बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
‘हँ, क्यान्सर भयो रे ? क् क् कसरी ?!
बुबाको मेडिकल रिपोर्ट हेरेर डाक्टरले मलाई एक्लै बोलाई रोगको बारेमा जानकारी दिने बित्तिकै मेरो मुखबाट निस्केको प्रतिक्रियात्मक प्रश्न हो यो । म अक्मकिएँ । मेरो मुख सुक्यो, लर्बरायो । डाक्टरले मलाई ढाडस दिँदै बिरामीलाई अस्पताल भर्ना गर्न भन्नुभयो ।
खासमा बुबालाई खाना खाँदा गा¥हो भएको र उल्टी आउने गरेको दसैँको केही समयदेखि हो । ग्यास्ट्रिक रोगको आशङ्कामा औषधि दिइएको थियो । तर, औषधिले काम गरेन । दसैँको समयमा उहाँलाई निकै गा¥हो भयो । पानीसमेत निल्न सक्नुभएन । उहाँ दुब्लाउँदै जानुभयो । तत्काल फोनमा डाक्टरसँग सम्पर्क गरी बुबाको अवस्थाबारे जानकारी गराएँ । त्यतिबेलै डाक्टरलाई शङ्का लागेको म अनुमान गर्छु ।
भोलिपल्ट डाक्टरले एन्टिजिन परीक्षण गराउन सुझाव दिनुभयो । इन्डोस्कोपी परीक्षण तुरुन्तै गर्नुृभयो । म बिरामीसँगै थिएँ । आमाशयभन्दा थोरै माथिको खानानली (अइसोफागस) को भित्री प्वाल साँघुरो भएको र त्यहाँ मासुको रातो डल्लो देखिएको बताइयो । सँगै बसिरहनुहुने वरिष्ठ सर्जनले बायोप्सी परीक्षण तत्काल गर्न र केमोथेरापी सुरु गर्न निर्देशन दिनुभयो ।
रोगको विषयमा बुबालाई बताइएको थिएन । त्यसै त क्यान्सर अस्पतालमा किन ल्याइयो भनी चिन्ता व्यक्त गरिरहनुभएको थियो । उहाँलाई खानानलीको प्वाल साँघुरो भएकोले खुकुलो पार्र्ने औषधि दिन लागिएको भनियो । स्लाइनबाट औषधि दिन सुरु भयो ।
क्यान्सर रोग आफैमा कडा रोग हो, यसलाई महारोग पनि भनिन्छ । अस्पताल बसाइको क्रममा हरेक दिन दुई÷तीन वटा लास आफन्तले बुझिलिएको देखिरहेको थिएँ । आफन्तको करुणादायक रोदन सुन्न पनि मुश्किल हुन्थ्यो । अझ विलाप गर्दै भनिरहेका वाक्यहरू कहिल्यै सुन्न नपरोस् भन्ने लाग्छ ।
‘क्यान्सर रोग त जुका हो, नचाहँदा नचाहँदै शरीरमा जबरजस्ती टाँसिने । अस्पताल जाँदा बिरामी स्वस्थ देखिने, तर उपचार गर्दा गर्दै झन्झन् कमजोर हुँदै जाने ।’
‘क्यान्सर त राक्षस हो, स्वस्थ मान्छेलाई समातेपछि छोड्दै नछोड्ने । सारा सम्पत्ति स्वाहा नभएसम्म उपचारको नाममा खर्च गराइरहने । अन्त्यमा सम्पत्ति पनि सकिन्छ, मान्छेको ज्यान पनि जान्छ ।’
चिकित्सकीय भाषामा बुबालाई एडिनो कार्सिनोमा (ब्मभलय ऋबचअष्लयmब) भएको रहेछ । खानानलीको तल्लो भाग अर्थात् खानानली र आमाशय जोडिने भागमा क्यान्सर भएको रहेछ । इन्डोस्कोपी, सीटी स्क्यान र बायोप्सी रिपोर्ट सबैमा रोगको पहिचान भयो । लोकली एड्भान्स्ड स्टेज भनियो । यसको अर्थ जहाँ क्यान्सर भएको छ, त्यहाँ गम्भीर अवस्थामा पुग्यो । तर, अरू अङ्गहरूमा भने फैलिन पाएको छैन भन्ने हो । ‘यो पहिलो स्टेज त हुँदै होइन, अन्तिम स्टेजमा पुगेको भन्ने अवस्था पनि छैन ।’ प्रत्येकपल्ट सोध्दा डाक्टरको उत्तर यही नै हुन्थ्यो ।
अमेरिका र अन्य विकसित देशहरूमा खानानलीको क्यान्सर कममात्र देखिने रोग हो । तर, अफ्रिका र एसियाका देशहरूमा तुलनात्मकरूपमा बढी नै देखिन्छ । धूमपान, मद्यपान, असन्तुलित खानाशैली र विषादीयुक्त खाना एवं हावापानीको कारण यो रोग लाग्ने रहेछ । सुरूको समयमा खाना खाँदा पेटमा जान गा¥हो हुने, उल्टी हुने, निरन्तर खोकी लाग्ने, बिस्तारै तौल घट्दै जाने, रगतसमेतको बान्ता हुने, छाती दुख्ने र रोग अन्य अङ्गहरूमा फैलिँदै जाँदा बिरामीलाई गम्भीर अवस्थामा पु¥याउने यस रोगका लक्षणहरू हुन् । यो रोग महिलाहरूको तुलनामा पुरुषलाई बढी देखिएको छ । क्यान्सर रोगबाट कुल मृत्यु हुनेमध्ये यो रोगको कारण मृत्यु हुने छैटौँ नम्बरमा रहेको अध्ययनले देखाएको छ ।
बुबाको रोगको प्रकृतिअनुसार शल्यक्रिया गरी क्यान्सर भएको भाग जति काट्न सकिने तर त्यसका लागि चार साइकल (चरण) केमोथेरापी गर्नुपर्ने डाक्टरको सुझाव रह्यो । पन्ध्र दिनको फरकमा अस्पतालमा भर्ना गरिन्छ र प्रत्येक साइकलमा तीन दिन लगातार औषधि दिइन्छ । एक साइकलका लागि झन्डै एक बाकस औषधि दिइन्छ, औषधि निकै महँगो छ । क्यान्सर, मुटुरोग, मृगौला रोग, मष्तिष्कघातलगायतका बिरामीहरूलाई नेपाल सरकारले १ लाख बराबर, बाग्मती प्रदेश सरकारले ५० हजार बराबर र भक्तपुर नगरपालिकाले १५ हजार बराबरको उपचार अनुदान दिएकोले धेरैले राहत महसुस गरेका छन् । पहिलो साइकलको केमोथेरापी निकै कष्टकर देखियो । चौबिसै घण्टा कडा औषधि स्लाइनमार्फत पठाइँदा बिरामीको शरीरले थेग्नै सकेन । झोल पदार्थबाहेक अन्य खानेकुरा खान नहुने, त्यसमाथि रोग प्रतिरोधात्मक क्षमतामा ¥हास आउने कारणले गर्दा स्वास्थ्यमा थप जटिलता देखियो । पहिलो साइकल केमोथेरापी सकिएर घर पुगेको एक दिनपछि निरन्तर झाडापखाला भइरहेकोले बिरामी निकै कमजोर भई पुनः अस्पताल भर्ना गर्नुपर्ने स्थिति आयो । त्यसपछिका केमोथेरापीमा भने खासै जटिलता आएन ।
केमोथेरापी भइरहेकै समयमा डाक्टरसँग शल्यक्रियाबारे छलफल भइरहेको थियो । शल्यक्रिया जटिल हुने भनियो । पेट चिरेर आमाशय र आन्द्रा निकाल्ने, छातीको दायाँ भाग (काखी) चिरेर खानानलीको तल्लो भाग निकाल्ने, आवश्यक परे घाँटीभन्दा तल्लो भाग पनि चिरेर शल्यक्रियालाई सहज बनाउने, क्यान्सर फैलिएको भाग जति काट्ने र त्यसपछि आमाशयलाई नली आकार बनाई खानानलीको बाँकी भागसँग जोड्ने । चिकित्सकीय भाषामा यो शल्यक्रिया विधिलाई आइभोरी लेविस विधि (क्ष्खयचथ ीभधष्क एचयअभमगचभ) भनिँदो रहेछ । डाक्टरले शल्यक्रियाको विधिबारे जानकारी गराइरहँदा आङसिरिङ्ग भयो । शल्यक्रिया नै ८ देखि १० घण्टा लाग्नसक्ने बताउँदा मन झन् ग¥हुङ्गो भयो । खर्च कति लाग्छ भन्ने प्रश्नको उत्तर सुन्दा ‘नसक्ने भइयो’ भन्ने लाग्यो ।
खर्च त जसोतसो मिलाइएला, बुबालाई कसरी विस्तारमा बताउने ? उहाँलाई त मानसिकरूपमा तयार पार्नैपर्छ । उहाँले यसअघि कहिल्यै अस्पतालमा रात बिताउनुभएको मलाई थाहा छैन । ज्वरोमात्र आउँदा पनि डाक्टरलाई देखाउन आग्रह गर्दा ‘जाँडरक्सी छोड भन्छ, चुरोट नखाऊ भन्छ’ भनी नकार्नुहुन्थ्यो । रगत परीक्षणको लागि आग्रह गर्दा ‘विनासित्ति रगत किन दिने ?’ भनी मान्नु हुन्नथ्यो । अहिले अस्पताललाई मामाघरजस्तै बनाइरहनुभएको छ, दिनको घटीमा दुई पटक रगत जाँच गराइरहनुभएको छ, एक्स–रे, भिडियो एक्स–रे र सीटी स्क्यान पनि धेरै पटक नै गराउनुभएको छ ।
पेट चिर्ने, छाती चिर्ने र अझै घाँटीसमेत चिर्न सकिने कुरा कसरी बताउने ? आपत् प¥यो । नभन्दैमा रोग निको हुने पनि त होइन । केमोथेरापी गर्दा कपाल झरेकोमा औषधिको नकारात्मक प्रभाव भएकोले तुरुन्तै नयाँ राम्रो कपाल उम्रने विश्वास दिलाइएको थियो । आफन्तहरूबाट क्यान्सर रोगको विषयमा कुरा होला भनेर हाम्रो अनुपस्थितिमा कुराकानी गर्न दिइएको थिएन । बरु उहाँलाई निरन्तर उत्साहित गर्ने र जीवनप्रति आशावादी हुन हौस्याउने कार्य गरिएको थियो । बिरामीको आत्मबल बलियो भएमा रोगलाई जित्न सकिन्छ भन्ने पूर्ण विश्वास छ । यस्तो बेलामा शरीर नै चिर्ने विषयमा बिरामीलाई मनाउन सजिलो होला भन्ने लागेको थिएन ।
शल्यक्रिया गर्ने (सर्जन) र बेहोस पार्ने (एनेस्थेसियोलोजिस्ट) डाक्टरहरूको टोलीसँग निरन्तर छलफल भइरहेको थियो । बुबालाई सुरुमा शरीरमा सानो घाउ बनाएर खानानलीको भित्री भागमा पलाएको मासु टाँछेर प्वाललाई खुकुलो पार्ने र यो काम अस्पतालका वरिष्ठ डाक्टरहरूले गर्ने कुरा बताइयो । त्यो रात बुबा चिन्ताले सुत्न सक्नुभएको थिएन । उहाँलाई यस्तो खालको उपचारपछि आनन्दले जीवन बिताइरहनुभएका केही अग्रजहरूको विषयमा बताउने कोसिस गरियो । भोलिपल्ट बिहान उहाँले आफै डाक्टरसँग भेटेर कुरा गर्ने प्रस्ताव गर्नुभयो ।
डाक्टरले निकै सरल भाषामा उहाँलाई सम्भmाउनुभयो, “अपरेसन सामान्य हुन्छ । सुरुदेखि अन्त्यसम्म हामी ६ जना डाक्टरहरू हुन्छौँ । तपाईँलाई बेहोस पार्छौं र तपाईँको सम्पूर्ण जिम्मेवारी हामी लिन्छौँ । होसमा आउने बेला शरीरमा केही पाइपहरू हुनेछन् । नआत्तिनुहोला । हामी तपाईँलाई स्वस्थ बनाएर घर पठाउँछौँ । … …”
डाक्टरको भनाइबाट बुबा आश्वस्त हुनुभएको देखियो । उहाँहरूकै सल्लाहमा केमोथेरापी गर्दा बुबालाई आप्mना सुकेका गाला र सुकेका हात खुट्टाहरू सग्लो भएको र आपूm हृष्टपुष्ट भएको अनुभव गर्नुभएको थियो । केही दिनअघि दिदीहरूसँगको कुराकानीमा उहाँले भन्नुभएको थियो, “अस्पतालमा बसेर आपूmले ३० वर्ष अगाडिको जवानी अनुभव गर्दै छु ।”
शल्यक्रियाअघि पीसीआर परीक्षण गरिनुपथ्र्यो । बुबा पूर्णरूपमा स्वस्थ देखिनुहुन्थ्यो । शल्यक्रियाको लागि आपूmलाई मानसिकरूपमा पनि तयार गरिसक्नुभएको उहाँको मनोभावनाबाट बुभ्mन सकिन्थ्यो । पीसीआर परीक्षण गरियो, शल्यक्रियाअघि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पनि पूरा गरियो । अघिल्लो राति १० बजेपछि पानीसमेत खान नहुने बताइएको थियो । त्यहीअनुसार बसियो पनि । बिहान ९ बजे शल्यक्रिया हुने अवगत गराइएको थियो । बिरामी र हामी सबै परिवारका सदस्यहरू पनि मानसिकरूपमा तयारी अवस्थामा थियौँ । शल्यक्रियाको क्रममा आवश्यक परेमा रगतको पोका पनि व्यवस्था गरियो । सबै कुरा राम्रैसँग अघि बढेको थियो ।
पीसीआर परीक्षणको रिपोर्ट आयो बिहान ८ बजेतिर । कोभिड पोजेटिभ रिपोर्ट आयो । हामीलाई पत्याउन गा¥हो भयो । तर, रिपोर्टले त्यही नै औँल्यायो । तीतो सत्य स्वीकार्न हामी बाध्य भयौँ । डाक्टरको टोलीले शल्यक्रिया स्थगित ग¥यो । बिरामीलाई घरमा सुरक्षित राख्न आग्रह गरियो ।
बुबालाई १५ दिन घरमा सुरक्षित राखियो । पीसीआर रिपोर्टमा कोभिड पोजेटिभ भएको बुबा यो अवधिमा पूर्ण स्वस्थ देखिनुहुन्थ्यो तर हामी परिवारका सबै सदस्यहरू एक एक गरेर बिरामी भयौँ । परीक्षण गराउँदा साना सन्तानहरूबाहेक हामी सबैजना कोभिड सङ्क्रमित भयौँ ।
अस्पतालका डाक्टरसँगको सल्लाहमा फेरि शल्यक्रियाको दिन तोकियो । त्यसअघि एक्स रे, सीटी स्क्यान र रगत परीक्षण गरियो । सबैमा अपेक्षित रिपोर्ट आएपछि शल्यक्रियाको लागि अस्पताल भर्ना गरियो । यस पटक किन हो, बुबाले घर छोड्नुअघि नाति नातिनीलाई चकलेट र चाउचाउ किनेर आप्mनो पिर नगर्न भन्नुभयो । बच्चाहरूले पनि बाजेलाई अस्पतालमा भेट्न आउने बाचा गरे ।
पीसीआर परीक्षणमा कोभिड नेगेटिभ रिपोर्ट आयो । शल्यक्रिया कक्षमा लानुपूर्व डाक्टरको टोली नै आएर बुबालाई राम्ररी सम्झाउनुभयो र हिम्मत नहार्न आग्रह गर्नुभयो । बुबा फूर्तिलै देखिनुहुन्थ्यो । उहाँ आफैँ हिँडेर सबैसँग बिदा लिँदै शल्यक्रिया कक्षमा जानुभयो ।
शल्यक्रिया सुरु भएको सङ्केत आएपछि हामी परिवारका सबैजना बाहिर कुरेर बस्यौँ । अनेक खालका सामग्री र औषधिहरू किन्न वरपरका औषधि पसलहरूमा कुद्न थाल्यौँ । कति पटक ओहोरदोहोर गरियो ? औषधि र अन्य सामग्रीको लागि कति खर्च गरियो ? हाम्रो मतलबको विषय थिएन । बस्, शल्यक्रिया सफल हुनुप¥यो । डाक्टर वा नर्स आउजाउ गर्ने क्रममा अन्य बिरामी कुरुवासँग कुरा हुँदा “भित्र निकै ठूलो अपरेसन हुँदै छ, सबै डाक्टरहरू र एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने विज्ञ) हरू व्यस्त हुनुहुन्छ” भन्नुहुन्थ्यो ।
करिब साढे सात घण्टापछि डाक्टरले हामीलाई बोलाउनुभयो । बुबाको अपरेसन सफल भयो भन्दै बुबाको शरीरबाट निकालेको भाग देखाउनुभयो । झन्डै ३ इन्च जति लामो खानानलीको तल्लो भाग र आमाशयको माथिल्लो भाग पूरै निकालिएको रहेछ । आधा घण्टापछि बुबालाई पोस्ट अपरेसन वार्डको आइसीयू रुममा भेन्टिलेटरमा पु¥याइएको जानकारी आयो । हामी पालैपालो बुबाको अवस्था टाढैबाट हेर्न गयौँ । जाँदाको तन्दुरुस्त शरीर फर्किँदा भेन्टिलेटरको सहायतामा स्वास फेर्दै गरेको बेहोस अवस्थामा पाउँदा मन चसक्क भयो ।
चौबिस घण्टापछि मात्र उहाँको होस खुल्यो । निकै अशक्त र असहाय देखिनुहुन्थ्यो । दुई दिनपछि भेन्टिलेटरबाट निकालियो । उहाँको नाक, छाती, पेट, पछाडि ढाड र पिसाब गर्ने थैलीमा गरी ५ वटा पाइपहरू राखिएका थिए । बोल्दा आवाज आइरहेको थिएन । अनेक प्रकारका औषधिहरू दिइरहेको देखियो । शल्यक्रिया गर्नुहुने डाक्टरहरू दिनको २, ३ पल्ट आएर बिरामीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइरहनुहुन्थ्यो । रगत परीक्षण, पिसाब परीक्षण र एक्स रे त दिनमै कति पटक हो कति, लिइरहन्थ्यो ।
शरीरमा कहाँ कहाँ घाउ पारिएको छ ? घाउ कति ठूलो छ ? भन्ने बिरामीलाई थाहा थिएन । पाइपहरू धेरै भएकोले पाइप राखिएको ठाउँमा मात्र प्वाल पारिएको हुनुपर्छ भन्ने लागेको थियो बुबालाई । त्यसैले पाइपकै कारणले दुख्यो भन्नुहुन्थ्यो । दुखाइ सहन गा¥हो हुन्थ्यो उहाँलाई । होस खुलेको दिनदेखि नै उहाँलाई फोक्सोको अभ्यास गर्न लगाइयो, ढाडमा धाप मारेर खकार निकाल्ने प्रयास गरियो, केही दिनपछि बिस्तारै हिँड्डुल गर्न लगाइयो । फिजियोथेरापी पनि गराइयो ।
बुबा ११ दिन आइसीयूमा बस्नुभयो । शल्यक्रिया गरेर ल्याइएका अन्य बिरामीहरू सोही दिन वा भोलिपल्ट जनरल वार्डमा सारिन्थ्यो । बुबालाई भने लामो समय त्यहीँ राखिएकोमा चिन्ता बढेको जस्तो लाग्यो । डाक्टरसँगको सल्लाहमा उहाँलाई अर्को पोस्ट अपरेटिभ वार्डमा सारियो । लामो समय उही आइसीयू रुममा एकै बेडमा बस्दा आइसीयू फोविया भएको हुनुपर्छ भन्ने डाक्टरको भनाइ रह्यो । हो पनि, अर्को वार्डमा सारेपछि उहाँले आफूलाई थोरै हलुका महसुस गर्नुभयो । उहाँको शरीरमा रहेका पाइपहरू क्रमशः निकाल्न सुरु गरियो ।
अस्पताल बसाइको १३ औँ दिनमा उहाँको घाउको टाँका आधा काटियो र १५ औँ दिनमा सबै टाँका काटियो । टाँका काटिएको बेला थाहा भयो, पेटमा ३१ वटा टाँका र दायाँ काखीमा २९ वटा टाँका रहेछ । त्यतिबेला मात्र बुबालाई शल्यक्रियाको क्रममा दुई ठाउँमा ठूल्ठूलो घाउ बनाइएको र शरीरभित्रबाट खानानलीको तल्लो भाग र आमाशयको माथिल्लो भाग काटेर सिमी आकारको आमाशयलाई पाइपजस्तै बनाएर खानानलीसँग जोडिएको कुरा बताइयो । बुबा छक्क पर्दै हुनुहुन्थ्यो । घाउ निको हुँदै आएको र आफूलाई सजिलो हुन थालेकोले उहाँले कुनै प्रतिकृया जनाउनुभएन । तथापि, काखीको घाउ भने बाहिरबाट निको भएजस्तो देखिए पनि असाध्यै दुखेको बताउनुहुन्थ्यो । १६ औँ दिनमा उहाँलाई अस्पतालबाट घर पठाइयो ।
शल्यक्रियाबाट निकालिएको मासुको बायोप्सी परीक्षणको रिपोर्ट एक महिनापछि मात्र आयो । रिपोर्ट हेरेर डाक्टरले भन्नुभयो, “फेरि अर्को ४ साइकल केमोथेरापी गर्नुपर्छ ।” यसअघि २ साइकलमात्र केमोथेरापी गरे पुग्ने सल्लाह दिइएको थियो । क्यान्सर कोषहरू कहीँकतै बाँकी छ भने पूर्णरूपमा निस्कृय बनाउन थप २ साइकल केमोथेरापी गर्न सुझाव दिएको उहाँको तर्क रह्यो । डाक्टरको सल्लाहमा यहाँसम्मको उपचार भएको छ भने अबका दिनमा पनि उहाँको सल्लाह किन नमान्ने त ?
तर, लामो समयदेखि क्यान्सर रोगसँग लडिरहनुभएको अग्रजले भन्नुभएको कुरा मनको एक कुनामा खेलिरह्यो, “आजसम्म कुन रोग पूर्ण निको हुने प्रकृतिको छ र ? सुगर, प्रेसर, मुटु, मस्तिष्क वा अन्य जुन कुनै रोगबाट जीवनलाई सहज बनाउनमात्रै त औषधि उपचार गराइन्छ । क्यान्सर मात्र के कुरा हो र ? एकदिन त जानु नै छ भने जीवन रहेसम्म सहज बनाउने प्रयास जारी रहन्छ ।”
स्रोतः बागीश्वरी स्मारिका
२०७८
(पाँचौँ साइकलको केमोथेरापी गर्दै अस्पतालमा बस्दाको मनोभाव)
लेखक भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष हुनुहुन्छ ।
Leave a Reply