जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयान – ७
- बैशाख ९, २०८३
“प्रजातान्त्रिक गणतन्त्र कोरिया नै आजको संसारमा एउटामात्र त्यस्तो देश हो जसले स्वाधीनताको नयाँ युगको प्रवाह उल्टाउन खोज्ने सबै खालका चुनौतीलाई आफ्नो गौरवले छेकिरहेको छ । संसारका धेरै नेताहरूले आ–आफ्ना सिद्धान्त अघि बढाए पनि राष्ट्रपति किम इल सङले प्रतिपादन गर्नुभएको जुछे विचारधारा सबैभन्दा अब्बल छ । उहाँबाट सिक्नुको सरल अर्थ आत्मसम्मान रक्षा गर्नु हो । आजको युगका राजनीतिक नेताहरूको लागि आफ्नो र आफ्नो देशको आत्मसम्मान जोगाउने यो नै सबभन्दा उत्तम विकल्प हो ।”
यो भनाइ कम्बोडियाका समदेच नरोदम सिंहानुकको हो ।
यो सिंहानुकले निकै आदर गर्ने किम इल सङ (सन् १९१२–१९९४) प्रति राजनीतिक विश्वास झल्काउने एउटा उदाहरण हो ।
कोरिया युद्ध (सन् १९५०–१९५३) सकिएपछि किम इल सङले ठूला उद्योग कलकारखानाको विकाससँगै साना उद्योग तथा कृषिको विकासलाई प्राथमिकतामा राख्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने नीति अघि बढाउनुभएको थियो ।
त्यत्तिबेला आफूलाई समाजवादी महाशक्ति भन्नेहरू कसरी कोरियाजस्तो सानो देशले यस्ता ठूला काम गर्न सकेको होला भनी चकित परेका थिए । उनीहरूले कोरियालाई आफ्नो पछि लगाउन दबाब दिनुका साथै फकाउन खोजेका थिए । महाशक्तिले आपसी आर्थिक सहायता परिषद्मा सामेल भए कोरियाले जनताको जीवनस्तर उकास्नुका साथै आर्थिक विकास पनि गर्नसक्ने लोभ देखाएको थियो । तर, आफ्नो निर्णयबाट प्रजग कोरिया टसमस भएन ।
किम इल सङले आफ्नो निधनअघि सन् १९९४ मा बेल्जियम श्रमिक पार्टी केन्द्रीय समितिका अध्यक्षसँग प्रजग कोरिया भ्रमणको क्रममा कुराकानी गर्नुभएको थियो ।
उहाँले भन्नुभएको थियो,“संसारमा साना र ठूला, विकसित र विकासशील देशहरू छन् । तर, कुनै पनि देश वरिष्ठ वा कनिष्ठ, थिच्ने र थिचिने देश छैन । हाम्रो देश सानो छ । तर, हामी कुनै पनि देशभन्दा कनिष्ठ देश होइनौँ । हाम्रो देश विकासशील देश हो । तर, हामीले कसैको थिचोमिचो सहन सक्दैनौँ । विचारधारामा जुछेका सिद्धान्त, राजनीतिमा स्वाधीनता, अर्थतन्त्रमा आत्मनिर्भरता राष्ट्रिय सुरक्षामा आत्मनिर्भरताको नीति बोकेर हामी जुछेको क्रान्तिकारी विचारधारा सफल बनाउन सबै खालका सङ्घर्ष गरिरहेका छौँ ।”
वास्तवमै किम इल सङले जीवनको अन्तिम दिनसम्म संसारका सबै क्षेत्रका राज्यप्रमुख र जनतासँग भेट्नुभयो । उहाँहरूसँगको कुराकानीमा उहाँले स्वाधीन विकास र विश्व स्वतन्त्रताको लागि सल्लाह दिनुभयो ।
उदाहरणको लागि, सन् १९९४ को अप्रिलमा अमेरिकी पत्रिका द वाशिङ्टन टाइम्सका पत्रकारहरूको एउटा प्रतिनिधिमण्डलले प्योङयाङमा किम इल सङलाई भेट्दा सोधेका थिए, “संसारलाई तपाईँ के भन्न चाहनुहुन्छ ? तपाईँको लागि यो अवसर हो । तपाईँको सन्देश के छ ? विशेषतः संरा अमेरिकी नेतृत्वलाई तपाईँको सन्देश के छ ?”
किम इल सङले भन्नुभयो, “हाम्रो युग स्वाधीनताको युग हो । धेरै देशहरू स्वाधीन बन्न चाहिरहेका छन् । उनीहरू हरेक खालका दमन र दासताविरुद्ध लडिरहेका छन् । स्वाधीनताप्रति जनताको चाहना र स्वाधीनताको बाटोमा अघि बढिरहेका धेरै देशहरू हाम्रो समयका मूल चरित्र हुन् । कुनै पनि शक्तिले यसलाई छायामा पार्न सक्दैन । संसारभरका देशहरूले एकअर्कालाई सम्मान र सहकार्य गर्नुपर्छ । मानिसको साझा समृद्धिको लागि साझा प्रयास गर्नुपर्छ । स्वाधीनतातर्फको हाम्रो समयको प्रवाहअनुसार अन्तर्राष्ट्रिय न्याय र समानताको सिद्धान्तमा अघि बढ्नुपर्छ ।”
“संरा अमेरिकाले आफ्नो म्याद नाघेको शीतयुद्धकालीन सोच त्याग्नेछ र स्वाधीनताको युगमा पाइला चाल्ने हाम्रो आशा छ । त्यसपछि मात्र संरा अमेरिकाले विश्व शान्ति र प्रगतिमा योगदान गर्नसक्नेछ ।”
संसारको सम्मान
आफ्नो विशिष्ट विचारधारा र अमत्र्य योगदानले मानिसलाई अमर बनाउँछ ।
कोरियाली जनताका अमर नेता राष्ट्रपति किम इल सङ (सन् १९१२–१९९४) ले विशिष्ट जुछे विचारधाराको प्रतिपादन गर्नुभयो । जुछे विचारधाराको मूल सार भनेको सबै कुराको चालक भनेको मानिस नै हो र मानिसले नै सबै कुराको निर्णय गर्छ । त्यसको अर्थ क्रान्ति र निर्माणको नेता भनेको जनता हुन् । कोरियाली जनता र संसारभरका प्रगतिशील जनतालाई अघिको बाटो पथप्रदर्शन गर्ने सामथ्र्य जनतासँग हुन्छ । किम इल सङ कोरियाली जनतालाई दृढताका साथ विश्वास गर्नुहुन्थ्यो । उहाँले तीन वर्ष लामो कोरियाली युद्धमा संसारको ‘सबभन्दा शक्तिशाली’ भनी हल्ला गरिरहेको संरा अमेरिकालाई पराजित गर्नसक्ने जनताको शक्तिको नेतृत्व गर्नुभयो । उहाँले युद्धको भताभुङ्ग अवस्थाबाट समाजवादी देश, राजनीतिमा स्वाधीनता, अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा आत्मनिर्भरता स्थापित गर्नुभयो । जनतालाई माया गर्ने उहाँको राजनीतिकै कारण प्रजग कोरियामा निःशुल्क स्वास्थ्य सेवा र निःशुल्क, अनिवार्य शिक्षा लागु गरियो । जनतामा आधारित समाजवादी व्यवस्था स्थापना गरियो । त्यो व्यवस्थामा जनता नै सबै कुराका मालिक हुन् र सबैले जनताकै सेवा गर्छन् । उहाँले प्रतिपादन गर्नुभएको जुछे विचारधारा र उहाँले नेतृत्व गर्नुभएको उत्साहप्रद गतिविधिले नयाँ र स्वाधीन विश्व बनाउन मार्गदर्शन ग¥यो ।
आफ्नो विशिष्ट विचारधारा र अर्मत्य योगदानको कारण किम इल सङप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो सम्मान गर्ने गरेको छ ।
जीवनको उत्तर्राद्र्धमा चीनका नेता माओ त्सेतुङले राष्ट्रपति किम इल सङलाई विश्व क्रान्तिको बाटो देखाउन सक्ने एकमात्र नेता भएको बताउनुभएको थियो । माओले उहाँलाई भविष्यमा विश्व क्रान्ति र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई बाटो देखाउने कामलाई निरन्तरता दिन मनैदेखि अनुरोध गर्नुभएको थियो । क्युवाली नेता फिडेल क्यास्ट्रोले कमरेड किम इल सङलाई संसारका राष्ट्रप्रमुखहरूमध्ये सबभन्दा पाको र सम्मानित राजनेता भन्नुभएको थियो । संरा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले राष्ट्रपति किम इल सङलाई संरा अमेरिकाको राष्ट्र निर्माता र भाग्यविधाता तीन राष्ट्रपतिहरू जर्ज वाशिङ्टन, थोमस जेफरसन र अब्राहम लिङ्कनभन्दा महान् भएको बताउनुभएको थियो ।
सन् १९८० को मे महिनामा जोसेफ ब्रोज टिटोको अन्तिम संस्कारमा सहभागी बन्न राष्ट्रपति किम इल सङ युगोस्लाभिया जानु भएको थियो ।
टिटोको निधनमा दुःख व्यक्त गर्न ४० भन्दा बढी देशका राष्ट्रप्रमुख र सरकारप्रमुख, विभिन्न देशका २ सयभन्दा बढी राजनीतिक, सामाजिक तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुनुभएको थियो । त्यत्तिबेला फ्रान्सको अखबार ले मोन्डेले लेखेको थियो, “अंसलग्न आन्दोलनका प्रमुख नेता राष्ट्रपति किम इल सङ पनि टिटोको अन्तिम संस्कारमा सहभागी बन्नु उल्लेखनीय छ ।” अमेरिकी अखबार द न्यु योर्क टाइम्सले आफ्नो मूल पृष्ठमा राष्ट्रपति किम इल सङ युगोस्लाभिया पुग्नुभएको तस्बिर र समाचार प्रकाशित गरेको थियो ।
त्यत्तिबेला युगोस्लाभियाली नेताहरूले अरू देशका नेताहरूबीच राष्ट्रपति किम इल सङ नै केन्द्र हुने बुझिसकेका थिए । त्यसकारण, राष्ट्रपति किम सबभन्दा अघिल्लो पङ्क्तिको बीचको कुुसीमा बस्नुभएको थियो भने अन्य देशका नेताहरू खुड्किलामा उभिएका थिए । यो समाचार सुनेर एक जना जापानी पत्रकारले भने, “राष्ट्रपति किम इल सङको युगोस्लाभिया भ्रमणले संसारभर तरङ उठाएको छ । वास्तवमा यो भव्य कार्यक्रम थियो । किम इल सङ महान् व्यक्ति र एसियाका गौरव हुनुहुन्थ्यो ।”
युगोस्लाभ कम्युनिस्ट लिग केन्द्रीय समितिको तत्कालीन अध्यक्षमण्डलका कार्यकारी सचिवले भनेका थिए,“राष्ट्रपति किम इल सङलाई भेट्न यति धेरै देशका राष्ट्रप्रमुखहरू भेला भएको देख्दा अचम्म लागेको थियो । उहाँसँगै ठूला देशका नेताहरू पनि बसेका थिए । तर, धेरै देशका नेताहरू उनीहरूलाई भेट्न कुनै चासो देखाइरहेका थिएनन् । बरु किम इल सङलाई भेट्न पुगे । यस्तो दृश्यले राष्ट्रपति किम इल सङ सिङ्गो मानव समुदायबाट असीमित सम्मान र आदर पाएका नेता हुनुहुन्थ्यो भन्ने कुरा प्रस्ट देखाइरहेको थियो ।”
Leave a Reply