राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
‘इतिहासको अन्त्य’ (इन्ड अफ हिस्ट्री) का लेखक फ्रान्सिस फुकुयामाले हालै कडा खालको भविष्यवाणी गरे । ‘युक्रेनमा रुसको नराम्ररो पराजय हुनेछ’, फुकुयामाले पूर्वानुमान गर्दै त्यसले ‘स्वतन्त्रताको नयाँ जन्म’ हुन सम्भव हुने र विश्वभर प्रजातन्त्र कमजोर बन्दै गर्दा पश्चिमलाई त्यो दलदलबाट उकास्ने बताएका छन् । उनले सन् १९८९ मा पनि उस्तै विवादास्पद पूर्वानुमान गरेका थिए । उनले मानव जाति इतिहासको अन्त्यमा पुगेको तर्क गर्दै त्यसले वैचारिक विकासक्रममा मानिस अन्तिम बिन्दुमा पुगेको र मानिसको सरकारको अन्तिम रूप पश्चिमा उदार प्रजातन्त्रको विश्वव्यापीकरण हुने तर्क गरेका थिए । अहिले उनले आफ्नो त्यही अप्रमाणित सिद्धान्तको आधारमा रुसको पराजयको पूर्वानुमान गर्दैछन् ।
युक्रेन सङ्कटबीच विचार र जनमतको अग्रभागमा फुकुयामा उभिएका छन् । तर, उनले भनेका कुरामा कुनै अनुभव र मेलमिलापको दार्शनिक र राजनीतिक विवेक देखिँदैन । बरु उदार प्रजातन्त्रप्रति उनको जड विश्वास र ‘इतिहासको अन्त्य’ को आफ्नो सिद्धान्तप्रति धङधङी मात्र देखिएको छ ।
“फुकुयामाले विश्व जनमतलाई अमेरिकी मूल्यअनुसारको आकार दिने संरा अमेरिकी राजनीतिक शासक वर्गको राजनीतिक मागलाई ‘प्राज्ञिक समर्थन’ गरेर उनीहरूको खुशामद् गरेका छन्”, चिनियाँ परराष्ट्र मामिला विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका प्राध्यापक लि हाएदोङले भने ।
अहिलेको युक्रेन सङ्कटबारे फुकुयामाको नयाँ पूर्वानुमान रङ्गीत क्रान्तिको पुरानो दृष्टिकोणको वकालत गर्ने विचारधाराको विजय वा पराजय समान हो । उनको मुख्य तर्क ः पुटिनले तानाशाही र लोक रिझ्याईवादको मिश्रण हो भने युक्रेनले स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा लड्ने शक्तिको प्रतिनिधि गर्छ । तसर्थ, संरा अमेरिका र अन्य पश्चिमा देशहरूले अङ्गीकार गरेको युक्रेनलाई मद्दत गर्ने नीति पूर्णतः सही छ र पुटिनको सैनिक कारवाहीको पराजय अवश्यम्भावी भएको उनको धारणा हो ।
फुकुयामाले धेरै पुस्तकका ठेली लेखेका छन् । तर, त्यसको अर्थ उनका विचार प्रस्ट छन् भन्ने होइन । बरु व्यवहारिक राजनीतिबारे उनका धारणाको श्रृङ्खला नियाल्दा उनका बुझाइ, विश्लेषण र अवलोकन संरा अमेरिकाका पूर्व विदेशसचिव हेनरी किसिङ्गरको भन्दा कम वजनदार देखिएको छ । उनको सोचाइ स्यामुएल हन्टिङटनको बुझात्न्दा कता हो कत कमजोर छ । आक्रामक यर्थाथवादी सिद्धान्तका पिता जोन मिएरशेमरको धारणासँग उनी तुलनायोग्य नै छैनन् ।
“रुसको पराजयबारे फुकुयामाको भविष्यवाणी उनले उदारवादको मुखुण्डो लगाएकोबाहेक केही होइन । उनले त्यही बोले जो संरा अमेरिकी शासक वर्ग सुन्न मन पराउँछन् । संरा अमेरिकी घरेलु राजनीतिक संस्कृति उदारवादबाट दबिएको छ । विदेश मामिलामा उनीहरूको व्यवहार यही घरेलु विचारधाराको विस्तार मात्र हो”, लीले भने । उनले यसपालिको फुकुयामाको भनाइ संरा अमेरिकाभित्र भएको पुरानो चिन्तन प्रणालीकै सिलसिला मात्र हो । त्यो चिन्तन प्रणालीले संरा अमेरिकी मापदण्ड र मूल्य संसारभर लागु हुने ठान्छ । परराष्ट्र मामिलाबारे संरा अमेरिकी व्यवहार अन्तर्राष्ट्रिय मापदण्ड हुनुपर्छ भनी सोच्छ ।
तथापि, शीतयुद्ध पछिका दसकमा आफ्नै भूमिमा संरा अमेरिकी अनुभवले त्यो प्रणालीले काम नगरेको प्रमाणित गरिसकेको छ । फरक धर्म, संस्कृति र मूल्यमान्यता बोकेका कुनै पनि देशमा संरा अमेरिकी शैलीको उदारवाद थोपरिँदा त्यसको प्रभावकारिता कम मात्र भएको देखाएको छ । अफगानिस्तानमा संरा अमेरिका असफल बन्दा उदारवादी मूल्य मान्यता कहाँ गयो ?
फुकुयामाले चीनलाई ‘रुसले युक्रेनमा गरेजस्तै भविष्यमा ताइवानमा कुनै पनि कदम नचाल्न’ चेतावनी पनि दिए । उनले भने,“युक्रेनीहरू जसरी लड्न तयार भए आशा गरौँ ताइवानीहरू पनि लड्न तयार हुने छन् ।” उनको विश्लेषण ठ्याक्कै बाइडेन सरकारकै भनाइसँग मिलेको छ । त्यसले संरा अमेरिकी स्वार्थको राम्ररी रक्षा गरेको छ । उनीहरूले संरा अमेरिकी आधिकारिक भनाइको रक्षा गर्नुका साथै युक्रेनप्रति भावनात्मक समर्थन गरेका छन् ।
गत सोमबार ‘द वाशिङ्टन पोस्ट’ मा प्रकाशित अन्तर्वार्तामा फुकुयामाले मनमा दबिएका धेरै आदर्श, सन् १९८९ को भावना र कुनै बेला ‘निदाएको’ र अहिले ‘भर्खर ब्युँझेको’ सङ्घर्षको विचारबारे लामो फलाको गरे । संरा अमेरिकाले आफ्नो ‘आदर्श’ नै भद्र हुन सक्छ । तर, अन्य देशको कोणबाट त्यसले अराजकता र सङ्कट सिर्जना गर्नेछ ।
अमेरिकी उदार प्रभुत्ववादको असफलताका कुनै पनि सम्भावनाबारे बोल्न वा सोच्न फुकुयामाले आँट गर्नेछैन । त्यसो गर्नु स्वतन्त्रता र प्रजातन्त्रप्रति उनको विश्वासभन्दा बाहिर मात्र होइन, जनताको मतलाई पनि प्रभावित बनाउने मनसायमा आधारित छ । उनको सिद्धान्तको खास कुनै भविष्य छैन ।
तथाकथित ‘इतिहासको अन्त्य’ भन्ने केही कुरा छैन । चीन र रुस दुवै आफ्नै सभ्यता भएका प्रमुख राजनीतिक शक्ति हुन् । उनीहरूले संरा अमेरिकी प्रभुत्ववादलाई चुनौती दिइरहेका छन् । उनीहरू मानव सभ्यताका महत्वपूर्ण हिस्सा हुन् । अरू सभ्यतालाई समान सम्मान र सद्व्यवहार गर्न नजाने चीन र रुस होइनन्, संरा अमेरिकी भावना र अमेरिकीहरू एक्लिनेछन् ।
(लेखक ग्लोबल टाइम्सका पत्रकार हुनुहुन्छ ।)
ग्लोबल टाइम्सबाट अनुदित सामग्री
Leave a Reply