमा विशिष्ट चरित्र छन् । तर, यो अझ बढ्ने जाने संरा अमेरिकी आक्रामक नीतिको परिणाम पनि हो ।
लेखक चीनको रेनमिन विश्वविद्यालयमा आबद्ध हुनुहुन्छ ।
द ग्लोबल टाइम्सबाट अनुदित सामग्री
Leave a Reply