युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
नयाँ प्रकारको आईसीबीएमको सफल परीक्षण प्रक्षेपण
आदरणीय कमरेड किम जोङ उनद्वारा आईसीबीएम ह्वासोङ्फो –१७ को परीक्षण प्रक्षेपणलाई निर्देशन
नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) ह्वासोङ्फो –१७ को सफल परीक्षण प्रक्षेपण प्रजग कोरियाको रणनीतिक बलले मार्च २४, जुछे १११ का दिन कोरियाली मजदुर पार्टीका महासचिव, प्रजग कोरियाको राष्ट्रिय मामिला आयोगका अध्यक्ष तथा कोरियाली सशस्त्र बलहरूका सर्वोच्च कमान्डर कमरेड किम जोङ उनको प्रत्यक्ष निर्देशनमा भयो ।
आदरणीय कमरेड किम जोङ उनले नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) ह्वासोङ्फो –१७ को परीक्षण प्रक्षेपण गर्नका लागि बुधबार नै लिखित निर्देशन दिनुभएको थियो । उहाँ बिहीबार क्षेप्यास्त्र प्रक्षेपण केन्द्रमा पुग्नुभएको थियो र स्थलगतरूपमा उक्त परीक्षण प्रक्षेपणको समग्र प्रक्रियामा निर्देशन दिनुभएको थियो ।
निरन्तर बदलिरहेको अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, कोरियाली प्रायःद्वीप भित्र र बाहिर दिनानुदिन वृद्धि भइरहेको सैन्य तनावको मूल जड र कोरियाली क्रान्तिको दीर्घकालीन माग अमेरिकी साम्राज्यवादसित नसक्ने अवश्यम्भावी भिडन्त र आणविक युद्धको खतरा रहेको तथ्यलाई गहिरो विचार गरी महासचिव कमरेडले कोरियाली मजदुर पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनमा जुछेमुखी रक्षा रणनीति विकास गर्ने र आणविक युद्धका लागि दिगो पूर्वाधार बलियो बनाउने नीति प्रस्ताव गर्र्नुुभएको थियो । राष्ट्रिय रक्षा क्षमतालाई मजबुत बनाउन र रणनीति तथा नीतिहरूलाई कार्यान्वयन गर्नका लागि अति महत्वपूर्ण बैठकहरू आयोजना गर्नुभई र निर्देशन प्रदान गर्नुभई उहाँले नयाँ प्रकारको आईसीबीएमको विकासमा उच्च प्राथमिकता दिनुभयो । उहाँले ह्वासोङ्फो १७ जस्तो अस्त्र विकासका लागि निर्देशन र हरेक दिनजसो विस्तृत मार्गदर्शन गराउनुभयो । फलस्वरूप जुछेशक्तिको एक प्रतीक तथा आत्मनिर्भरताको फलको रूपमा प्रजग कोरियाको रणनीतिक सेनाको लागि विश्वसनीय आणविक अस्त्र प्राप्त हुन सफल भयो ।
उहाँको वास्तविक आत्मनिर्भर रक्षा रणनीतिबाट पूर्णरूपमा सुसज्जित भएर राष्ट्रिय रक्षा विज्ञानको वैज्ञानिक अनुसन्धान क्षेत्रका अधिकारीहरू, वैज्ञानिकहरू र प्राविधिकहरू तथा अस्त्र उत्पादन क्षेत्रका वीर मजदुरहरूले उहाँको प्रत्यक्ष मार्गनिर्देशनमा अति मेहनतपूर्वक अनुसन्धान र विकासको कार्य अगाडि बढाए र सिर्जनात्मक बुद्धिमानी तथा अथकित मानसिकताका साथ छोटो अवधिमै नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल उत्पादन गरे ।
कमरेड किम जोङ उनले बिहीबार दिउँसो नै प्रत्यक्षरूपमा उक्त क्षेप्यास्त्रको परीक्षण प्रक्षेपणको तयारीको विस्तृत जानकारी लिनुभयो र प्रक्षेपण कार्यलाई अगाडि बढाउन आदेश दिनुभएको थियो । उहाँ क्षेप्यास्त्र प्रक्षेपण स्थलमा जानुभयो र प्रक्षेपणको अन्तिम चरणसम्म विस्तृत मार्गनिर्देशन दिनुभयो र रक्षा वैज्ञानिकहरू तथा क्षेप्यास्त्र निर्माणमा सक्रिय टोलीलाई शक्ति र साहस प्रदान गर्नुभएको थियो । उक्त क्षेप्यास्त्र प्रक्षेपणबाट प्रजग कोरियाको रक्षा क्षमता मजबुतीको निम्ति अत्यन्त महत्वपूर्ण समय र युगान्तकारी विकास सारा विश्वसामु प्रदर्शित भयो । उक्त आईसीबीएम परीक्षण प्रक्षेपणको लागि तयार थियो र ऐतिहासिक क्षणको सङ्घारमा थियो ।
प्रक्षेपण स्थलमा उक्त विशाल आईसीबीएम परीक्षण प्रक्षेपणको लागि अन्तिम तयारी भइरहेको थियो । सबै रक्षा वैज्ञानिकहरू, अस्त्र उद्योगका कामदारहरू सारा विश्वलाई जुछे कोरियाले अर्को शक्तिशाली आणविक अस्त्र उत्पादन गरिसकेको जनाउ दिन तम्तयार अवस्थामा थिए । त्यसले प्रजग कोरियाको आणविक अस्त्रसहितको रणनीतिक सेनाको अर्को गौरवलाई प्रदर्शित ग¥यो ।
महासचिव कमरेड किम जोङ उन प्रक्षेपण स्थलको नियन्त्रण महाकेन्द्रमा रक्षा विज्ञान अनुसन्धानका नेतृत्वदायी अधिकारीहरूका साथ आइपुग्नुभएपछि प्रक्षेपण स्थलमा एक युद्धकालीन अलार्म बजाइयो र अवलोकन पोस्टहरू र सम्बन्धित अनुसन्धान प्रतिष्ठानको सबै भागमा जाँच गरियो । त्यसपछि महासचिव कमरेडद्वारा दिइएको प्रक्षेपणको आदेश फायरपावर सब युनिटमा पुग्यो । रेड फ्ल्याग कम्पनीका कमान्डरले परीक्षण प्रक्षेपण सुरु गर्नका लागि चिच्याएर आदेश दिए– फायर ।
तत्क्षण नै अन्तरिक्षसम्म पुग्नसक्ने प्रजग कोरियाको अविजित शक्ति प्रतिनिधित्व गर्दै चम्किलो आगोका लप्का फाल्दै धर्तीलाई गरम बनाएर ठूलो विस्फोटनका साथ विशाल क्षेप्यास्त्र आकाशतिर सोझिएर उड्यो । उक्त प्रक्षेपण छिमेकी देशहरूमाथि पुग्न सक्ने सम्भावित खतरालाई विचार गरी ठाडो प्रणालीअनुसार प्रक्षेपण गरिएको थियो ।
प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्षेपण गरिएको उक्त क्षेप्यास्त्र ६२४६.५ किमि माथिसम्म पुगी ४०५२ किमि टाढासम्मको निसानामा पुग्नसक्ने प्रमाणित गरी १०९० किमि दूरीमा पूर्वी कोरियाली समुद्रमा रहेको पूर्वनिर्धारित निसानामा विस्फोट भएको थियो । यस परीक्षण प्रक्षेपणले उक्त अस्त्र प्रणालीका सबै आवश्यक मापदण्डहरू तथा डिजाइनका आवश्यकताहरू पूरा भएको तथा वैज्ञानिक, प्राविधिक र व्यवहारिकरूपमा यसको समयको वातावरण र अवस्थामा आदेशबमोजिम तत्कालै प्रयोगमा आउनसक्ने स्पष्ट पुष्टि भएको छ ।
उक्त नयाँ प्रकारको अस्त्र प्रणालीलाई प्रजग कोरियाको रणनीतिक सेनाले आणविक अस्त्र प्रयोगको रणनीतिक योजनाअनुसार मात्र जिम्मेवार भएर प्रजग कोरियामाथि आणविक युद्धको जोखिम तथा चुनौती खडा भइसकेपछि मात्र कडा नियन्त्रित तवरमा गर्नेछ र आफ्नो देशको सुरक्षा गर्दै सैनिक सङ्कट समाधानका लागि पहलकदमी लिनेछ ।
सो अवसरमा कमरेड किम जोङ उनले उक्त सफल प्रक्षेपणप्रति गौरव व्यक्त गर्दै नयाँ प्रकारको रणनीतिक अस्त्र प्रणालीको विकासले सारा विश्वलाई पुनः एक पटक देशको रणनीतिक सशस्त्र सेनाको शक्तिबारे स्पष्ट सन्देश गएको बताउनुभयो । उहाँले उक्त घटना हाम्रो रणनीतिक सेना अत्याधुनिक प्रविधिले लैस रहेको विश्वस्त बनाउने एक अवसर भएको तथा त्यसको आधारमा हाम्रो राज्यको सुरक्षालाई सुनिश्चित गर्ने आधार र आत्मविश्वासलाई थप मजबुत बनाएको बताउनुभयो ।
एक जटिल अत्याधुनिक रक्षा विज्ञान र प्रविधिको मिश्रणको रूपमा नयाँ प्रकारको आईसीबीएमको निर्माणले प्रजग कोरियाको स्वाधीन रक्षा उद्योगको आफ्नै बलबुत्तामा आर्जन गरेको शक्तिको घोषणासरह भएको कथन उहाँको थियो । उहाँले अगाडि भन्नुभयो, यो चामत्कारिक विजय महान् कोरियाली जनताले हासिल गरेको एक अमूल्य विजय हो, जसले हाम्रो पार्टीको विचारलाई बिनासर्त माथि उठाएको छ र हाम्रो देशको आत्मनिर्भर रक्षा शक्ति निर्माणका लागि निरन्तर लागिरहेको छ । यो हाम्रो देशको आणविक सेनाले देशको सुरक्षाका लागि र सबै किसिमका कठिनाइ हुँदाहुँदै पनि भावी पुस्ताको कल्याणका लागि आफ्नो कडा मेहनतमार्फत हालसम्म हासिल गरेका उच्चतम उपलब्धिमध्ये एक हो ।
सर्वोच्च कमान्डर किमले भन्नुभयो, कुनै पनि शत्रु सेनालाई सचेत पार्नुपर्छ कि उनीहरूले हाम्रो देशको सुरक्षामाथि हात हाल्ने कोसिस गर्नुअघि नै ठूलो मूल्य चुक्ता गर्नुपर्नेछ । उहाँले प्रजग कोरियाको राष्ट्रिय रक्षा बलसित अविजित सैनिक तथा प्राविधिक क्षमता रहेको, कुनै पनि सैनिक धम्की वा ब्ल्याकमेल अगाडि नझुक्न र लामो समयदेखिको संरा अमेरिकी साम्राज्यवादसितको भिडन्तको सामना गर्न तयार रहेकोमा जोड दिनुभयो । उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “प्रजग कोरियाको रणनीतिक बलहरू अमेरिकी साम्राज्यवादका कुनै पनि सैनिक हमलाका कोसिसहरू सामना गर्न र त्यसको प्रतिकार गर्नका लागि तयार छ ।”
महान् कोरियाली मजदुर पार्टी र महान कोरियाली जनतासित भएका शक्तिशाली आणविक सेनाले कोरियाली जनताको सदा विजयी क्रान्तिलाई अझ विजयी बनाउनेछ र अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गूहरूलाई घुँडा टेकाउन लगाएर भावी पुस्ताको कल्याणलाई सुनिश्चित गर्नेछ ।
Leave a Reply